६ कार्तिक खोटाङ । दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ। खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार अस्ति विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५…
४ कार्तिक खोटाङ। दशैँ भन्नासाथ परिवारसँगको भेटघाट, माइतीघरको आत्मीयता र आफन्तसँग खुसी साटासाट गर्ने क्षण सम्झना आउँछ। तर, आर्थिक अभाव र यातायातको असहजताका कारण चाहना हुँदाहुँदै पनि माइतीघर पुग्न नसक्ने चेलीहरूका लागि खोटाङमा सञ्चालन गरिएको ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सहयोगी बनेको छ। अभियानको दोस्रो दिन आज विजयादशमीको अवसरमा २४ वटा मोटरसाइकल परिचालन गरी ११० जनालाई निःशुल्क यातायात सेवा प्रदान गरिएको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने र ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सहज नहुने अवस्थालाई मध्यनजर गर्दै युवाहरूले सञ्चालन गरेको अभियानले चेलीहरूलाई माइतीघर तथा आफन्तको घरसम्म पुग्न सहज बनाएको हो। विजयादशमीका दिन २४ जना राइडर स्वयंसेवकका रूपमा खटिएर यात्रुलाई गन्तव्यसम्म पुर्याउन…
३ कार्तिक खोटाङ। दशैँमा माइतीघर पुगेर परिवारसँग खुसी साटासाट गर्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभाव र यातायातको असुविधाका कारण समस्यामा परेका चेलीहरूलाई लक्षित गर्दै खोटाङ जिल्लामा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सुरु गरिएको छ। खोटाङ जिल्लामा क्रियाशील युवाहरूको समूहले सञ्चालन गरेको उक्त अभियानअन्तर्गत आज कात्तिक ३ गतेदेखि चेलीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्न थालिएको हो। अभियान सुरु भएको पहिलो दिनमै ५० जनाभन्दा बढीले निःशुल्क यातायात सेवाबाट लाभ लिएका छन्। दशैँ मनाउन माइतीघर जाने तथा दशैँपछि पुनः आफ्नो कर्मघर फर्किने चेलीहरूलाई सहज यात्रा गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको अभियानको सचिवालय प्रमुख निराजन ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार आज दिप्रुङचुइचुम्मा गाउँपालिका,…
३ कार्तिक खोटाङ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आइतबार र सोमबार दुई दिन महाअष्टमी परेकोले आज महानवमी मनाइन लागिएको हो। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबली नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा…
२ कात्तिक खोटाङ । नेपालीहरूको महान् चाड बडादशैँमा अधिकांश घरपरिवारमा मासुका परिकार बढी खाने चलन छ। चाडपर्वका बेला छाकैपिच्छे मासु खाने तर सागसब्जी, फलफूल तथा अन्य रेसायुक्त खानेकुरा कम खाने बानील कब्जियतलगायतका पाचनसम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। दशैँमा परिवार, आफन्त र इष्टमित्रसँग बसेर विभिन्न परिकार खाने, मीठोमसिनो पकाउने तथा रमाइलो गर्ने परम्परा रहे पनि खानपानमा सन्तुलन नमिलाउँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। विशेषगरी अत्यधिक मासु, चिल्लो तथा बोसोयुक्त परिकार, मिठाई र मदिराको सेवन गर्ने तथा पेट भरिएपछि पनि जबर्जस्ती खाने बानीले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । जिल्ला…
१ कात्तिक, खोटाङ । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्। स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्। प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई…
१ कात्तिक, खोटाङ । बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी…
२७ असोज खोटाङ। सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडास्तरमै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। दशैंको अवसर पारेर सुरु गरिएको शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, न्यानो सिरक प्रदान तथा स्वास्थ्य परीक्षण र उपचार सेवा एकैसाथ उपलब्ध गराउन थालिएको हो। गाउँपालिकाले नागरिकलाई सरकारी सेवा लिन टाढा धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्यसहित सोमबारदेखि अभियान सञ्चालनमा ल्याएको हो। विशेषगरी उमेरका कारण हिँडडुल गर्न कठिनाइ हुने ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्ति तथा सामाजिक सुरक्षा भत्तामा आश्रित लाभग्राहीलाई लक्षित गरेर वडामै सेवा पु¥याइएको गाउँपालिकाले जनाएको…
२३ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा नागरिक संवादका लागि ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सम्पन्न भएको छ। लागुऔषध दुव्र्यसन नियन्त्रण, नागरिकमा जनचेतना अभिवृद्धि तथा स्थानीय तहमा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो। कार्यक्रममा लागुऔषधको बढ्दो प्रयोगले व्यक्ति, परिवार, समाज तथा राष्ट्रमा पार्न सक्ने नकारात्मक असरबारे नागरिकलाई सचेत गराउने विषयमा जोड दिइएको थियो। विशेषगरी युवा तथा विद्यार्थीलाई लागुऔषधको कुलतबाट जोगाउन परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।लागुऔषध दुव्र्यसनले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्नुका…
२३ असोज। १५२औँ विश्व हुलाक दिवस खोटाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय खोटाङले जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै सेवा निवृत्त कर्मचारीलाई सम्मान र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ। दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङमा उपचाररत १३ जना बिरामीलाई केरा र स्याउ वितरण गरिएको जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भु तामाङले जानकारी दिनुभयो। बिरामीको स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवाको भावनासहित फलफूल वितरण गरिएको उहाँले बताउनुभयो। त्यस्तै, कार्यालयमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त भएका कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ। कार्यालयमा कार्यरत रहँदा पु¥याएको योगदानको कदर…
