१२ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मामा तेस्रो खुला साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ज्यामिरे युवा क्लब तथा सूर्योदय बाल क्लबको आयोजनामा आगामी कात्तिक १६ गतेदेखि २० गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य युवा एकता, सम्मान तथा खेलकुदको विकास र स्तरउन्नतिमा योगदान पु¥याउनु रहेको आयोजकले जनाएको छ। “आफ्नो जन्मथलो आफैं चिनाऔँ, आफैं बनाऔँ” भन्ने भावनासहित आर्थिक विकास र परिवर्तनका लागि युवालाई एकताबद्ध गराउने उद्देश्यसमेत प्रतियोगिताले लिएको खेल संयोजक खेमराज राइले बताउनु भयो। विजया दशमी तथा शुभ दीपावलीको पावन…
११ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसले नयाँ नगर नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। लामो समयदेखि नेतृत्वका विषयमा भइरहेको छलफलले निकास पाएसँगै रामचन्द्र राई नगर सभापतिको जिम्मेवारीमा पुगेका हुन्। नगर अधिवेशनका क्रममा नेतृत्व चयनका लागि विभिन्न चरणमा छलफल भएको थियो। सभापतिका आकांक्षी प्रकाशकुमार श्रेष्ठसहित पार्टीका नेता तथा कार्यकर्ताबीच भएको संवादबाट सहमतिको वातावरण बनेपछि राईलाई सभापतिमा चयन गरिएको हो।नयाँ नगर कार्यसमितिको उपसभापतिमा राजकुमार कटुवाल र महिला उपसभापतिमा मनिला राई चयन भएका छन्। त्यस्तै, सचिवको जिम्मेवारी सागर खनालले पाएका छन् भने सहसचिवमा धनबहादुर श्रेष्ठ चयन भएका छन्। चार दिनदेखि नेतृत्व चयनका विषयमा जारी छलफल टुंगिएसँगै नगर अधिवेशनमा देखिएको…
११ असोज, खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी ९ लाख ६० हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको विवरणअनुसार चालु आर्थिक वर्षको श्रावण र भदौ महिनामा गरी कुल ८ सय ८८ वटा सवारीसाधनमाथि कारबाही गर्दा सो रकम उठेको हो। कार्यालयका अनुसार श्रावण महिनामा ३ सय ५९ वटा सवारीसाधनमाथि कारबाही गरिएको थियो। उक्त महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट ३ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । कारबाहीमा बस, ट्र्याक्टर, जिप, मोटरसाइकललगायत अन्य सवारीसाधन परेका छन् ।…
११ असोज खोटाङ। जन्तेढुङ्गा गाउँपालिका खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये एकमहत्वपूर्ण स्थानीय तह हो। स्थानीय सरकार गठन भएपछि नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार ल्याउने, सडक तथा भौतिक पूर्वाधार निर्माण गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा गाउँपालिकाबाट प्रदान हुने सेवा–सुविधालाई नागरिकमैत्री बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ। यही सन्दर्भमा जन्तेढुङ्गा गाउँपालिकाले हालसम्म गरेका काम, प्राप्त उपलब्धि, देखिएका चुनौती तथा आगामी योजनाका विषयमा गाउँपालिका अध्यक्ष अरुणादेवी राईसँग गरिएको कुराकानी। प्रश्न १. सबैभन्दा पहिले जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिलेसम्मको आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? मुख्य रूपमा के–के काम गर्नुभएको छ? अध्यक्ष…
११ असोज खोटाङ। नेपाल निर्माण व्यवसायी संघको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। दिक्तेलमा शनिबार सम्पन्न संघको छैटौँ जिल्ला अधिवेशन तथा १२ औँ साधारणसभाले घिमिरेलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो। यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहनुभएका घिमिरे नयाँ कार्यसमितिको अध्यक्षमा चयन हुनुभएको हो। २५ सदस्यीय जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश राई तथा उपाध्यक्षमा जोसेप रिजाल र जितेन राई चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा दीलचक्र राई, सचिवमा सुदिप दाहाल र सविन राई ‘विज्ञान’, कोषाध्यक्षमा दिवासन राई तथा सह–कोषाध्यक्षमा मैया आचार्य चयन हुनुभएको छ।जिल्ला सदस्यमा प्रविन आचार्य, भुवन आचार्य,…
८ असोज खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ। गाउँपालिकाको समन्वय तथा स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा आज बिहीबारदेखि तालिम सञ्चालनमा आएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका-याड्सोलाटारमा सुरु भएको तालिमको उद्घाटन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुस्ताक अहमद मंसुरको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरको प्रमुख आतिथ्यतामा भएको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी, अन्य कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। असोज ८ देखि १७ गते १० दिनसम्म सञ्चालन हुने तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायस्तरमा प्राथमिक स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइने…
५ असोज खोटाङ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज-९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भार देखि धेरै भारीसम्म वर्षा हुने तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। विभागले देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।यसको प्रभावले बुधबारबाट नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने जनाइएको छ । तसर्थ,…
३ असोज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले ‘हरियाली प्रवद्र्धन, सुरक्षित जीवन-एनएमबि लघुवित्तको अभियान’ भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड हलेसी शाखाका प्रमुख चन्द्रकुमार रम्तेलले जानकारी दिनु भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक-शिक्षिका, विद्यार्थी, संस्थाका सदस्य, स्थानीयवासी तथा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड दिक्तेल र हलेसी शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको रम्तेलले बताउनु भयो। सहभागीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको…
खोटाङ ३ असोज । आज संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। दिवसको अवसर पारेर जिल्लामा खेलकुद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा प्रभातफेरीलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो। संविधान जारी भएको दिनको सम्झनामा आयोजित कार्यक्रमअन्तर्गत असोज २ गते ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो भने संविधान दिवसको मुख्य दिन आज दिक्तेल बजारमा प्रभातफेरी निकालिएको छ। प्रभातफेरीपछि जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगितामा दिनेश तामाङ र रेनुका राईको जोडीले उपाधि जितेको छ। प्रतियोगितामा प्रथम भएको…
२ असोज, खोटाङमा जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिङ्गमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङको सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता आगामी असोज २२ गतेदेखि २५ गतेसम्म दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। विभिन्न स्थानका फुटबल टोलीलाई सहभागी गराई खेलाडीको प्रतिभा प्रस्फुटन, खेलकुदको विकास तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक डिके-दिनेशले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २० गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ताका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता ९ ‘ए’ साइडमा खेलाइनेछ। प्रत्येक…
