Skip to main content

Khotang Khabar

सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा भारतीय पर्यटकको ज्यान गयो

Advertisement

 

१७ कात्तिक  खोटाङ ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचे हेलिप्याडमा बिहान अवतरण गर्न लागेका दुई वटा हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको ज्यान गएको छ । भारतको तामिलनाडु घर भएका ४७ वर्षीय पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। ज्यान गुमाउने भारतीय नागरिक वसन्तकुमार बालारामारामाडु फिस्टेल एयरको हेलिकप्टरमा सवार हुनुहुन्थ्यो ।

फिस्टेल हेलिकप्टरमै रहेका भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेशकृष्ण पटेल घाइते हुनुभएको छ । पटेललाई उद्धार गरी काठमाण्डौ ल्याएर मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट पनि सामान्य घाइते हुनुहुन्छ । पाइलटद्धयलाई पनि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो । बिहान ८ बजेर ११ मिनेटमा दुर्घटना भएको बताइएको छ  ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *