Skip to main content

Khotang Khabar

Breaking News 1

दिप्रुङका ज्येष्ठ नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा

दिप्रुङका ज्येष्ठ नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा

  २७ असोज खोटाङ। सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडास्तरमै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। दशैंको अवसर पारेर सुरु गरिएको शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, न्यानो सिरक प्रदान तथा स्वास्थ्य परीक्षण र उपचार सेवा एकैसाथ उपलब्ध गराउन थालिएको हो। गाउँपालिकाले नागरिकलाई सरकारी सेवा लिन टाढा धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्यसहित सोमबारदेखि अभियान सञ्चालनमा ल्याएको हो। विशेषगरी उमेरका कारण हिँडडुल गर्न कठिनाइ हुने ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्ति तथा सामाजिक सुरक्षा भत्तामा आश्रित लाभग्राहीलाई लक्षित गरेर वडामै सेवा पु¥याइएको गाउँपालिकाले जनाएको…
Read More
बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

  २५ असोज । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । अशोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । आज बिहान ११ बजेर ४७…
Read More
दिप्रुङ चुइचुम्मामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रमसँगै ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सम्पन्न

दिप्रुङ चुइचुम्मामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रमसँगै ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सम्पन्न

२३ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा नागरिक संवादका लागि ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सम्पन्न भएको छ। लागुऔषध दुव्र्यसन नियन्त्रण, नागरिकमा जनचेतना अभिवृद्धि तथा स्थानीय तहमा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो। कार्यक्रममा लागुऔषधको बढ्दो प्रयोगले व्यक्ति, परिवार, समाज तथा राष्ट्रमा पार्न सक्ने नकारात्मक असरबारे नागरिकलाई सचेत गराउने विषयमा जोड दिइएको थियो। विशेषगरी युवा तथा विद्यार्थीलाई लागुऔषधको कुलतबाट जोगाउन परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।लागुऔषध दुव्र्यसनले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्नुका…
Read More
चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनका लागि खोटाङमा सात बुँदे सहमति

चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनका लागि खोटाङमा सात बुँदे सहमति

  २० असोज, खोटाङ - नजिकिँदै गरेको दशैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन खोटाङका सरोकारवाला निकायले सुरक्षा तथा सेवा प्रवाहमा कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला सुरक्षा समिति खोटाङको आयोजनामा सोमबार दिक्तेलमा भएको सर्वदलीय तथा सर्वपक्षीय भेलाले चाडपर्व लक्षित सुरक्षा, यातायात, बजार तथा उपभोक्ता सेवासँग सम्बन्धित सात बुँदे प्रतिबद्धता गरेको हो। चाडपर्वका समयमा मानिसको आवतजावत तथा बजारमा चहलपहल बढ्ने र सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना, आपराधिक गतिविधि तथा उपभोक्तासँग सम्बन्धित समस्या न्यूनीकरण गर्न सरोकारवाला निकायलाई आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरिएको छ। भेलामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, राजनीतिक दल, उद्योगी–व्यवसायी,…
Read More
चाडपर्वमा यात्रुको चाप व्यवस्थापन गर्न खोटाङका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वमा यात्रुको चाप व्यवस्थापन गर्न खोटाङका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

  १७ असोज । खोटाङमा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवतजावतका लागि दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा जिल्ला भित्रिने तथा बाहिरिने यात्रुको संख्या बढ्ने र सार्वजनिक यातायातमा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दिक्तेलबजार र जिल्लाको प्रमुख प्रवेश नाका जयरामघाटमा सहायता कक्ष स्थापना गरेको हो। चाडपर्व अवधिभर यी सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउने, सार्वजनिक यातायातमा देखिने समस्या तथा गुनासो सुन्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। दसैँ, तिहार र छठजस्ता ठूला पर्वको…
Read More
चाडपर्व लक्षित हलेसी क्षेत्रमा बजार अनुगमन, म्याद नाघेका अखाद्यवस्तु तथा पेय पदार्थ नष्ट

चाडपर्व लक्षित हलेसी क्षेत्रमा बजार अनुगमन, म्याद नाघेका अखाद्यवस्तु तथा पेय पदार्थ नष्ट

१५ असोज खोटाङ । चाडपर्व नजिकिँदै गर्दा खोटाङको हलेसी क्षेत्रमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ उद्योग वाणिज्य संघलगायतका निकायको संयुक्त टोलीले विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। संयुक्त बजार अनुगमन टोलीले असोज १३ गते हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर ५ दुर्छिम, वडा नम्बर ७ हलेसी बजार र वडा नम्बर १० अर्खौले बजार क्षेत्रमा रहेका किराना पसल तथा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ। यसक्रममा २२ वटा किराना पसलमा पुगेर अखाद्यवस्तु तथा चिसो पेय पदार्थको म्याद, मूल्य, लेबल, गुणस्तर तथा बिक्रीका लागि…
Read More
जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राईसँग विशेष कुराकानी

जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राईसँग विशेष कुराकानी

११ असोज खोटाङ। जन्तेढुङ्गा गाउँपालिका खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये एकमहत्वपूर्ण स्थानीय तह हो। स्थानीय सरकार गठन भएपछि नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार ल्याउने, सडक तथा भौतिक पूर्वाधार निर्माण गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा गाउँपालिकाबाट प्रदान हुने सेवा–सुविधालाई नागरिकमैत्री बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ।  यही सन्दर्भमा जन्तेढुङ्गा गाउँपालिकाले हालसम्म गरेका काम, प्राप्त उपलब्धि, देखिएका चुनौती तथा आगामी योजनाका विषयमा गाउँपालिका अध्यक्ष अरुणादेवी राईसँग गरिएको कुराकानी। प्रश्न १. सबैभन्दा पहिले जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिलेसम्मको आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? मुख्य रूपमा के–के काम गर्नुभएको छ? अध्यक्ष…
Read More
नेपाल निर्माण व्यवसायी संघ खोटाङको अध्यक्षमा घिमिरे

नेपाल निर्माण व्यवसायी संघ खोटाङको अध्यक्षमा घिमिरे

 ११ असोज खोटाङ। नेपाल निर्माण व्यवसायी संघको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। दिक्तेलमा शनिबार सम्पन्न संघको छैटौँ जिल्ला अधिवेशन तथा १२ औँ साधारणसभाले घिमिरेलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो। यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहनुभएका घिमिरे नयाँ कार्यसमितिको अध्यक्षमा चयन हुनुभएको हो। २५ सदस्यीय जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश राई तथा उपाध्यक्षमा जोसेप रिजाल र जितेन राई चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा दीलचक्र राई, सचिवमा सुदिप दाहाल र सविन राई ‘विज्ञान’, कोषाध्यक्षमा दिवासन राई तथा सह–कोषाध्यक्षमा मैया आचार्य चयन हुनुभएको छ।जिल्ला सदस्यमा प्रविन आचार्य, भुवन आचार्य,…
Read More
आजदेखि सोह्रश्राद्ध सुरु, पितृकार्यका लागि तीर्थस्थलमा चहलपहल

आजदेखि सोह्रश्राद्ध सुरु, पितृकार्यका लागि तीर्थस्थलमा चहलपहल

११ असोज  खोटाङ । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ । -----------------------------------------------------------------------------------------------------------------------------------------
Read More
भोटेकोशी बाढीको वितण्डाः ५ हजार २८५ जना अझै बेपत्ता

भोटेकोशी बाढीको वितण्डाः ५ हजार २८५ जना अझै बेपत्ता

१० असोज खोटाङ। भोटेकोशी बाढीपछि अझै पाँच हजार २८५ जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ। उपचारका क्रममा दुई जनाको मत्यु भएको छ। हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ। बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। -----------------------------------------------------------------------------------------------------------------------------------------
Read More