Skip to main content

Khotang Khabar

‘दशैँ तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ जना चेलीबेटीले पाए निःशुल्क मोटरसाइकल सेवा

Advertisement

 

७ कार्तिक खोटाङ । खोटाङमा सञ्चालन गरिएको ‘दसैँ तिहार चेलीलाई उपहार’ अभियानबाट ६ सय ४२ जना लाभान्वित भएका छन्। दसैँको अवसरमा कात्तिक ३ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा रहेका चेलीबेटीलाई निःशुल्क मोटरसाइकल सेवा उपलब्ध गराइएको थियो। चाडपर्वका समयमा सार्वजनिक यातायातको चाप बढ्ने, ग्रामीण क्षेत्रमा नियमित सवारीसाधन पाउन कठिन हुने तथा आर्थिक अभावका कारण सहज रूपमा यात्रा गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाका अगुवा युवाहरूले उक्त अभियान सञ्चालन गरेका हुन्। विशेषगरी आफ्नै सवारीसाधन नभएका र यातायात खर्चको व्यवस्थापन गर्न कठिनाइ हुने चेलीबेटीलाई लक्षित गरी सुरु गरिएको अभियानले दसैँमा माइती जाने तथा माइतीबाट घर फर्किने महिलालाई सहयोग पु¥याएको छ।

अभियानअन्तर्गत पहिलो दिन कात्तिक ३ गते ५० जना चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा लिएका थिए। दोस्रो दिन कात्तिक ४ गते १ सय १० जना, तेस्रो दिन कात्तिक ५ गते २ सय ५२ जना र चौथो दिन कात्तिक ६ गते २ सय ३० जनाले सेवा प्राप्त गरेका छन्। चार दिनको अवधिमा कुल ६ सय ४२ जना चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवामार्फत यात्रा गर्ने अवसर पाएका हुन्। अभियानमा जिल्लाका ५० जनाभन्दा बढी राइडर सहभागी भएका थिए। उनीहरूले आफ्नै मोटरसाइकल प्रयोग गरी सेवाग्राहीलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाएका थिए। मोटरसाइकलको व्यवस्थापन र यात्राका लागि आवश्यक समय र श्रम राइडरहरूले उपलब्ध गराएका थिए भने इन्धनका लागि विभिन्न सहयोगीदाताबाट सहयोग जुटाइएको थियो।

आयोजकहरूको योजनाअनुसार जिल्लाभित्र ३५ किलोमिटरसम्म निःशुल्क मोटरसाइकल सेवा दिने व्यवस्था गरिएको थियो। यद्यपि सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै निर्धारित दूरीभन्दा बाहिरसमेत सेवा विस्तार गरिएको थियो। अभियानअन्तर्गत छिमेकी जिल्ला भोजपुरसम्म पनि चेलीबेटीलाई सेवा प्रदान गरिएको जनाइएको छ। निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गर्न विभिन्न सहयोगीदाताले पनि साथ दिएका थिए। अभियानलाई सहयोग गर्न दाताहरू रत्नपार्कस्थित सचिवालयमै पुगेर सहयोग उपलब्ध गराएका थिए। राइडरहरूले आफ्नै सवारीसाधन प्रयोग गरेर सेवा दिएको र इन्धनका लागि सहयोग जुटाइएको व्यवस्थाले अभियान सञ्चालनमा स्थानीय सहयोगको भूमिका महत्त्वपूर्ण रहेको देखाएको छ।

दसैँको अवसरमा चार दिनसम्म सञ्चालन गरिएको अभियानलाई तिहारमा पनि निरन्तरता दिने तयारी गरिएको छ। तिहारलाई लक्षित गर्दै कात्तिक २४, २५ र २६ गते तीन दिन निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गर्ने योजना रहेको छ। तिहारमा माइती तथा घरबीच आवतजावत गर्ने चेलीबेटीलाई लक्षित गरी सेवा उपलब्ध गराउन लागिएको हो। तिहारका लागि सेवा लिन इच्छुक चेलीबेटीले रत्नपार्कस्थित अभियानको सचिवालयमा सम्पर्क गरी आफू जाने तथा फर्किने स्थान र सम्पर्क नम्बर टिपाउनुपर्नेछ। सेवाग्राहीबाट प्राप्त विवरणका आधारमा आवश्यक यात्रा व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। चाडपर्वको समयमा परिवारसँग भेटघाट गर्न चाहने नागरिकलाई यातायातको अभाव वा आर्थिक कठिनाइका कारण समस्या नहोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले सामाजिक सेवामा युवाहरूको सहभागितालाई उजागर गरेको छ। व्यक्तिगत स्रोतसाधन प्रयोग गरेर समुदायका सदस्यलाई सहयोग गर्ने प्रयाससँगै सहयोगीदाताको सहभागिताले अभियानलाई निरन्तरता दिन आधार प्रदान गरेको छ।

                     

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
17
+1
2
+1
90
+1
0
+1
800
+1
280
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *