Skip to main content

Khotang Khabar

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

Advertisement

 

२३ कात्तिक खोटाङ । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ। नेपालका केही ठाउँ र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको शुरुआतमा गाईपूजा गर्ने गरिएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने पनि गरिन्छ । यसअघि हिजो घरघरमा लक्ष्मीपूजा गरियो । त्यसअघि बिहान कुकुर तिहार मनाइएको थियो । काग तिहार अस्ति शनिबार परेको थियो । भोलि गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । साथै भोलिदेखि नेपाल संवत् ११४७ पनि शुरु हुँदैछ । यमपञ्चकको अन्तिम दिन अर्थात् पर्सि २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि पर्सि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
650
+1
0
+1
888
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *