Skip to main content

Khotang Khabar

भोटेकोशी बाढीको वितण्डाः ५ हजार २८५ जना अझै बेपत्ता

Advertisement

१० असोज खोटाङ। भोटेकोशी बाढीपछि अझै पाँच हजार २८५ जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ। उपचारका क्रममा दुई जनाको मत्यु भएको छ। हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ। बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।

—————————————————————————————————————————————–

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *