Skip to main content

Khotang Khabar

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे

Advertisement

 

१७ कात्तिक खोटाङ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११ः०७ बजेको समय उत्तम साइतका रूपमा निर्धारण गरेको हो। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्किएर र दिदीबहिनीले पूर्व फर्किएर टीका लगाउनुपर्नेछ। समितिले सार्वजनिक गरेको साइतअनुसार टीका लगाउँदा धार्मिक विधि तथा परम्पराको पालना गर्न सकिने उहाँले जानकारी दिनुभयो।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीका मनाइन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिएर आपसी प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्ने गर्दछन्।

भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विशेष पर्वका रूपमा लिइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई मखमली, सयपत्री तथा दुबोका माला लगाइदिने, मिठाई तथा विभिन्न परिकार खुवाउने र दीर्घायुको कामना गर्ने चलन छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भाइटीकाले नेपाली समाजमा पारिवारिक एकता, आपसी सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। देश तथा विदेशमा रहेका नेपालीहरूले समेत यस पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्दछन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
99
+1
0
+1
99
+1
0
+1
5.1k
+1
999
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *