Skip to main content

Khotang Khabar

व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणमा योगदान गर्नेहरूको संघर्षबाट कांग्रेस स्थापित भएको हो-आरेन राई

Advertisement

 

१८ असोज खोटाङ। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस लामो राजनीतिक संघर्ष, त्याग र योगदानको जगमा स्थापित भएको पार्टी रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसको इतिहास लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनसँग जोडिएको उल्लेख गरे। महासचिव राईले नेपाली कांग्रेसको राजनीतिक यात्रा केवल प्रचार वा चर्चाका आधारमा अघि बढेको नभई नेता तथा कार्यकर्ताको निरन्तर संघर्ष र बलिदानबाट निर्माण भएको धारणा व्यक्त गरे। कांग्रेसको इतिहास अध्ययन गर्दा पार्टी निर्माणमा धेरै व्यक्तिले आफ्ना व्यक्तिगत चाहना र महत्वाकांक्षाभन्दा राष्ट्रको हितलाई प्राथमिकता दिएको उनले बताए।

उनका अनुसार कांग्रेसको इतिहासमा व्यक्तिगत जीवनका धेरै सपना र चाहना त्यागेर देश निर्माण तथा राजनीतिक परिवर्तनका लागि योगदान गर्ने नेताकार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको छ। त्यही त्याग र संघर्षले कांग्रेसलाई लामो समयदेखि नेपालको राजनीतिमा स्थापित बनाएको राईको भनाइ थियो।राईले कांग्रेसले अबको राजनीतिक यात्रामा सत्तामा कति लामो समय बस्ने भन्नेभन्दा पनि जनताको हितमा के-कति काम गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिए। जनताको अपेक्षा र आवश्यकता सम्बोधन गर्ने गरी काम गर्न सके मात्रै राजनीतिक दलप्रतिको विश्वास थप बलियो हुने उनको भनाइ थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *