Skip to main content

Khotang Khabar

खोटाङमा विभिन्न कार्यक्रम गरी १५२औँ विश्व हुलाक दिवस मनाइयो

Advertisement

 

२३ असोज। १५२औँ विश्व हुलाक दिवस खोटाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय खोटाङले जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै सेवा निवृत्त कर्मचारीलाई सम्मान र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ। दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङमा उपचाररत १३ जना बिरामीलाई केरा र स्याउ वितरण गरिएको जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भु तामाङले जानकारी दिनुभयो। बिरामीको स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवाको भावनासहित फलफूल वितरण गरिएको उहाँले बताउनुभयो।

त्यस्तै, कार्यालयमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त भएका कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ। कार्यालयमा कार्यरत रहँदा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो। दिवसकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृतसमेत गरिएको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ। कार्यालयका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीमध्ये खरिदार सागर राई, हल्कारा बुद्धिमाया तामाङ, चन्द्रकला नेपाली र डाकवाहक झमप्रसाद आचार्यलाई पुरस्कार प्रदान गरिएको छ। कर्मचारीको कामप्रतिको लगनशीलता, जिम्मेवारीबोध र कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गरिएको जनाइएको छ।हरेक वर्ष अक्टोबर ९ तारिखमा मनाइने विश्व हुलाक दिवस विश्वभर हुलाक सेवाको महत्त्व, यसको विकास तथा सञ्चार क्षेत्रमा पु¥याएको योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाउने गरिन्छ। हुलाक सेवा विगतदेखि नै चिठीपत्र, सरकारी कागजात तथा विभिन्न सूचना र सन्देश आदानप्रदान गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ। पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै सञ्चारका माध्यममा परिवर्तन आए पनि हुलाक सेवाको आवश्यकता र सान्दर्भिकता कायम रहेको छ। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्न हुलाक कार्यालयको भूमिका महत्त्वपूर्ण मानिन्छ।यसैगरी, हुलाक सेवा प्रवाहलाई सहज बनाउन सहयोग पु¥याएको भन्दै खोटाङ यातायात प्रा.लि.का राम हिङमाङलाई पनि सम्मान गरिएको छ। जिल्ला हुलाक कार्यालयले बाहिरी जिल्लामा डाक तथा हुलाक सामग्री आदानप्रदान गर्न यातायातको व्यवस्था मिलाउने क्रममा सहयोग पु¥याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। विश्व हुलाक दिवसले हुलाक सेवालाई थप प्रभावकारी, व्यवस्थित, विश्वसनीय र नागरिकमैत्री बनाउनुपर्ने आवश्यकतालाई समेत स्मरण गराउँछ। बदलिँदो समय र प्रविधिअनुसार हुलाक सेवालाई आधुनिक बनाउँदै सर्वसाधारणको पहुँचमा पु¥याउनु आजको आवश्यकता बनेको छ।

           

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
12
+1
0
+1
0
+1
51
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *