Skip to main content

Khotang Khabar

कांग्रेस महाधिवेशनको दोस्रो दिन आज, बन्द सत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्दै

Advertisement

 

१९ असोज खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र आयोजना हुँदैछ। काठमाडौँमा आइतबार उद्घाटन भएको महाधिवेशनअन्तर्गत आज पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया पनि अघि बढाइने भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आज बिहान ९ बजेबाट बन्द सत्र सुरु हुनेछ। बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी, महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसम्बन्धी तयारीसमेत आजैबाट अगाडि बढ्नेछ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साँझदेखि निर्वाचन प्रक्रियाका प्रारम्भिक काम सुरु गरिनेछ। महाधिवेशनको दोस्रो दिन बन्द सत्रका गतिविधिसँगै कांग्रेसको आगामी नेतृत्व र केन्द्रीय कार्यसमितिमा चयन हुने पदाधिकारी तथा सदस्यका विषयमा पनि चासो बढेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *