१२ कार्तिक खोटाङ । बिष्णु आभूषण म आफूलाई छाम्छु, महशुस गर्छु, आफ्नो गन्तव्यका सम्बन्धमा पर्गेल्छु। अरुको चिन्तन, सोच र गतिविधिसंग आफूलाई दाँज्छु । आफ्नो सोँच, चिन्तन र गतिविधिलाई उनीहरुसँग दाँज्छु । कति फरक छन्, कति समान छन् । संश्लेषण गर्न खोज्छु । लाग्छ-अबको समय यसो गर्न मेरो लागि उपर्युक्त पनि छ । आफ्ना कर्महरु मेरा लागि सदैव मिठो र नूतन अभ्यासका रुपमा रहे । करिव ६ दशक वढिको सग्लो जीवनानुभूति अब मेरो लागि अमूल्य सम्पति हो । समग्र जीवनको पानाहरुलाई नउघारी फगत राजनैतिक आरोहरअवरोहका तिता-मिठा यात्रालाई मात्रै पर्गेल्ने हो भने पनि करिव ३० र ३५ वर्षका संगीन क्षणहरु मेरा लागि मनका पानाभरि कोरिएका संघषर्षपूर्ण गाथाहरु भैदिएका छन्। तर ति अलिखित गाथाहरुलाई कसरी समाजका अगाडि बाँड्नेरपस्कने यसमा मसँग पर्याप्त द्धिधाहरु छन् । समाजले सकारात्मक रुपमा आत्मसात गर्न सक्ने पाचकका रुपमा त्यसलाई पस्कनु मैले कसो गर्नुपर्छ भन्ने निश्चित उपाय मलाई सुझिरहेको छैन । कतै त्यो अतिशयोक्तिका रुपमा लिइने हो कि, कतै त्यो आत्म(प्रवञ्चनाका रुपमा पो अनुदित हुने हो कि यस्ता आशंकाहरुले मलाई निश्चिन्त हुन दिइरहेका छैनन्। तर आज केही पोखिनै चाहेको छु। आफ्ना विगत सम्झेर शव्दका सादृष्य मुर्च्छनाहरुसँग केहीँ क्षण रमाउन किन म आफूलाई रोकूँ र यहीँ भावावेशमा मैले कलम समाएको छु। यो त्यही कलम हो, जसलाई मैले सुदुर विगतमा धेरै पटक औँलामा नचाएँ । मनका तरंगहरुलाई यही कलममार्फत शव्दमा दौडाएँ । एउटा सर्जकको उपमा कमाएँ । तर पछि समयक्रमका निर्मम गतिहरुले मलाई मेरो प्यारो कलमको निकटताबाट विस्तारै अलग गराउँदै लग्यो । पछिल्ला चरणमा मनका हुटहुटीहरु पोख्न क्षणिक माध्यमहरु अपनाउँन थालेँ जस्तो कि सामाजिक सन्जाल आदि। शनैः शनैः लेखनवृत्ति मबाट ओझेलिँदै गयो, विरानिदै गयो । अब त केहीँ लेख्नै पर्ने अवस्थामा पनि मानौँ म निरुपाय झैँ हुन थालेँ र, यतिखेर समयले पुनः मलाई त्यही पटाङ्गिनीमा उभ्याइदिएको छ, जहाँ मसँग स्वतन्त्र आकाश छाम्न होलो(खुकुलो फुर्सद छ, निर्जिव झैँ लाग्ने त्यही कलम जसको हरेक श्वास प्रश्वास अनुभूत गर्ने फुर्सदिला क्षणहरु मेरा लागि आफैँ जुर्न आएको छन् । अबको उमेरवयले त्यो मेरा लागि उचित झैँ लागेको छ ।
कलमसँगको पुनस्संयोगसँगै योसँगको सम्बन्ध पातलिनाको कारक पनि यही समय थियो भन्ठान्छु । निर्मम समय, जसले प्यारो कलमसँग जिस्कने फुर्सद दिएन । यसका लागि सुदुर अतीतका केही क्षणहरु सम्झिन्छु । कलेजको पढाइ सकिनुसँगै मुलुकमा प्रजातन्त्र पुनर्प्राप्तिका लागि जनान्दोलनको आँधि हुरि आउनु गज्जवको संयोग थियो। देशमा प्रत्यक्षतः प्रजातन्त्र पुनर्वहालि भयो । योसँगै मेरो जीवन यात्रामा पनि नयाँ टर्निङ प्वाइन्ट देखा पर्यो । आँखाका पटलहरुमा नयाँ सपनाका रंगहरु थपिए । ओठमा गाईने गीतहरुमा परिवर्तनका सुशेलीहरु गुन्जिन थाले। शहरमा अल्झेका पाइतालाहरुले गाउँ वस्तिका डोरेटा-गोरेटाहरुमा पदचाप दिन थाले । २८ र ३० वर्षे उमेरको सिँढी उक्लिन भ्याउँदा नभ्याउँदै समाज रुपान्तरणका मधुर सपना बोकेर राजनैतिक संगठनका नाममा गाउँवस्ति चहार्नु दैनिकी बन्यो । कहाँ कागजमा रमाउँदै काल्पनिक संसारको माखेसांग्लोभित्र अल्झिन सम्भव भयो र १ कलमसँगको सम्बन्धबाट टाढिँदै समाजको व्यवहारिक दुनियाँमा नै वढि समय वित्न थाल्यो । जिल्लाको सुदुर वस्ति र त्यहाँको भुगोल बुझ्न शुरु शुरुमा पसिनाको तरेलीसँग खेल्दै उकाली ओरालीसँग मितेरी हालियो । जनतासँग सम्बन्ध र परिचय गाँस्दै विकास निर्माणका लागि केहीँ गर्ने संकल्पहरु गरियो । हुन पनि दुर्दान्त र रुग्ण बस्तिहरु खोकिलामा च्यापेर खोटाङ आफैँमा पिडाको गित गाइरहे झैँ लाग्थ्यो । ऊ वेलाको जिल्लाको सामाजिकर भौगोलिक परिवेश सम्झिँदा आज शरीरमा अत्यासलाग्दो त्रासदीको लहर दौडिन्छ। भौतिक सुविधाको शून्यपन जिइरहेको थियो खोटाङले । न यातायात, न विद्युत, न सञ्चार १ एउटा यस्तो संसार,-जहाँ शरीरका अवयवहरु नै जीवन जिउने सम्पूर्ण आधार थियो । कहीँ जानु छ -गोडा चलाऊ, सामान ओसार्नु छ-पिठ्युँ थाप, शन्देस पुञ्याउनु छ-पत्र लेखेर पुञ्याऊ हातैहात । त्यो भन्दा यान्त्रिक विकल्प थियो नै के र हामीसँग १ नजाँनिदो मनले संकल्प गर्यो-अब केही गर्नै पर्छ । समाजको लागि, आफ्नो जन्मभूमिका लागि यो परिवर्तनको गतिसँग हामी पनि दौडनै पर्छ। यहीँ मानसिक उद्धेलनले व्यैक्तिक उल्झनहरुमा अलमलिन दिएन। र, निरन्तर एउटा संकल्प यात्रामा म पनि होमिएँ। खुला र सार्वजनिक जिन्दगी व्यहोर्दै आखिर यिनै उहापोहमा करिव ३ दशक वढि सग्लो समय व्यतित भएछ। मेरा जस्ता सपना ऊ वेलाका अन्य साथीहरुसँग पनि थिए । वैचारिक धरातल भिन्ना भिन्नै भए पनि एउटै भूगोल, एउटै कर्म क्षेत्र, एउटै बाधा व्यवधानहरु हामीले भोग्यौँ, व्यहोर्यौ, छिचोल्यौँ । शायद यहीँ कारण पार्टी फरक भए पनि ती संघर्षपूर्ण क्षणहरुका सहयात्रा र जिल्लाको विकास निर्माणको साझा संकल्प यात्राले हामीवीच प्रगाढ एकता र आत्मियताको सुकोमल सम्बन्ध गाँसियो, झाँगियो, जो अध्यावधिक छ ।
हाम्रो कर्मथलो रह्यो खोटाङको आँगनी । शुन्दर खोटाङ १ तर विकास निर्माणको उज्यालोबाट ठगिँदै, पन्छिदै, अभिशप्त रहँदै, घरि घरि बाँदलका परतहरु च्यातिदा सूर्यको उज्यालो प्रकाशले छुन छुन खोजे जस्तो समयको गतिसँगै भौतिक परिवर्तनका मिर्मिरे उज्यालो चियाउँदै रमाई रहेको पिलन्धरे खोटाङ। यसो त खोटाङको परिवर्तनका लागि हामीले गर्न के खाजेनौँ, गर्न के चाहेनौँ र सम्झिन्छु ती दिनहरु, जब सडक निर्माण गछौँ भनेर गैती उचालेका ती प्रारम्भिक दिनहरु, खोटाङको भौतिक पूर्वाधारलाई द्धन्दको प्रकोपले नछोवोस भनेर द्धन्दकालिन क्षणहरुमा विद्रोही शक्तिसँग गरेका समझदारीहरु । योजनाको माग गर्दै खुट्टाका पिडौला फर्कने गरी सिंहदरवार चहार्दाका क्षणहरु । र, यतिखेर हामी जजसले जे जे गर्यौँ, परिणाम खोटाङकै भूगोलमा छ । हामीले नै भोगिरहेका छौँ । यो गयौँ, त्यो गयौँ या यो गर्न सकेनौँ भनेर कर्कश स्वरमा गीत गाउँनुको अर्थ के छ र जब की यावत खोटाङकै भूगोलले बताईरहेछ । बोलिरहेछ । अझ यथार्थ यो पनि हो कि समयको गति रोकिनेवाला छैन । अगाडि बढि नै रहेछ – बढि रहनेछ ।
यसवीच मैले पनि खोटाङको तरल मनका भँगालाहरु छामेको छु । आक्रोश र आवेगका ज्वालाहरु नजिकबाट तापेको छु । माया र सद्भावका रङहरुको होलि खेलेको छु । शायद जिल्लाको चौघेराभित्र ३ दशक वढि चुर्लुम्म डुवेर रमाउन सक्नुको पछाडि तिनै तातो आवेग, रंगिन सपना र निष्कपट माया पनि हो भन्ठान्छु म । पछिल्ला दिनहरुमा यही मनले साउती मार्यो-अब के यही चौघेराभित्र रमाएर बसिरहनु स्वाभाविक छ रु के यो भन्दा अझ वढि जिम्मेवारीप्रति संवेदनशिल रहने समय आएन र रु अर्को मनले कटाक्ष पनि गर्दै थियो-फेरि पद, सत्ता-पद १ मनमा कुरा खेल्न थाल्यो। पार्टीको माथिल्लो जिम्मेवारीप्रति चाहना राख्नु पदप्रतिको थप आशक्ति अथवा थप जिम्मेवारी प्रतिको संवेदनशिलता। यस्ता द्धिविधाहरुले मलाई अगाडिका यात्राहरुमा सदैव नै असमन्जस गराइरहन्छ। अन्ततस् मैले आत्मनिर्णय गरेँ-राजनैतिक यात्रामा एक खुड्किला अगाडि कदम बढाउँने प्रयत्न गर्नैपर्छ । मन मनै संकल्प गरेँ कि यदि त्यो प्रयत्न सफल भयो भने मैले पाएको प्लेटफार्म जिल्ला र जिल्लावासीकै हितका निम्ति उपयोग गर्नसकूँ। यसो त यतिन्जेलसम्म मैले आफूलाई जिल्लाका सम्पूर्ण राजनैतिक कर्मीहरुको पंक्तिभन्दा किन्चित पनि फरक सोँचेको छैन । उहाँहरुको सत्कर्ममा आफ्नो पनि सकारात्मक भूमिका रहनुपर्छ भन्ने मेरो मान्यता हो । तर नेतृत्व विकासको क्रममा अति महत्वका साथ राजनैतिक खुडिकला चढ्नुपर्छ भनेर साम(दान नै अपनाउनुपर्छ भन्ने मान्यताले मेरो लागि कहिल्यै प्राथमिकता पाएन । शायद पदीय जिम्मेवारीका हिसावमा म अलि वढि नै जिल्लाकै भूमिकामा रमाइरहेँ कि । उमेरवयको तुलनामा पनि यो पटक आफूले अंगिकार गरेको पार्टीको जिल्लास्तरभन्दा माथिकोे जिम्मेवारीमा दावा गर्ने मनै(मन संकल्प गरेँ । यध्यपि मैले आफूलाई अग्निपरीक्षामा होमिरहेछु भन्ने पनि लागेको थियो । यदि मेरो प्रयत्न सफल भयो र मैले थप जिम्मेवारीका लागि त्यो प्लेटफार्म प्राप्त गर्न सकेँ भने जिल्लाको हितका लागि मैले त्यसको कति उपयोग गर्न सकूँला रु मेरो अभ्यास कस्तो रहला रु एउटा परिक्षणको घडि उपस्थित हुने निश्चित थियो । मेरो राजनीतिप्रतिको निष्ठा, जिल्लाको विकास निर्माणप्रतिको भोक त्यहाँ प्रदर्शित हुनेवाला थियो ।
करिव ३५ वर्षे लामो जिल्लाको राजनैतिक भूमिकाबाट प्राप्त अनुभव र शिक्षालाई मैले नयाँ पाएको राजनैतिक जिम्मेवारीको ओदानमा कति रप्याउँन सक्थेँ, त्यो प्रश्नकै घेराभित्र रहने गरी मेरा नयाँ जिम्मेवारी प्राप्तिको प्रयत्न केवल प्रयत्नमै सिमित रहन पुग्यो । मलाई अपशोच त लागेन, पराजयको अवसाद पनि रहेन । तर ३५ र ३६ वर्ष अगाडि विध्यार्थी जीवनको काँचो(कचिलो र जिज्ञासु पथबाट एउटा जबर्जस्त नयाँ टर्निङ प्वाइन्ट लिए झैँ अब आएर ६ दशक वढीको उमेर वयमा प्रत्यक्ष राजनैतिक जीवनको लयबाट पुनस् कलमसँगको प्रत्यक्षतस् सान्निध्य सहयात्राको शुन्दर सिर्जनशिल जीवनपथमा फर्किनका लागि पुनः टर्निङ लिन मनका तन्तुहरुलाई आहट दिनु जरुरी भने सम्झेको छु। राजनैतिक संगठनका नाममा निर्धारित शेड्युलमा बाँधिएर करिव साढे तीन दशकको यात्राले प्यारो कलमसँगको सम्बन्ध धमिलिए पनि जीवन यात्राको नयाँ टर्निङ प्वाइन्टमा उहीँ प्यारो कलम आइपुगेको छ ढाडस दिन । शुरुमै भनेजस्तो करिव ३० र ३५ वर्षे प्रत्यक्षतस् राजनैतिक आरोह(अवरोहमा बटुलेका अनुभव र अनुभूतिहरु मेरा अमूल्य सम्पति हुन्, एउटा सर्जकका लागि सिर्जनाका अनमोल खजना हुन, कच्चा पदार्थका नसकिने पत्रहरु हुन। जीवन भोगाईका न्यून अनुभूतिहरुका वीच २५ र २६ वर्षे युवा लहडमा जवर्जस्त केही पुस्तकाकार कृति लेखनमा कलम दौडाउने मानिस मै थिएँ, अब यत्रा सिर्जनाका कच्चा पदार्थहरु मन(मानसमा पत्र पत्र संचित बसेको वेला प्राप्त फुर्सदिला क्षणहरुवीच ओैलामा त्यहीँ कलम नाँच्न उद्दत छ ।
त्यही कलमले मेरा लागि लेखिरहेछ यतिखेर-सबै मानिसहरुका सबै सपनाहरु कहाँ पूरा हुन्छन् र मित्र १ सपना देख्नु गल्ति होइन, बरु देख्न छाड्नु चहीँ कमजोरी हो । तर सपना भत्के पछि त्यही सपनाका रङ्गहरु पोतेर काल्पनिक तस्विरहरु बनाइरहनु केवल क्यान्भाषको दुरुपयोग हो । यसकारण पृय मित्र बिष्णु आभूषण १ आउने दिनचर्याका लागि मनका अट्टालिकाहरुमा शोभायमान प्रकाशपुन्ज छरिने गरी नयाँ सपनाका रङ्गहरु जुटाएर मौलिक तस्विरको सिर्जना गर न । यसरी पुनः सहारा बन्न आइपुगेको छ कलम । चिया या कफीको चुस्की लिदै आउटडेटेड गफ जोतेर मात्रै नयाँ दिनचर्याको प्रितम शेड्युल बन्दैन-चेतावनी बोल्छ प्यारो कलम । अह्राउँछ मेरो कलमले-युगिन पूस्तकका पानाहरुमा आँखा दौडाउन र साउती मार्छ कानमा-तिम्रा औँलाका वीचमा रहेर मनका अनगिन्ति भँगालाहरु समेट्दै नयाँ लय र गति दिन आवाज पोख्ने शव्द(श्रंखला जोरजाम गर्न आतुर छु । यसो भन्छ प्यारो कलम । अनि कलमलाई औँलाको कापमा राखेर आफैँलाई प्रश्न गर्छु-के अब मेरो जीवन यात्रामा अर्को नयाँ टर्निङ प्वाइन्ट आएकै हो त ?
# बिष्णु आभूषण



