Skip to main content

Khotang Khabar

आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

खोटाङ ३ असोज । आज संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। दिवसको अवसर पारेर जिल्लामा खेलकुद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा प्रभातफेरीलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो। संविधान जारी भएको दिनको सम्झनामा आयोजित कार्यक्रमअन्तर्गत असोज २ गते ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो भने संविधान दिवसको मुख्य दिन आज दिक्तेल बजारमा प्रभातफेरी निकालिएको छ। प्रभातफेरीपछि जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगितामा दिनेश तामाङ र रेनुका राईको जोडीले उपाधि जितेको छ। प्रतियोगितामा प्रथम भएको जोडीले १५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।  डीएम चाम्लिङ राई र धनञ्जय राईको जोडी दोस्रो भएको छ। दोस्रो स्थान हासिल गर्ने जोडीलाई ९ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिताको सेमिफाइनलमा पुगेका ज्ञानेन्द्र जोशी–विनोद गजमेर तथा पूजन आचार्य–कल्पना राईको जोडीलाई भने जनही ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।असोज २ गते ‘नेपालको संविधान, दायित्व’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितासमेत गरिएको थियो। प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, दिक्तेलकी छात्रा नम्रता दाहाल प्रथम भएकी छन्। उनले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेकी छन्। तेस्तै देउराली माध्यमिक विद्यालय, डुम्रेकी एलीना पोखरेल दोस्रो तथा राम्चेनिकेतन माध्यमिक विद्यालयका इसानदीप लम्साल तेस्रो भएका छन्। श्री माध्यमिक विद्यालय मझुवा बास्बोटे, लफ्याङकी कविता श्रेष्ठले चौथो स्थान हासिल गरेकी छन्।प्रतियोगितामा पहिलो,दोस्रो, तेस्रो र चौथो  स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई रु ३ हजार, रु २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। वक्तृत्वकला प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको  थियो। संविधान दिवसको अवसरमा विद्यार्थीमा संविधान, नागरिकको दायित्व तथा राष्ट्रप्रतिको जिम्मेवारीबारे जानकारी र चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजकले बताएको छन् । असोज ३ गते आज संविधान दिवसको अवसरमा दिक्तेल बजारमा प्रभातफेरी पनि निकालिएको छ। विभिन्न क्षेत्रका सहभागीहरू सम्मिलित प्रभातफेरी बजार परिक्रमा गर्दै जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा पुगेपछि पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो।

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित भई तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले जारी गरेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउँदै आइएको छ। संविधान जारी भएको दिनलाई राष्ट्रिय महत्वको अवसरका रूपमा स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधानको महत्व, यसको मर्म तथा नागरिकका अधिकार र कर्तव्यबारे जनचेतना अभिवृद्धि गर्ने गरिएको छ।

—————————————————————————————————————————————-

 

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

खोटाङ ३ असोज । आज संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। दिवस...
हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

 २ असोज, खोटाङमा जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिङ्गमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङ...
३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

२ असोज खोटाङ, आज देशका विभिन्न ३२ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। बाढी ...
दुर्घटनामा घाइते माझीको उपचारमा आर्थिक अभाव,सहयोगका लागि परिवारको अपिल

दुर्घटनामा घाइते माझीको उपचारमा आर्थिक अभाव,सहयोगका लागि परिवारको अपिल

१ आश्विन, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका २१ वर्षीय हिरोन माझीले थप उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। बुव...