Skip to main content

Khotang Khabar

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

५ असोज खोटाङ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज-९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भार देखि धेरै भारीसम्म वर्षा हुने तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। विभागले देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।यसको प्रभावले बुधबारबाट नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने जनाइएको छ । तसर्थ, सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ।

—————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

५ असोज खोटाङ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज-९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म गण...
एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

 ३ असोज  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक...
आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

खोटाङ ३ असोज । आज संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। दिवस...
हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

 २ असोज, खोटाङमा जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिङ्गमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङ...