Skip to main content

Khotang Khabar

चार दिनको छलफलपछि दिक्तेल कांग्रेसको नगर नेतृत्व टुंगियो, सभापतिमा रामचन्द्र राई

११ असोज ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसले नयाँ नगर नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। लामो समयदेखि नेतृत्वका विषयमा भइरहेको छलफलले निकास पाएसँगै रामचन्द्र राई नगर सभापतिको जिम्मेवारीमा पुगेका हुन्। नगर अधिवेशनका क्रममा नेतृत्व चयनका लागि विभिन्न चरणमा छलफल भएको थियो। सभापतिका आकांक्षी प्रकाशकुमार श्रेष्ठसहित पार्टीका नेता तथा कार्यकर्ताबीच भएको संवादबाट सहमतिको वातावरण बनेपछि राईलाई सभापतिमा चयन गरिएको हो।नयाँ नगर कार्यसमितिको उपसभापतिमा राजकुमार कटुवाल र महिला उपसभापतिमा मनिला राई चयन भएका छन्। त्यस्तै, सचिवको जिम्मेवारी सागर खनालले पाएका छन् भने सहसचिवमा धनबहादुर श्रेष्ठ चयन भएका छन्। चार दिनदेखि नेतृत्व चयनका विषयमा जारी छलफल टुंगिएसँगै नगर अधिवेशनमा देखिएको अन्योल पनि हटेको छ। नयाँ नेतृत्वले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै आगामी गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले बताएका छन्।

—————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *