Skip to main content

Khotang Khabar

खोटाङमा स्वर्णविन्दु प्राशनको दोस्रो चरण सम्पन्न, ३ सयभन्दा बढी बालबालिका सहभागी

Advertisement

 

१९ असोज खोटाङ । बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रमको दोस्रो चरण सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा एक वर्षदेखि पाँच वर्षसम्म उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको हो । दोस्रो चरणअन्तर्गत आज सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका ३ सय ३५ जना बालबालिका सहभागी भएका छन्। बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने, स्मरणशक्ति बढाउने तथा रोगसँग लड्ने क्षमता अर्थात् रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

कार्यक्रममा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका भएका अभिभावकलाई आफ्ना बालबालिकासहित सहभागी हुन आह्वान गरिएको थियो। सोहीअनुसार अभिभावकहरूले बालबालिकालाई स्वास्थ्य केन्द्रमा ल्याई स्वर्णविन्दु प्राशन गराएका छन्। आयुर्वेदिक उपचार पद्धतिअन्तर्गत बालबालिकाको स्वास्थ्य प्रवद्र्धन र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि स्वर्णविन्दु प्राशन गराउने गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ। नियमित रूपमा कार्यक्रम सञ्चालन हुँदा बालबालिकाको स्वास्थ्य अवस्थाबारे अभिभावकलाई जानकारी गराउने तथा बालस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने बताइएको छ।

स्वर्णविन्दु प्राशन कार्यक्रमको दोस्रो चरणमा उत्साहजनक सहभागिता देखिएपछि स्वास्थ्य केन्द्रले आगामी चरणमा समेत लक्षित उमेर समूहका बालबालिकालाई सहभागी गराउने तयारी गरेको छ। स्वास्थ्य केन्द्रले जिल्लाका सबै अभिभावकलाई कार्यक्रमबारे जानकारी लिएर आफ्ना बालबालिकालाई सहभागी गराउन आग्रह गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा. सरविन्द्र प्रसाद यादवका अनुसार स्वर्णविन्दु प्राशन कार्यक्रमको तेस्रो चरण आगामी कार्तिक १६ गते सञ्चालन हुनेछ। उहाँले एक वर्षदेखि पाँच वर्षसम्म उमेर भएका बालबालिकाका अभिभावकलाई आगामी चरणमा समेत बालबालिकालाई सहभागी गराउन आग्रह गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *