Skip to main content

Khotang Khabar

न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रता कायम राख्न सबै पक्षसँग संवाद गर्न कांग्रेस तयार – गगन थापा

Advertisement

 

१५ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र स्वच्छता कायम राख्ने विषयमा सबै पक्षसँग छलफल तथा संवाद गर्न पार्टी तयार रहेको बताएका छन् । आइतबार समसामयिक राजनीतिक तथा संस्थागत विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले न्यायपालिकाको गरिमा र स्वतन्त्रतामाथि कुनै आँच आउन नदिन आवश्यक विषयमा कांग्रेसले खुला रूपमा छलफल गर्ने स्पष्ट पारे ।

उनले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छता सुनिश्चित गर्ने विषयमा नेपाली कांग्रेसले कुनै संकोच नराख्ने उल्लेख गरे । यस विषयमा सबै पक्षसँग संवाद गरेर साझा निष्कर्षमा पुग्न सकिने उनको भनाइ छ । थापाले संस्थाहरूको वर्तमान संरचना, तिनले पार्ने प्रभाव तथा परिणामलगायतका पक्षलाई पूर्वाग्रहरहित ढंगले समीक्षा गर्नुपर्नेमा जोड दिए । सबै विषयलाई निष्पक्ष रूपमा राखेर छलफल र बहस गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उनले यसका लागि कांग्रेस सहकार्य गर्न तयार रहेको बताए ।

             

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
666
+1
0
+1
999
+1
0
+1
780
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *