१ कात्तिक, खोटाङ । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्। स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्। प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई…
१ कात्तिक, खोटाङ । बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी…
३१ असोज खोटाङ । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज नवरात्रको सातौँ दिन देशभर श्रद्धा, भक्तिभाव र धार्मिक विधिपूर्वक फूलपाती भित्र्याउने तथा नौ दुर्गामध्येकी सातौँ देवी कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने यस पर्वमा दसैँ घर तथा पूजा कोठामा कालरात्रि देवीको विधिपूर्वक पूजा गरी सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गरिन्छ। दसैँको सातौँ दिनलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ लिने गरिन्छ। आजका दिन घरघरमा जमरा राखिएको स्थानमा दुर्गा भवानीको पूजा आराधना गर्नुका साथै विभिन्न धार्मिक विधि पूरा गरी फूलपाती भित्र्याउने चलन छ। फूलपाती भित्र्याउने परम्पराले दसैँको उल्लासलाई थप बढाउने र घरपरिवारमा…
३० असोज खोटाङ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खोटाङ जिल्ला क्रिकेट संघले जिल्लास्तरीय क्रिकेट खेलाडी छनोट गरेको छ। राष्ट्रिय स्तरको प्रतियोगितामा खोटाङ जिल्लाको प्रतिनिधित्व गराउने उद्देश्यले संघले खेलाडी छनोट प्रक्रिया अघि बढाएको हो। छनोट प्रक्रियाबाट बबिन कटुवालको कप्तानीमा १४ सदस्यीय क्रिकेट टोली तयार गरिएको छ। टोलीमा एल्सन आचार्य, पुजन बस्नेत, अंकित पाण्डे, प्रज्वल आचार्य, सलोन परियार, सन्दिप परियार, विजय राई, पवन भट्टराई, योगेश बीके, नरेश बिष्ट, युवराज फुयाल, सन्देश श्रेष्ठ र विवेक बुढाथोकी रहेका छन्। टोलीमा पवन भट्टराईलाई विकेटकिपरको जिम्मेवारी दिइएको छ। त्यस्तै, टोलीको प्रशिक्षकमा रुपन राई र व्यवस्थापकमा सुबोध आचार्य रहेका छन्। खेलाडी छनोटसँगै टोलीले आगामी…
३० असोज खोटाङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । विभिन्न क्लस्टरका आधारमा २३१ जना निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधिहरूले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए । सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति बनेको छ । यसपटक विधानमा व्यापक संशोधन गर्दै पदाधिकारी र केन्द्रीय…
२७ असोज खोटाङ। सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडास्तरमै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। दशैंको अवसर पारेर सुरु गरिएको शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, न्यानो सिरक प्रदान तथा स्वास्थ्य परीक्षण र उपचार सेवा एकैसाथ उपलब्ध गराउन थालिएको हो। गाउँपालिकाले नागरिकलाई सरकारी सेवा लिन टाढा धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्यसहित सोमबारदेखि अभियान सञ्चालनमा ल्याएको हो। विशेषगरी उमेरका कारण हिँडडुल गर्न कठिनाइ हुने ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्ति तथा सामाजिक सुरक्षा भत्तामा आश्रित लाभग्राहीलाई लक्षित गरेर वडामै सेवा पु¥याइएको गाउँपालिकाले जनाएको…
२५ असोज । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । अशोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । आज बिहान ११ बजेर ४७…
२३ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा नागरिक संवादका लागि ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सम्पन्न भएको छ। लागुऔषध दुव्र्यसन नियन्त्रण, नागरिकमा जनचेतना अभिवृद्धि तथा स्थानीय तहमा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो। कार्यक्रममा लागुऔषधको बढ्दो प्रयोगले व्यक्ति, परिवार, समाज तथा राष्ट्रमा पार्न सक्ने नकारात्मक असरबारे नागरिकलाई सचेत गराउने विषयमा जोड दिइएको थियो। विशेषगरी युवा तथा विद्यार्थीलाई लागुऔषधको कुलतबाट जोगाउन परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।लागुऔषध दुव्र्यसनले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्नुका…
२३ असोज। १५२औँ विश्व हुलाक दिवस खोटाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय खोटाङले जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै सेवा निवृत्त कर्मचारीलाई सम्मान र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ। दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङमा उपचाररत १३ जना बिरामीलाई केरा र स्याउ वितरण गरिएको जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भु तामाङले जानकारी दिनुभयो। बिरामीको स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवाको भावनासहित फलफूल वितरण गरिएको उहाँले बताउनुभयो। त्यस्तै, कार्यालयमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त भएका कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ। कार्यालयमा कार्यरत रहँदा पु¥याएको योगदानको कदर…
२० असोज । खोटाङको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दसैँलाई लक्षित गर्दै यही असोज २७ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा सञ्चालन गर्ने भएको छ। दसैँमा टीका तथा दक्षिणाका लागि सुकिला नोटको माग बढ्ने भएकाले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै बैंकले तीन दिनसम्म सटही सेवा उपलब्ध गराउन लागेको हो। राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखाका सूचना अधिकारी सुवाष पोखरेलका अनुसार असोज २७ गते मंगलबारदेखि सुरु हुने सुकिला नोट सटही सेवा असोज २९ गतेसम्म सञ्चालन हुनेछ। दसैँको समयमा विशेषगरी दक्षिणा दिनका लागि साना दरका सफा तथा सुकिला नोटको आवश्यकता बढी पर्ने भएकाले सर्वसाधारणलाई सहज रूपमा नोट उपलब्ध गराउने उद्देश्यले…
