१७ कात्तिक खोटाङ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचे हेलिप्याडमा बिहान अवतरण गर्न लागेका दुई वटा हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको ज्यान गएको छ । भारतको तामिलनाडु घर भएका ४७ वर्षीय पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। ज्यान गुमाउने भारतीय नागरिक वसन्तकुमार बालारामारामाडु फिस्टेल एयरको हेलिकप्टरमा सवार हुनुहुन्थ्यो । फिस्टेल हेलिकप्टरमै रहेका भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेशकृष्ण पटेल घाइते हुनुभएको छ । पटेललाई उद्धार गरी काठमाण्डौ ल्याएर मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट पनि सामान्य घाइते हुनुहुन्छ । पाइलटद्धयलाई पनि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले…
१६ कात्तिक खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले सञ्चालन गर्दै आएको स्वर्ण बिन्दु प्राशन कार्यक्रमको तेस्रो चरण आज सम्पन्न गरेको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा ३११ जना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले जानकारी दिएको छ । विशेषगरी एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा बालकभन्दा बालिकाको सहभागिता बढी देखिएको छ। स्वर्ण बिन्दु प्राशन गराउनेमध्ये १४४ जना बालक र १६७ जना बालिका रहेका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा.सरबिन्द्र प्रसाद यादवका अनुसार बालबालिकाको स्वास्थ्य…
१६ कात्तिक खोटाङ । ओखलढुङ्गाको सोक्मटारमा जारी १०औँ व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ज्वालामुखी युवा क्लब र सप्तरङ्गी युवा समूहबीच प्रतिस्पर्धा हुने भएको छ। आज सम्पन्न सेमिफाइनल खेलमा ज्वालामुखी युवा क्लबले दुधकोशी आधारभूत विद्यालयको टोलीलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यस्तै, दोस्रो सेमिफाइनलमा सप्तरङ्गी युवा समूहले मानेभञ्ज्याङ युवा समूहलाई ट्राइब्रेकरमा ४-३ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। यसैगरी, तेस्रो रुपा स्मृति महिला फुटबल कपको उपाधिका लागि खोटाङ र ओखलढुङ्गाका टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। ओखलढुङ्गाले सिन्धुलीको फिक्कल गाउँपालिकाको टोलीलाई र खोटाङले उदयपुरको टोलीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। पुरुषतर्फको १०औँ व्याकुल माइला…
१५ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र स्वच्छता कायम राख्ने विषयमा सबै पक्षसँग छलफल तथा संवाद गर्न पार्टी तयार रहेको बताएका छन् । आइतबार समसामयिक राजनीतिक तथा संस्थागत विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले न्यायपालिकाको गरिमा र स्वतन्त्रतामाथि कुनै आँच आउन नदिन आवश्यक विषयमा कांग्रेसले खुला रूपमा छलफल गर्ने स्पष्ट पारे । उनले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छता सुनिश्चित गर्ने विषयमा नेपाली कांग्रेसले कुनै संकोच नराख्ने उल्लेख गरे । यस विषयमा सबै पक्षसँग संवाद गरेर साझा निष्कर्षमा पुग्न सकिने उनको भनाइ छ । थापाले संस्थाहरूको वर्तमान संरचना, तिनले पार्ने प्रभाव तथा परिणामलगायतका पक्षलाई…
१४ कार्तिक। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका धर्मराज पोखरेल लोकगायकका रूपमा मात्र नभई कृषि अभियन्ता, राजनीतिज्ञ, समाजसेवी तथा इन्जिनियरका रूपमा समेत परिचित व्यक्तित्व हुन्। गीत-संगीत, कृषि, राजनीति, समाजसेवा र प्राविधिक क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका पोखरेललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छ। नेपाली लोकसंगीतको क्षेत्रमा पोखरेलका विभिन्न गीतहरू सार्वजनिक भएका छन्। तीमध्ये ‘खोटाङमध्ये बसेरी’, ‘रारातलैमा’ र ‘दुईदिने चोला’ लगायतका गीत चर्चित छन्। नेपाली लोकजीवन, मौलिक संस्कृति, मायाप्रेम र जीवनका विविध अनुभूतिलाई लोकगीतमार्फत प्रस्तुत गर्दै आएका पोखरेलले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। खोटाङको गाउँबस्तीमा जन्मिएर लोकसंगीतमा सक्रिय रहनु र आफ्ना सिर्जनामार्फत नेपाली मौलिक लोकभाकालाई जीवन्त राख्ने प्रयास गर्नु उनको…
१३ कार्तिक खोटाङ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशका पूर्वी तथा मध्य भूभागमा वर्षा र हिमपात भइरहेको बेला खोटाङ जिल्लामा पनि गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रातिदेखि सुरु भएको वर्षा जारी रहेपछि जनजीवन प्रभावित हुन सक्ने देखिएको छ ।मौसममा आएको परिवर्तनसँगै जिल्लाको तापक्रममा गिरावट आएको छ भने चिसोसमेत बढेको छ । लगातारको वर्षाले ग्रामीण सडक, कृषि क्षेत्र, दैनिक ज्यालादारीमा निर्भर नागरिक तथा आवतजावत गर्ने यात्रुहरू प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको छ । विशेषगरी कच्ची तथा ग्रामीण सडकमा हिलो, चिप्लोपन र पहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रामा सावधानी अपनाउनुपर्ने देखिएको छ। मौसम पूर्वानुमान…
१२ कार्तिक खोटाङ । बिष्णु आभूषण म आफूलाई छाम्छु, महशुस गर्छु, आफ्नो गन्तव्यका सम्बन्धमा पर्गेल्छु। अरुको चिन्तन, सोच र गतिविधिसंग आफूलाई दाँज्छु । आफ्नो सोँच, चिन्तन र गतिविधिलाई उनीहरुसँग दाँज्छु । कति फरक छन्, कति समान छन् । संश्लेषण गर्न खोज्छु । लाग्छ-अबको समय यसो गर्न मेरो लागि उपर्युक्त पनि छ । आफ्ना कर्महरु मेरा लागि सदैव मिठो र नूतन अभ्यासका रुपमा रहे । करिव ६ दशक वढिको सग्लो जीवनानुभूति अब मेरो लागि अमूल्य सम्पति हो । समग्र जीवनको पानाहरुलाई नउघारी फगत राजनैतिक आरोहरअवरोहका तिता-मिठा यात्रालाई मात्रै पर्गेल्ने हो भने पनि करिव ३० र ३५ वर्षका संगीन क्षणहरु मेरा…
१२ कार्तिक खोटाङ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ( अर्नब) का कारण आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा बाँकी हिमली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।…
१२ कार्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा जारी सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता २०८३’ मा आयोजक सोल्माले विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा वडा नं १ दिक्तेललाई १–० गोलले पराजित गर्दै वडा नं २ सोल्माले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। सोल्मा स्पोर्टस् क्लबको आयोजनामा कात्तिक ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा सोल्माले आफ्नो घरेलु मैदानमा जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि दिक्तेलले गोल गर्न सकेन । पहिलो हाफमा सोल्माका जर्सी नं ७ का खेलाडी देवान राईले गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो…
८ कर्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा-लामाखुमा नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदानसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ।नेपाली काँग्रेस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९ वडा कार्य समिति निर्मलीडाँडा, लामाखुको आयोजनामा यहि कार्तिक १७ गतेदेखि फुटबलसहित रस्साकस्सी डोरी तान्ने , भाले जुधाउने र महिलाका लागि म्युजिकल चेयर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउने, स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने तथा युवाहरूको सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा स्थानीय युवादेखि महिलासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ। विभिन्न विधाका…
