८ कर्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा-लामाखुमा नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदानसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ।नेपाली काँग्रेस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९ वडा कार्य समिति निर्मलीडाँडा, लामाखुको आयोजनामा यहि कार्तिक १७ गतेदेखि फुटबलसहित रस्साकस्सी डोरी तान्ने , भाले जुधाउने र महिलाका लागि म्युजिकल चेयर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउने, स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने तथा युवाहरूको सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा स्थानीय युवादेखि महिलासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ। विभिन्न विधाका…
७ कार्तिक खोटाङ । खोटाङमा सञ्चालन गरिएको ‘दसैँ तिहार चेलीलाई उपहार’ अभियानबाट ६ सय ४२ जना लाभान्वित भएका छन्। दसैँको अवसरमा कात्तिक ३ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा रहेका चेलीबेटीलाई निःशुल्क मोटरसाइकल सेवा उपलब्ध गराइएको थियो। चाडपर्वका समयमा सार्वजनिक यातायातको चाप बढ्ने, ग्रामीण क्षेत्रमा नियमित सवारीसाधन पाउन कठिन हुने तथा आर्थिक अभावका कारण सहज रूपमा यात्रा गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाका अगुवा युवाहरूले उक्त अभियान सञ्चालन गरेका हुन्। विशेषगरी आफ्नै सवारीसाधन नभएका र यातायात खर्चको व्यवस्थापन गर्न कठिनाइ हुने चेलीबेटीलाई लक्षित गरी सुरु गरिएको अभियानले दसैँमा माइती जाने तथा माइतीबाट घर फर्किने महिलालाई…
४ कार्तिक खोटाङ। दशैँ भन्नासाथ परिवारसँगको भेटघाट, माइतीघरको आत्मीयता र आफन्तसँग खुसी साटासाट गर्ने क्षण सम्झना आउँछ। तर, आर्थिक अभाव र यातायातको असहजताका कारण चाहना हुँदाहुँदै पनि माइतीघर पुग्न नसक्ने चेलीहरूका लागि खोटाङमा सञ्चालन गरिएको ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सहयोगी बनेको छ। अभियानको दोस्रो दिन आज विजयादशमीको अवसरमा २४ वटा मोटरसाइकल परिचालन गरी ११० जनालाई निःशुल्क यातायात सेवा प्रदान गरिएको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने र ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सहज नहुने अवस्थालाई मध्यनजर गर्दै युवाहरूले सञ्चालन गरेको अभियानले चेलीहरूलाई माइतीघर तथा आफन्तको घरसम्म पुग्न सहज बनाएको हो। विजयादशमीका दिन २४ जना राइडर स्वयंसेवकका रूपमा खटिएर यात्रुलाई गन्तव्यसम्म पुर्याउन…
३ कार्तिक खोटाङ। दशैँमा माइतीघर पुगेर परिवारसँग खुसी साटासाट गर्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभाव र यातायातको असुविधाका कारण समस्यामा परेका चेलीहरूलाई लक्षित गर्दै खोटाङ जिल्लामा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सुरु गरिएको छ। खोटाङ जिल्लामा क्रियाशील युवाहरूको समूहले सञ्चालन गरेको उक्त अभियानअन्तर्गत आज कात्तिक ३ गतेदेखि चेलीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्न थालिएको हो। अभियान सुरु भएको पहिलो दिनमै ५० जनाभन्दा बढीले निःशुल्क यातायात सेवाबाट लाभ लिएका छन्। दशैँ मनाउन माइतीघर जाने तथा दशैँपछि पुनः आफ्नो कर्मघर फर्किने चेलीहरूलाई सहज यात्रा गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको अभियानको सचिवालय प्रमुख निराजन ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार आज दिप्रुङचुइचुम्मा गाउँपालिका,…
२ कात्तिक खोटाङ । नेपालीहरूको महान् चाड बडादशैँमा अधिकांश घरपरिवारमा मासुका परिकार बढी खाने चलन छ। चाडपर्वका बेला छाकैपिच्छे मासु खाने तर सागसब्जी, फलफूल तथा अन्य रेसायुक्त खानेकुरा कम खाने बानील कब्जियतलगायतका पाचनसम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। दशैँमा परिवार, आफन्त र इष्टमित्रसँग बसेर विभिन्न परिकार खाने, मीठोमसिनो पकाउने तथा रमाइलो गर्ने परम्परा रहे पनि खानपानमा सन्तुलन नमिलाउँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। विशेषगरी अत्यधिक मासु, चिल्लो तथा बोसोयुक्त परिकार, मिठाई र मदिराको सेवन गर्ने तथा पेट भरिएपछि पनि जबर्जस्ती खाने बानीले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । जिल्ला…
२७ असोज खोटाङ। सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडास्तरमै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। दशैंको अवसर पारेर सुरु गरिएको शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, न्यानो सिरक प्रदान तथा स्वास्थ्य परीक्षण र उपचार सेवा एकैसाथ उपलब्ध गराउन थालिएको हो। गाउँपालिकाले नागरिकलाई सरकारी सेवा लिन टाढा धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्यसहित सोमबारदेखि अभियान सञ्चालनमा ल्याएको हो। विशेषगरी उमेरका कारण हिँडडुल गर्न कठिनाइ हुने ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्ति तथा सामाजिक सुरक्षा भत्तामा आश्रित लाभग्राहीलाई लक्षित गरेर वडामै सेवा पु¥याइएको गाउँपालिकाले जनाएको…
२३ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा नागरिक संवादका लागि ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सम्पन्न भएको छ। लागुऔषध दुव्र्यसन नियन्त्रण, नागरिकमा जनचेतना अभिवृद्धि तथा स्थानीय तहमा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो। कार्यक्रममा लागुऔषधको बढ्दो प्रयोगले व्यक्ति, परिवार, समाज तथा राष्ट्रमा पार्न सक्ने नकारात्मक असरबारे नागरिकलाई सचेत गराउने विषयमा जोड दिइएको थियो। विशेषगरी युवा तथा विद्यार्थीलाई लागुऔषधको कुलतबाट जोगाउन परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।लागुऔषध दुव्र्यसनले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्नुका…
२३ असोज। १५२औँ विश्व हुलाक दिवस खोटाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय खोटाङले जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै सेवा निवृत्त कर्मचारीलाई सम्मान र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ। दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङमा उपचाररत १३ जना बिरामीलाई केरा र स्याउ वितरण गरिएको जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भु तामाङले जानकारी दिनुभयो। बिरामीको स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवाको भावनासहित फलफूल वितरण गरिएको उहाँले बताउनुभयो। त्यस्तै, कार्यालयमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त भएका कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ। कार्यालयमा कार्यरत रहँदा पु¥याएको योगदानको कदर…
२० असोज । खोटाङको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दसैँलाई लक्षित गर्दै यही असोज २७ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा सञ्चालन गर्ने भएको छ। दसैँमा टीका तथा दक्षिणाका लागि सुकिला नोटको माग बढ्ने भएकाले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै बैंकले तीन दिनसम्म सटही सेवा उपलब्ध गराउन लागेको हो। राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखाका सूचना अधिकारी सुवाष पोखरेलका अनुसार असोज २७ गते मंगलबारदेखि सुरु हुने सुकिला नोट सटही सेवा असोज २९ गतेसम्म सञ्चालन हुनेछ। दसैँको समयमा विशेषगरी दक्षिणा दिनका लागि साना दरका सफा तथा सुकिला नोटको आवश्यकता बढी पर्ने भएकाले सर्वसाधारणलाई सहज रूपमा नोट उपलब्ध गराउने उद्देश्यले…
२० असोज, खोटाङ - नजिकिँदै गरेको दशैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन खोटाङका सरोकारवाला निकायले सुरक्षा तथा सेवा प्रवाहमा कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला सुरक्षा समिति खोटाङको आयोजनामा सोमबार दिक्तेलमा भएको सर्वदलीय तथा सर्वपक्षीय भेलाले चाडपर्व लक्षित सुरक्षा, यातायात, बजार तथा उपभोक्ता सेवासँग सम्बन्धित सात बुँदे प्रतिबद्धता गरेको हो। चाडपर्वका समयमा मानिसको आवतजावत तथा बजारमा चहलपहल बढ्ने र सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना, आपराधिक गतिविधि तथा उपभोक्तासँग सम्बन्धित समस्या न्यूनीकरण गर्न सरोकारवाला निकायलाई आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरिएको छ। भेलामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, राजनीतिक दल, उद्योगी–व्यवसायी,…
