२३ कात्तिक खोटाङ । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ। नेपालका केही ठाउँ र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको शुरुआतमा गाईपूजा गर्ने गरिएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा…
२२ कात्तिक । खोटाङको बराहपोखरी गाउँपालिकामा गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पौष ३ गतेदेखि सञ्चालन हुने भएको छ। गाउँपालिकाको खेलमैदानमा ३ गतेदेखि ५ गतेसम्म तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको हो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको २०८३ कात्तिक १६ गतेको निर्णयअनुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिनुभयो। प्रतियोगितामा चालु शैक्षिक सत्र २०८३ मा कक्षा १२ सम्म नियमित अध्ययनरत १८ वर्षमुनिका छात्रछात्राले सहभागिता जनाउन पाउने भएका छन्। सहभागी हुन इच्छुक विद्यालयहरूले निर्धारित फाराम भरी आवश्यक कागजातसहित पौष १ गते कार्यालय समयभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा खेलाडीहरूको विवरण बुझाउनुपर्ने गाउँपालिकाले…
२२ कात्तिक । खोटाङको बराहपोखरी गाउँपालिका-१ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी र शङ्खेश्वर महादेव मन्दिर परिसरमा हरिबोधनी एकादशीको अवसरमा मेला आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको बराहपोखरी क्षेत्रमा आगामी मंसिर ३ गतेदेखि मेला लाग्ने वडा अध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार मंसिर ३ गतेदेखि सुरु हुने मेला मङ्सिर ४ गते सम्पन्न हुनेछ। बराहपोखरी गाउँपालिका-१ मा रहेको बराहपोखरी र शङ्खेश्वर महादेव मन्दिर खोटाङ जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित रहेका छन्। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरेक वर्ष विभिन्न धार्मिक अवसरमा भक्तजन तथा दर्शनार्थीहरूको आवागमन हुने गरेको…
२२ कात्तिक, खोटाङ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज नरक चतुर्दशी तथा कुकुर तिहार श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। तिहारको तेस्रो दिनका रूपमा आज घरघरमा कुकुरको पूजा आराधना गरी मीठामीठा परिकार खान दिएर सम्मान प्रकट गरिँदैछ। सामान्यतया यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन मनाइने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष नरक चतुर्दशी र कुकुर तिहार एकै दिन परेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा चतुर्दशी तिथि परेका दिन नरक चतुर्दशी र कुकुर तिहार मनाउने धार्मिक परम्परा रहेको छ। मानिसको आज्ञापालक, इमानदार तथा सुरक्षाका…
२१ कात्तिक खोटाङ। सामुदायिक विद्यालयको शैक्षिक उन्नयन, व्यवस्थापकीय क्षमता र सामाजिक सेवामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै च्यास्मिटार माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजकुमार राईलाई ‘उत्कृष्ट प्रधानाध्यापक पुरस्कार-२०८३’ प्रदान गरिएको छ। मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङले हलेसी तुवाचुङ नगरपालिका-३, च्यास्मिटारस्थित उक्त विद्यालयका प्रधानाध्यापक राईलाई नगद ३० हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेको हो। शनिबार आज दिक्तेलमा आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला ओढाएर नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रतिष्ठानले स्वर्गीय प्रधानाध्यापक मेघराज धमलाले अध्यापन गर्नुभएको सरस्वती आधारभूत विद्यालयका विद्यार्थी तेजस विशुङ्खे र सदिक्षा कार्कीलाई समेत पुरस्कृत गरेको छ। दुवै विद्यार्थीलाई जनही दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको प्रतिष्ठानका महासचिव…
२० कात्तिक, खोटाङ । जिल्ला अस्पताल खोटाङको मा ५० शैयाको क्षमतासहित निर्माण गरिएको नयाँ भवन औपचारिक रूपमा अस्पताललाई हस्तान्तरण गरिएको छ। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको चारतले भवन निर्माण कार्य सम्पन्न भएपछि अस्पताल प्रशासनलाई जिम्मा लगाइएको हो। सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको समन्वय तथा निगरानीमा निर्माण गरिएको उक्त भवन कात्तिक १९ गते जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो। सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इन्जिनियर सुरोज पौडेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुष्कल राईलाई भवनको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो। अस्पतालको नयाँ भवन निर्माणका लागि भ्याटसहित २२ करोड ९० लाख ४७ हजार रुपैयाँ लागत लागेको जनाइएको छ। श्याम…
१९ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा सञ्चालन भएको सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता-२०८३’ सम्पन्न भएको छ। प्रतियोगिताको समापनका अवसरमा खेलकुद पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा खोटाङ खबर डटकमका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठ सम्मानित हुनुभएको छ। जिल्लाको खेलकुद क्षेत्रको गतिविधि, स्थानीय खेलाडीको प्रतिभा र खेलकुद प्रतियोगिताहरूलाई सञ्चारमाध्यममार्फत आम नागरिकमाझ पु¥याउन पत्रकारिताका माध्यमबाट पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै श्रेष्ठलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। उहाँलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ। सञ्चार क्षेत्रसँगै जिल्लाको खेलकुद गतिविधिको प्रचारप्रसारमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले…
१८ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा सातौँ सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीले जितेको छ। सोल्मा खेल मैदानमा हिजो मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा मात्तिमलाई ३-० गोल अन्तरले हराउँदै इन्द्रेणीपोखरीले उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधिसँगै इन्द्रेणीपोखरीले नगद एक लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको मात्तिमले नगद ७७ हजार सात सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा तय गरेका खार्मी र लफ्याङले जनही ३३ हजार तीन सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने…
१७ कात्तिक खोटाङ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११ः०७ बजेको समय उत्तम साइतका रूपमा निर्धारण गरेको हो। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्किएर र दिदीबहिनीले पूर्व फर्किएर टीका लगाउनुपर्नेछ। समितिले सार्वजनिक गरेको साइतअनुसार टीका लगाउँदा धार्मिक विधि तथा परम्पराको पालना गर्न सकिने उहाँले जानकारी दिनुभयो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीका मनाइन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिने परम्परा छ।…
१७ कात्तिक खोटाङ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचे हेलिप्याडमा बिहान अवतरण गर्न लागेका दुई वटा हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको ज्यान गएको छ । भारतको तामिलनाडु घर भएका ४७ वर्षीय पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। ज्यान गुमाउने भारतीय नागरिक वसन्तकुमार बालारामारामाडु फिस्टेल एयरको हेलिकप्टरमा सवार हुनुहुन्थ्यो । फिस्टेल हेलिकप्टरमै रहेका भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेशकृष्ण पटेल घाइते हुनुभएको छ । पटेललाई उद्धार गरी काठमाण्डौ ल्याएर मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट पनि सामान्य घाइते हुनुहुन्छ । पाइलटद्धयलाई पनि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले…
