Skip to main content

Khotang Khabar

दिप्रुङ चुइचुम्मामा अति विपन्न नागरिकलाई जीवन निर्वाह भत्ता, ६१८ घरधुरी प्रारम्भिक सूचीमा

Advertisement

१४ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अति विपन्न नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षा जीवन निर्वाह भत्ता वितरणको प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले भत्ताका लागि ६१८ घरधुरीलाई प्रारम्भिक लाभग्राहीको सूचीमा समावेश गरेको छ। आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार गाउँपालिकाले नियमित आयस्रोत तथा रोजगारीको अवसर नभएका अति विपन्न परिवारलाई लक्षित गरी लाभग्राही छनोट गरेको हो। वडा कार्यालयमार्फत प्राप्त भएका आवेदनमाथि छानबिन समितिले प्रारम्भिक अध्ययन तथा जाँचबुझ गरेपछि गाउँपालिकाभरबाट ६१८ घरधुरीका आवेदक प्रारम्भिक लाभग्राहीका रूपमा छनोट भएका हुन्। गाउँपालिकाले ‘अति विपन्न नागरिक सामाजिक सुरक्षा जीवन निर्वाह भत्ता वितरण कार्यविधि, २०८३अनुसार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार वडा नम्बर १ याम्खाबाट ६९, वडा नम्बर २ डाँडागाउँबाट ९८, वडा नम्बर ३ छोरम्बुबाट ७२, वडा नम्बर ४ बतासेबाट १०१ र वडा नम्बर ५ स.छितापोखरीबाट १२६ घरधुरी प्रारम्भिक सूचीमा परेका छन्। यस्तै वडा नम्बर ६ छितापोखरीमा ६० र वडा नम्बर ७ टेम्माबाट ९२ लाभग्राही छनोट गरिएको गाउँपालिकाले जनाएको छ। प्रारम्भिक सूची सार्वजनिक भएसँगै गाउँपालिकाले दाबी विरोधका लागि सात दिनको समय दिएको छ। सूचीमा नाम समावेश भएको विषयमा चित्त नबुझेमा वा अयोग्य व्यक्ति लाभग्राहीका रूपमा परेको जानकारी भएमा त्यसको प्रमाणसहित गाउँ कार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित दाबी विरोध दर्ता गराउन सकिनेछ। तोकिएको सात दिनको अवधिमा दाबी विरोध नआएमा वा प्राप्त उजुरीमाथि आवश्यक छानबिन गरेपछि अन्तिम लाभग्राही सूची सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ। त्यसपछि मात्रै कार्यविधिअनुसार सामाजिक सुरक्षा जीवन निर्वाह भत्ता वितरणको प्रक्रिया अघि बढाइनेछ।

यसैगरी, प्रारम्भिक सूचीमा नाम समावेश भएका लाभग्राहीलाई गाउँपालिकाले यहि असोज २१ गतेभित्र सानिमा बैंकमा बैंक खाता खोलेर सम्बन्धित वडा कार्यालयमार्फत खाता नम्बर उपलब्ध गराउन आग्रह गरेको छ। अति विपन्न तथा नियमित आम्दानीको स्रोत नभएका परिवारलाई लक्षित गरी स्थानीय सरकारबाट जीवन निर्वाहमा सहयोग पु¥याउने उद्देश्यले भत्ता वितरणको प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो।

—————————————————————————————————————————————–

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
200
+1
300
+1
150
+1
0
+1
600
+1
2
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *