१९ असोज खोटाङ । बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रमको दोस्रो चरण सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा एक वर्षदेखि पाँच वर्षसम्म उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको हो । दोस्रो चरणअन्तर्गत आज सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका ३ सय ३५ जना बालबालिका सहभागी भएका छन्। बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने, स्मरणशक्ति बढाउने तथा रोगसँग लड्ने क्षमता अर्थात् रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ। कार्यक्रममा…
१९ असोज खोटाङ । नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णु कुमार राईले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्य पदका लागि राईले उम्मेदवारी दिनुभएको हो। हालै सम्पन्न नेपाली कांग्रेस खोटाङको अधिवेशनबाट खुलातर्फ ७ सय ७६ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित राईले आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्रालाई उम्मेदवारीको प्रमुख आधार बनाउनुभएको छ। जिल्लामा पार्टी संगठन विस्तार, विभिन्न राजनीतिक गतिविधि सञ्चालन तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको अनुभवलाई उहाँले केन्द्रीय सदस्य पदको दाबीसँग जोड्नुभएको छ। राईको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि सुरु भएको हो। वि.सं. २०३६ सालको जनमत…
१७ असोज । खोटाङमा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवतजावतका लागि दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा जिल्ला भित्रिने तथा बाहिरिने यात्रुको संख्या बढ्ने र सार्वजनिक यातायातमा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दिक्तेलबजार र जिल्लाको प्रमुख प्रवेश नाका जयरामघाटमा सहायता कक्ष स्थापना गरेको हो। चाडपर्व अवधिभर यी सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउने, सार्वजनिक यातायातमा देखिने समस्या तथा गुनासो सुन्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। दसैँ, तिहार र छठजस्ता ठूला पर्वको…
१६ असोज। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० आर्खौले दुकसिलीकी ७६ वर्षीया चन्द्र लक्ष्मी राई यहि असोज १० गतेदेखि सम्पर्कविहीन हुनुभएको छ। घरबाट बाहिरिनुभएकी राई आफन्त तथा भदै-भदैनीको घरमा भेटघाट गरेपछि घर फर्किने क्रममा सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ। छोरा रमेश राईका अनुसार चन्द्र लक्ष्मी राई घरबाट निस्किएपछि आफन्तको घरमा पुग्नुभएको थियो। त्यहाँ भेटघाट गरेपछि घर फर्किने क्रममा उहाँसँग सम्पर्क टुटेको हो। घर फर्किनुपर्ने समयमा पनि नआएपछि परिवारले आफन्त तथा चिनजानका व्यक्तिहरूसँग सोधपुछ गर्दै खोजी सुरु गरेको जनाएको छ। परिवारका सदस्य तथा आफन्तले उहाँ जान सक्ने सम्भावित स्थान, आफन्तका घर तथा आसपासका क्षेत्रमा खोजी गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन…
१५ असोज खोटाङ । चाडपर्व नजिकिँदै गर्दा खोटाङको हलेसी क्षेत्रमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ उद्योग वाणिज्य संघलगायतका निकायको संयुक्त टोलीले विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। संयुक्त बजार अनुगमन टोलीले असोज १३ गते हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर ५ दुर्छिम, वडा नम्बर ७ हलेसी बजार र वडा नम्बर १० अर्खौले बजार क्षेत्रमा रहेका किराना पसल तथा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ। यसक्रममा २२ वटा किराना पसलमा पुगेर अखाद्यवस्तु तथा चिसो पेय पदार्थको म्याद, मूल्य, लेबल, गुणस्तर तथा बिक्रीका लागि…
१४ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अति विपन्न नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षा जीवन निर्वाह भत्ता वितरणको प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले भत्ताका लागि ६१८ घरधुरीलाई प्रारम्भिक लाभग्राहीको सूचीमा समावेश गरेको छ। आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार गाउँपालिकाले नियमित आयस्रोत तथा रोजगारीको अवसर नभएका अति विपन्न परिवारलाई लक्षित गरी लाभग्राही छनोट गरेको हो। वडा कार्यालयमार्फत प्राप्त भएका आवेदनमाथि छानबिन समितिले प्रारम्भिक अध्ययन तथा जाँचबुझ गरेपछि गाउँपालिकाभरबाट ६१८ घरधुरीका आवेदक प्रारम्भिक लाभग्राहीका रूपमा छनोट भएका हुन्। गाउँपालिकाले ‘अति विपन्न नागरिक सामाजिक सुरक्षा जीवन निर्वाह भत्ता वितरण कार्यविधि, २०८३अनुसार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको…
१३ असोज। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा सातौँ सोल्मा अन्तर वडा कप-२०८३ आयोजना हुने भएको छ। सोल्मा स्पोट्र्स क्लबको आयोजनामा आगामी कार्तिक ११ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। ‘सभ्य समाजका निम्ति अनिवार्य खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेल सोल्मा खेलमैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ। फुटबल खेलको विकाससँगै स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेल क्षमता अभिवृद्धि तथा युवालाई सिर्जनात्मक र सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सोल्मा स्पोट्र्स क्लबका सहसचिव अमर श्रेष्ठले बताउनुभयो। प्रतियोगिताको विजेता टोलीले १ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७७ हजार ७७७…
१२ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मामा तेस्रो खुला साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ज्यामिरे युवा क्लब तथा सूर्योदय बाल क्लबको आयोजनामा आगामी कात्तिक १६ गतेदेखि २० गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य युवा एकता, सम्मान तथा खेलकुदको विकास र स्तरउन्नतिमा योगदान पु¥याउनु रहेको आयोजकले जनाएको छ। “आफ्नो जन्मथलो आफैं चिनाऔँ, आफैं बनाऔँ” भन्ने भावनासहित आर्थिक विकास र परिवर्तनका लागि युवालाई एकताबद्ध गराउने उद्देश्यसमेत प्रतियोगिताले लिएको खेल संयोजक खेमराज राइले बताउनु भयो। विजया दशमी तथा शुभ दीपावलीको पावन…
११ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसले नयाँ नगर नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। लामो समयदेखि नेतृत्वका विषयमा भइरहेको छलफलले निकास पाएसँगै रामचन्द्र राई नगर सभापतिको जिम्मेवारीमा पुगेका हुन्। नगर अधिवेशनका क्रममा नेतृत्व चयनका लागि विभिन्न चरणमा छलफल भएको थियो। सभापतिका आकांक्षी प्रकाशकुमार श्रेष्ठसहित पार्टीका नेता तथा कार्यकर्ताबीच भएको संवादबाट सहमतिको वातावरण बनेपछि राईलाई सभापतिमा चयन गरिएको हो।नयाँ नगर कार्यसमितिको उपसभापतिमा राजकुमार कटुवाल र महिला उपसभापतिमा मनिला राई चयन भएका छन्। त्यस्तै, सचिवको जिम्मेवारी सागर खनालले पाएका छन् भने सहसचिवमा धनबहादुर श्रेष्ठ चयन भएका छन्। चार दिनदेखि नेतृत्व चयनका विषयमा जारी छलफल टुंगिएसँगै नगर अधिवेशनमा देखिएको…
३ असोज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले ‘हरियाली प्रवद्र्धन, सुरक्षित जीवन-एनएमबि लघुवित्तको अभियान’ भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड हलेसी शाखाका प्रमुख चन्द्रकुमार रम्तेलले जानकारी दिनु भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक-शिक्षिका, विद्यार्थी, संस्थाका सदस्य, स्थानीयवासी तथा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड दिक्तेल र हलेसी शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको रम्तेलले बताउनु भयो। सहभागीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको…
