१९ असोज, खोटाङ । नेपाली कांग्रेसले पार्टीभित्र विभिन्न पुस्ताका नेता तथा कार्यकर्ताबीच समन्वय र अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले दुई छुट्टाछुट्टै काउन्सिल स्थापना गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा नयाँ पुस्ता र अनुभवी पुस्तालाई पार्टीको मूलधारसँग जोड्ने योजना समेटिएको हो। प्रस्तावअनुसार १८ वर्ष पूरा भएका तर २१ वर्ष नपुगेका युवालाई समेटेर ‘युथ काउन्सिल’ निर्माण गरिनेछ। नयाँ पुस्ताको विचार, आवश्यकता, अनुभव तथा भविष्यप्रतिको अपेक्षालाई पार्टी नेतृत्वसम्म पुर्याउने माध्यमका रूपमा यो काउन्सिललाई अघि बढाउने प्रस्ताव गरिएको छ। यसैगरी, लामो राजनीतिक अनुभव र ज्ञान भएका व्यक्तिहरूबाट सुझाव तथा मार्गदर्शन लिन…
१९ असोज खोटाङ । नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णु कुमार राईले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्य पदका लागि राईले उम्मेदवारी दिनुभएको हो। हालै सम्पन्न नेपाली कांग्रेस खोटाङको अधिवेशनबाट खुलातर्फ ७ सय ७६ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित राईले आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्रालाई उम्मेदवारीको प्रमुख आधार बनाउनुभएको छ। जिल्लामा पार्टी संगठन विस्तार, विभिन्न राजनीतिक गतिविधि सञ्चालन तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको अनुभवलाई उहाँले केन्द्रीय सदस्य पदको दाबीसँग जोड्नुभएको छ। राईको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि सुरु भएको हो। वि.सं. २०३६ सालको जनमत…
१९ असोज खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र आयोजना हुँदैछ। काठमाडौँमा आइतबार उद्घाटन भएको महाधिवेशनअन्तर्गत आज पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया पनि अघि बढाइने भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आज बिहान ९ बजेबाट बन्द सत्र सुरु हुनेछ। बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। यसैगरी, महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसम्बन्धी तयारीसमेत आजैबाट अगाडि बढ्नेछ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साँझदेखि निर्वाचन प्रक्रियाका प्रारम्भिक काम सुरु गरिनेछ। महाधिवेशनको दोस्रो दिन…
१८ असोज खोटाङ। नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीको १५औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई साथै लिएर कांग्रेस अघि बढ्ने बताउनुभयो। बीपी र गणेशमानले स्थापना गरेको राजनीतिक मूल्यलाई निरन्तरता दिइरहेको भन्दै सभापति थापाले अहिले कांग्रेसको आत्मा त्यही भएको र पार्टीमा अब काम गर्ने शैली परिवर्तन हुने बताउनुभयो। आफूहरूको शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार, संस्कृति बदल्नुपर्ने उहाँको भनाइ छ। सभापति थापाले प्रधानमन्त्रीको कुर्सीका लागि हुने राजनीतिक दौड र त्यसले नागरिकमा बढाएको राजनीतिक वितृष्णाप्रति प्रश्न उठाउनुभयो। राजनीतिप्रति एकातिर…
१८ असोज खोटाङ। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस लामो राजनीतिक संघर्ष, त्याग र योगदानको जगमा स्थापित भएको पार्टी रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसको इतिहास लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनसँग जोडिएको उल्लेख गरे। महासचिव राईले नेपाली कांग्रेसको राजनीतिक यात्रा केवल प्रचार वा चर्चाका आधारमा अघि बढेको नभई नेता तथा कार्यकर्ताको निरन्तर संघर्ष र बलिदानबाट निर्माण भएको धारणा व्यक्त गरे। कांग्रेसको इतिहास अध्ययन गर्दा पार्टी निर्माणमा धेरै व्यक्तिले आफ्ना व्यक्तिगत चाहना र महत्वाकांक्षाभन्दा राष्ट्रको हितलाई प्राथमिकता दिएको उनले बताए। उनका अनुसार कांग्रेसको इतिहासमा व्यक्तिगत जीवनका धेरै सपना र…
१७ असोज । खोटाङमा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवतजावतका लागि दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा जिल्ला भित्रिने तथा बाहिरिने यात्रुको संख्या बढ्ने र सार्वजनिक यातायातमा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दिक्तेलबजार र जिल्लाको प्रमुख प्रवेश नाका जयरामघाटमा सहायता कक्ष स्थापना गरेको हो। चाडपर्व अवधिभर यी सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउने, सार्वजनिक यातायातमा देखिने समस्या तथा गुनासो सुन्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। दसैँ, तिहार र छठजस्ता ठूला पर्वको…
१६ असोज। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० आर्खौले दुकसिलीकी ७६ वर्षीया चन्द्र लक्ष्मी राई यहि असोज १० गतेदेखि सम्पर्कविहीन हुनुभएको छ। घरबाट बाहिरिनुभएकी राई आफन्त तथा भदै-भदैनीको घरमा भेटघाट गरेपछि घर फर्किने क्रममा सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ। छोरा रमेश राईका अनुसार चन्द्र लक्ष्मी राई घरबाट निस्किएपछि आफन्तको घरमा पुग्नुभएको थियो। त्यहाँ भेटघाट गरेपछि घर फर्किने क्रममा उहाँसँग सम्पर्क टुटेको हो। घर फर्किनुपर्ने समयमा पनि नआएपछि परिवारले आफन्त तथा चिनजानका व्यक्तिहरूसँग सोधपुछ गर्दै खोजी सुरु गरेको जनाएको छ। परिवारका सदस्य तथा आफन्तले उहाँ जान सक्ने सम्भावित स्थान, आफन्तका घर तथा आसपासका क्षेत्रमा खोजी गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन…
१६ असोज खोटाङ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।
१५ असोज खोटाङ । चाडपर्व नजिकिँदै गर्दा खोटाङको हलेसी क्षेत्रमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ उद्योग वाणिज्य संघलगायतका निकायको संयुक्त टोलीले विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। संयुक्त बजार अनुगमन टोलीले असोज १३ गते हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर ५ दुर्छिम, वडा नम्बर ७ हलेसी बजार र वडा नम्बर १० अर्खौले बजार क्षेत्रमा रहेका किराना पसल तथा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ। यसक्रममा २२ वटा किराना पसलमा पुगेर अखाद्यवस्तु तथा चिसो पेय पदार्थको म्याद, मूल्य, लेबल, गुणस्तर तथा बिक्रीका लागि…
१४ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अति विपन्न नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षा जीवन निर्वाह भत्ता वितरणको प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले भत्ताका लागि ६१८ घरधुरीलाई प्रारम्भिक लाभग्राहीको सूचीमा समावेश गरेको छ। आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार गाउँपालिकाले नियमित आयस्रोत तथा रोजगारीको अवसर नभएका अति विपन्न परिवारलाई लक्षित गरी लाभग्राही छनोट गरेको हो। वडा कार्यालयमार्फत प्राप्त भएका आवेदनमाथि छानबिन समितिले प्रारम्भिक अध्ययन तथा जाँचबुझ गरेपछि गाउँपालिकाभरबाट ६१८ घरधुरीका आवेदक प्रारम्भिक लाभग्राहीका रूपमा छनोट भएका हुन्। गाउँपालिकाले ‘अति विपन्न नागरिक सामाजिक सुरक्षा जीवन निर्वाह भत्ता वितरण कार्यविधि, २०८३अनुसार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको…
