Skip to main content

Khotang Khabar

सुनिल श्रेष्ठ

सुनिल श्रेष्ठ

95 Posts
चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनका लागि खोटाङमा सात बुँदे सहमति

चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनका लागि खोटाङमा सात बुँदे सहमति

  २० असोज, खोटाङ - नजिकिँदै गरेको दशैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन खोटाङका सरोकारवाला निकायले सुरक्षा तथा सेवा प्रवाहमा कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला सुरक्षा समिति खोटाङको आयोजनामा सोमबार दिक्तेलमा भएको सर्वदलीय तथा सर्वपक्षीय भेलाले चाडपर्व लक्षित सुरक्षा, यातायात, बजार तथा उपभोक्ता सेवासँग सम्बन्धित सात बुँदे प्रतिबद्धता गरेको हो। चाडपर्वका समयमा मानिसको आवतजावत तथा बजारमा चहलपहल बढ्ने र सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना, आपराधिक गतिविधि तथा उपभोक्तासँग सम्बन्धित समस्या न्यूनीकरण गर्न सरोकारवाला निकायलाई आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरिएको छ। भेलामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, राजनीतिक दल, उद्योगी–व्यवसायी,…
Read More
खोटाङमा स्वर्णविन्दु प्राशनको दोस्रो चरण सम्पन्न, ३ सयभन्दा बढी बालबालिका सहभागी

खोटाङमा स्वर्णविन्दु प्राशनको दोस्रो चरण सम्पन्न, ३ सयभन्दा बढी बालबालिका सहभागी

  १९ असोज खोटाङ । बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रमको दोस्रो चरण सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा एक वर्षदेखि पाँच वर्षसम्म उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको हो । दोस्रो चरणअन्तर्गत आज सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका ३ सय ३५ जना बालबालिका सहभागी भएका छन्। बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने, स्मरणशक्ति बढाउने तथा रोगसँग लड्ने क्षमता अर्थात् रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ। कार्यक्रममा…
Read More
पाँच पुस्तालाई एउटै यात्रामा जोड्ने कांग्रेसको योजना, युवा र अनुभवी पुस्ताका लागि छुट्टाछुट्टै काउन्सिल

पाँच पुस्तालाई एउटै यात्रामा जोड्ने कांग्रेसको योजना, युवा र अनुभवी पुस्ताका लागि छुट्टाछुट्टै काउन्सिल

  १९ असोज, खोटाङ । नेपाली कांग्रेसले पार्टीभित्र विभिन्न पुस्ताका नेता तथा कार्यकर्ताबीच समन्वय र अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले दुई छुट्टाछुट्टै काउन्सिल स्थापना गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा नयाँ पुस्ता र अनुभवी पुस्तालाई पार्टीको मूलधारसँग जोड्ने योजना समेटिएको हो। प्रस्तावअनुसार १८ वर्ष पूरा भएका तर २१ वर्ष नपुगेका युवालाई समेटेर ‘युथ काउन्सिल’ निर्माण गरिनेछ। नयाँ पुस्ताको विचार, आवश्यकता, अनुभव तथा भविष्यप्रतिको अपेक्षालाई पार्टी नेतृत्वसम्म पुर्‍याउने माध्यमका रूपमा यो काउन्सिललाई अघि बढाउने प्रस्ताव गरिएको छ। यसैगरी, लामो राजनीतिक अनुभव र ज्ञान भएका व्यक्तिहरूबाट सुझाव तथा मार्गदर्शन लिन…
Read More
लामो राजनीतिक यात्रालाई आधार बनाउँदै खोटाङबाट कांग्रेस केन्द्रीय सदस्यमा विष्णु कुमार राईको दाबी

लामो राजनीतिक यात्रालाई आधार बनाउँदै खोटाङबाट कांग्रेस केन्द्रीय सदस्यमा विष्णु कुमार राईको दाबी

  १९ असोज खोटाङ । नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णु कुमार राईले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्य पदका लागि राईले उम्मेदवारी दिनुभएको हो। हालै सम्पन्न नेपाली कांग्रेस खोटाङको अधिवेशनबाट खुलातर्फ ७ सय ७६ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित राईले आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्रालाई उम्मेदवारीको प्रमुख आधार बनाउनुभएको छ। जिल्लामा पार्टी संगठन विस्तार, विभिन्न राजनीतिक गतिविधि सञ्चालन तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको अनुभवलाई उहाँले केन्द्रीय सदस्य पदको दाबीसँग जोड्नुभएको छ। राईको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि सुरु भएको हो। वि.सं. २०३६ सालको जनमत…
Read More
कांग्रेस महाधिवेशनको दोस्रो दिन आज, बन्द सत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्दै

कांग्रेस महाधिवेशनको दोस्रो दिन आज, बन्द सत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्दै

  १९ असोज खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र आयोजना हुँदैछ। काठमाडौँमा आइतबार उद्घाटन भएको महाधिवेशनअन्तर्गत आज पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया पनि अघि बढाइने भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आज बिहान ९ बजेबाट बन्द सत्र सुरु हुनेछ। बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। यसैगरी, महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसम्बन्धी तयारीसमेत आजैबाट अगाडि बढ्नेछ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साँझदेखि निर्वाचन प्रक्रियाका प्रारम्भिक काम सुरु गरिनेछ। महाधिवेशनको दोस्रो दिन…
Read More
नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव जोड्दै कांग्रेस अघि बढ्ने

नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव जोड्दै कांग्रेस अघि बढ्ने

  १८ असोज खोटाङ। नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीको १५औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई साथै लिएर कांग्रेस अघि बढ्ने बताउनुभयो। बीपी र गणेशमानले स्थापना गरेको राजनीतिक मूल्यलाई निरन्तरता दिइरहेको भन्दै सभापति थापाले अहिले कांग्रेसको आत्मा त्यही भएको र पार्टीमा अब काम गर्ने शैली परिवर्तन हुने बताउनुभयो। आफूहरूको शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार, संस्कृति बदल्नुपर्ने उहाँको भनाइ छ। सभापति थापाले प्रधानमन्त्रीको कुर्सीका लागि हुने राजनीतिक दौड र त्यसले नागरिकमा बढाएको राजनीतिक वितृष्णाप्रति प्रश्न उठाउनुभयो। राजनीतिप्रति एकातिर…
Read More
व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणमा योगदान गर्नेहरूको संघर्षबाट कांग्रेस स्थापित भएको हो-आरेन राई

व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणमा योगदान गर्नेहरूको संघर्षबाट कांग्रेस स्थापित भएको हो-आरेन राई

  १८ असोज खोटाङ। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस लामो राजनीतिक संघर्ष, त्याग र योगदानको जगमा स्थापित भएको पार्टी रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसको इतिहास लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनसँग जोडिएको उल्लेख गरे। महासचिव राईले नेपाली कांग्रेसको राजनीतिक यात्रा केवल प्रचार वा चर्चाका आधारमा अघि बढेको नभई नेता तथा कार्यकर्ताको निरन्तर संघर्ष र बलिदानबाट निर्माण भएको धारणा व्यक्त गरे। कांग्रेसको इतिहास अध्ययन गर्दा पार्टी निर्माणमा धेरै व्यक्तिले आफ्ना व्यक्तिगत चाहना र महत्वाकांक्षाभन्दा राष्ट्रको हितलाई प्राथमिकता दिएको उनले बताए। उनका अनुसार कांग्रेसको इतिहासमा व्यक्तिगत जीवनका धेरै सपना र…
Read More
चाडपर्वमा यात्रुको चाप व्यवस्थापन गर्न खोटाङका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वमा यात्रुको चाप व्यवस्थापन गर्न खोटाङका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

  १७ असोज । खोटाङमा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवतजावतका लागि दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा जिल्ला भित्रिने तथा बाहिरिने यात्रुको संख्या बढ्ने र सार्वजनिक यातायातमा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दिक्तेलबजार र जिल्लाको प्रमुख प्रवेश नाका जयरामघाटमा सहायता कक्ष स्थापना गरेको हो। चाडपर्व अवधिभर यी सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउने, सार्वजनिक यातायातमा देखिने समस्या तथा गुनासो सुन्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। दसैँ, तिहार र छठजस्ता ठूला पर्वको…
Read More
हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेबाट एक महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेबाट एक महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

  १६ असोज। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० आर्खौले दुकसिलीकी ७६ वर्षीया चन्द्र लक्ष्मी राई यहि असोज १० गतेदेखि सम्पर्कविहीन हुनुभएको छ। घरबाट बाहिरिनुभएकी राई आफन्त तथा भदै-भदैनीको घरमा भेटघाट गरेपछि घर फर्किने क्रममा सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ। छोरा रमेश राईका अनुसार चन्द्र लक्ष्मी राई घरबाट निस्किएपछि आफन्तको घरमा पुग्नुभएको थियो। त्यहाँ भेटघाट गरेपछि घर फर्किने क्रममा उहाँसँग सम्पर्क टुटेको हो। घर फर्किनुपर्ने समयमा पनि नआएपछि परिवारले आफन्त तथा चिनजानका व्यक्तिहरूसँग सोधपुछ गर्दै खोजी सुरु गरेको जनाएको छ। परिवारका सदस्य तथा आफन्तले उहाँ जान सक्ने सम्भावित स्थान, आफन्तका घर तथा आसपासका क्षेत्रमा खोजी गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन…
Read More
सुनचाँदीको भाउ निरन्तर उकालोमा

सुनचाँदीको भाउ निरन्तर उकालोमा

  १६ असोज खोटाङ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज   छापावाल  सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ।   बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।
Read More