Skip to main content

Khotang Khabar

नेपाल निर्माण व्यवसायी संघ खोटाङको अध्यक्षमा घिमिरे

 ११ असोज खोटाङ। नेपाल निर्माण व्यवसायी संघको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। दिक्तेलमा शनिबार सम्पन्न संघको छैटौँ जिल्ला अधिवेशन तथा १२ औँ साधारणसभाले घिमिरेलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो। यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहनुभएका घिमिरे नयाँ कार्यसमितिको अध्यक्षमा चयन हुनुभएको हो।

२५ सदस्यीय जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश राई तथा उपाध्यक्षमा जोसेप रिजाल र जितेन राई चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा दीलचक्र राई, सचिवमा सुदिप दाहाल र सविन राई ‘विज्ञान’, कोषाध्यक्षमा दिवासन राई तथा सह–कोषाध्यक्षमा मैया आचार्य चयन हुनुभएको छ।जिल्ला सदस्यमा प्रविन आचार्य, भुवन आचार्य, भैरवकाजी बस्नेत, यादवसेन राई, मनोज राई, नरेन्द्र ढकाल, युवक राई, उद्धव राई, पवनकुमार श्रेष्ठ, सुभास तिलुङ राई, शरद राई, सन्तोष राई, शिवकुमार राई, राजाराम यादव र टीकाराम श्रेष्ठ रहनुभएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत ओमप्रकाश घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिवेशन तथा साधारणसभाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ तथा निर्माण व्यवसायी अर्जुनकुमार खड्का ‘झङ्कार’ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रममा वक्ताहरूले जिल्लामा सञ्चालन हुने विकास निर्माणका योजनालाई गुणस्तरीय बनाउन निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो।

—————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *