Skip to main content

Khotang Khabar

नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव जोड्दै कांग्रेस अघि बढ्ने

Advertisement

 

१८ असोज खोटाङ। नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीको १५औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई साथै लिएर कांग्रेस अघि बढ्ने बताउनुभयो। बीपी र गणेशमानले स्थापना गरेको राजनीतिक मूल्यलाई निरन्तरता दिइरहेको भन्दै सभापति थापाले अहिले कांग्रेसको आत्मा त्यही भएको र पार्टीमा अब काम गर्ने शैली परिवर्तन हुने बताउनुभयो। आफूहरूको शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार, संस्कृति बदल्नुपर्ने उहाँको भनाइ छ।

सभापति थापाले प्रधानमन्त्रीको कुर्सीका लागि हुने राजनीतिक दौड र त्यसले नागरिकमा बढाएको राजनीतिक वितृष्णाप्रति प्रश्न उठाउनुभयो। राजनीतिप्रति एकातिर चरम वितृष्णा र अर्कोतिर समाजमा बढ्दो अतिराजनीतिकरण एकसाथ देखिएकाका कारण नै गएको वर्षको भदौ २३ र २४ को विस्फोट भएको उहाँले बताउनुभयो । यद्यपि २३ गतेको दमन र २४ गतेको आपराधिक घटना दुवै गलत भएको उहाँको भनाइ छ। थापाले संसद‍्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थिति हुनुपर्ने भन्दै अहिले संसद् खुला नभएको टिप्पणी गर्नुभयो । संसद् खुला र जवाफदेही हुनुपर्ने थापाको भनाइ छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *