२० कात्तिक, खोटाङ । जिल्ला अस्पताल खोटाङको मा ५० शैयाको क्षमतासहित निर्माण गरिएको नयाँ भवन औपचारिक रूपमा अस्पताललाई हस्तान्तरण गरिएको छ। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको चारतले भवन निर्माण कार्य सम्पन्न भएपछि अस्पताल प्रशासनलाई जिम्मा लगाइएको हो। सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको समन्वय तथा निगरानीमा निर्माण गरिएको उक्त भवन कात्तिक १९ गते जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो। सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इन्जिनियर सुरोज पौडेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुष्कल राईलाई भवनको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो। अस्पतालको नयाँ भवन निर्माणका लागि भ्याटसहित २२ करोड ९० लाख ४७ हजार रुपैयाँ लागत लागेको जनाइएको छ। श्याम…
१६ कात्तिक खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले सञ्चालन गर्दै आएको स्वर्ण बिन्दु प्राशन कार्यक्रमको तेस्रो चरण आज सम्पन्न गरेको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा ३११ जना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले जानकारी दिएको छ । विशेषगरी एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा बालकभन्दा बालिकाको सहभागिता बढी देखिएको छ। स्वर्ण बिन्दु प्राशन गराउनेमध्ये १४४ जना बालक र १६७ जना बालिका रहेका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा.सरबिन्द्र प्रसाद यादवका अनुसार बालबालिकाको स्वास्थ्य…
२ कात्तिक खोटाङ । नेपालीहरूको महान् चाड बडादशैँमा अधिकांश घरपरिवारमा मासुका परिकार बढी खाने चलन छ। चाडपर्वका बेला छाकैपिच्छे मासु खाने तर सागसब्जी, फलफूल तथा अन्य रेसायुक्त खानेकुरा कम खाने बानील कब्जियतलगायतका पाचनसम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। दशैँमा परिवार, आफन्त र इष्टमित्रसँग बसेर विभिन्न परिकार खाने, मीठोमसिनो पकाउने तथा रमाइलो गर्ने परम्परा रहे पनि खानपानमा सन्तुलन नमिलाउँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। विशेषगरी अत्यधिक मासु, चिल्लो तथा बोसोयुक्त परिकार, मिठाई र मदिराको सेवन गर्ने तथा पेट भरिएपछि पनि जबर्जस्ती खाने बानीले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । जिल्ला…
१९ असोज खोटाङ । बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रमको दोस्रो चरण सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा एक वर्षदेखि पाँच वर्षसम्म उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको हो । दोस्रो चरणअन्तर्गत आज सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका ३ सय ३५ जना बालबालिका सहभागी भएका छन्। बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने, स्मरणशक्ति बढाउने तथा रोगसँग लड्ने क्षमता अर्थात् रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ। कार्यक्रममा…
८ असोज खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ। गाउँपालिकाको समन्वय तथा स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा आज बिहीबारदेखि तालिम सञ्चालनमा आएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका-याड्सोलाटारमा सुरु भएको तालिमको उद्घाटन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुस्ताक अहमद मंसुरको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरको प्रमुख आतिथ्यतामा भएको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी, अन्य कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। असोज ८ देखि १७ गते १० दिनसम्म सञ्चालन हुने तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायस्तरमा प्राथमिक स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइने…
१८ भदौ, खोटाङ -: बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोटाङमा स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन हुन लागेको उक्त कार्यक्रमका लागि आवश्यक तयारी तथा कार्यक्रमसम्बन्धी जानकारी अभिभावक र सरोकारवालासम्म पुर्याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको छ। स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालनको पूर्व तयारी स्वरूप आज भदौ १८ गते अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका कार्यालय प्रमुख डा.शर्विन्द्र प्रसाद यादवले जानकारी दिनुभएको छ । अभिमुखीकरण कार्यक्रममा डा.शर्विन्द्र प्रसाद यादवले स्वर्णविन्दु प्राशनको परिचय, यसको आयुर्वेदिक महत्व, कार्यक्रमको उद्देश्य तथा बालबालिकाको स्वास्थ्य र सर्वाङ्गीण विकासमा…
काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ । लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यक छलफल गरी समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले सरकारी नियमअनुसार तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि आवश्यक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीसँग आज छलफल गरेका थिए । उक्त बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति…
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे । बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए । सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो । सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए । 'अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च…
काठमाडौँ । कार दुर्घटनामा इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार भएको छ । उनका साथीले सामाजिक सञ्जालमा स्वास्थ्य अपडेट दिदै पवनदीप हाल आइसीयुबाट बाहिर आएको जानकारी दिएका हुन् ।मे ५ मा भएको कार दुर्घटनामा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको र हात र खुट्टा भाँचिएको थियो । जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख बताइएको थियो । रिपोर्टका अनुसार पवनदीप चढेको कार चम्पावतबाट दिल्ली आउँदैगर्दा उत्तरप्रदेशको अमरोहामा दुर्घटनामा परेको हो । राजमार्गमा रोकिएको क्यान्टरमा पछाडिबाट कार ठोक्किएको प्रहरीले बताएको रिपोर्टमा उल्लेख छ ।अहिले उनको नोयडास्थित फोर्टिस अस्पतालमा उपचार…
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ । ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे ।मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका…
