Skip to main content

Khotang Khabar

तिहार अन्तर्गत आज गोवद्र्धन, गोरु, बली र हलीको पूजा मनाइँदै

Advertisement

 

२४ कात्तिक खोटाङ । कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, गोरु, बली र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । कात्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताउनुभयो ।

वर्षभर खेतबारी जोतेर कृषि कर्ममा सघाउने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । यसै गरी, हली तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरिन्छ । आजको दिनलाई हली तिहार पनि भनिन्छ ।  अस्ति लक्ष्मीपूजा तथा कुकुर तिहार र शनिबार काग तिहार परेको थियो । यमपञ्चकको अन्तिम दिन अर्थात् भोलि यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि भोलि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
68
+1
0
+1
0
+1
88
+1
0
+1
888

Leave a Reply

Your email address will not be published. Required fields are marked *