Skip to main content

Khotang Khabar

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

 ३ असोज  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले ‘हरियाली प्रवद्र्धन, सुरक्षित जीवन-एनएमबि लघुवित्तको अभियान’ भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड हलेसी शाखाका प्रमुख चन्द्रकुमार रम्तेलले जानकारी दिनु भयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक-शिक्षिका, विद्यार्थी, संस्थाका सदस्य, स्थानीयवासी तथा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड दिक्तेल र हलेसी शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको रम्तेलले बताउनु भयो। सहभागीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। विद्यार्थीलाई वातावरण संरक्षणको महत्वबारे व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विद्यालय परिसरलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले पनि अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय सन्तुलन तथा स्वच्छ हावाका लागि वनस्पतिको महत्वपूर्ण भूमिका हुने भएकाले समुदायस्तरबाट यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।  रम्तेलले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणसम्बन्धी गतिविधिलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिएको बताउनु भयो ।उहाँले बिरुवा रोप्नु मात्र पर्याप्त नभएकाले त्यसको संरक्षण, नियमित हेरचाह र हुर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षले लिनुपर्ने बताउनुभयो।रम्तेलका अनुसार वातावरणीय संरक्षण सबैको साझा दायित्व भएकाले विद्यालय, स्थानीय समुदाय, वित्तीय संस्था तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक छ। विद्यालयबाट सुरु गरिएको यस्तो अभियानले विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवारीबोध बढाउनुका साथै समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ छ। कार्यक्रममा सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित स्याहारमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन्। विद्यालय परिसरलाई हरियालीयुक्त बनाउन तथा आगामी दिनमा पनि वातावरणमैत्री गतिविधिलाई निरन्तरता दिने योजना रहेको जनाइएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गरिएको यस वृक्षारोपण कार्यक्रमले संविधानले परिकल्पना गरेको स्वच्छ, स्वस्थ र समुन्नत समाज निर्माणका लागि वातावरण संरक्षणको महत्वसमेत उजागर गरेको सहभागीहरूले बताएका छन्। —————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

 ३ असोज  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक...
आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

खोटाङ ३ असोज । आज संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। दिवस...
हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

 २ असोज, खोटाङमा जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिङ्गमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङ...
३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

२ असोज खोटाङ, आज देशका विभिन्न ३२ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। बाढी ...