Skip to main content

Khotang Khabar

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

३० भाद्र खोटाङको दिक्तेल बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न किराना पसल बाट म्याद नाघेका, उपभोगका लागि अनुपयुक्त तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ। उपभोक्ताको दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएका खाद्यवस्तुको गुणस्तर, म्याद, मूल्य, लेबल तथा भण्डारण अवस्थाको अनुगमन गर्ने उद्देश्यले आज भदौ ३० गते बजार अनुगमन गरिएको हो। अनुगमनका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित रत्नपार्कदेखि सिँचाइचोकसम्मका करिब २४ वटा किराना पसल तथा खाद्यवस्तु बिक्री केन्द्रको निरीक्षण गरिएको जनाइएको छ।अनुगमनका क्रममा पसल तथा बिक्री केन्द्रमा राखिएका खाद्यवस्तुको उत्पादन मिति, उपभोग्य मिति, लेबल, मूल्य,…
Read More
मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आगामी कात्तिकमा

मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आगामी कात्तिकमा

३० भाद्र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आयोजना हुने भएको छ। “वातावरण सफा राखौँ, पर्यावरणको संरक्षण गरौँ” तथा “खेलकुदको माध्यमबाट दिगो विकास अभियान” भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिता २०८३ साल कात्तिक ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको हो। मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानीस्थित सोक्मटार दूधकोशी किनारमा रहेको साविक गोल्डकप मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक व्याकुल माइला गोल्डकप मूल समारोह समिति-नयाँ नेपाल सरोकार समाजले जनाएको छ। यस वर्षको प्रतियोगितामा पुरुषतर्फको खुला फुटबलसँगै ‘रूपा स्मृति महिला फुटबल प्रतियोगिता’ समेत समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता ९ ए–साइड खुला फुटबलका रूपमा सञ्चालन हुनेछ भने खेलहरू अन्तर्राष्ट्रिय नियमअनुसार आधिकारिक निर्णायकमार्फत…
Read More
भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

२९भदौ खोटाङको ऐंसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि आर्थिक सहयोग गरेका छन्। गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएपछि उनीहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका विद्यार्थीहरूले रकम संकलन गरेका हुन्। बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ६ सय १७ जना विद्यार्थीबाट संकलन गरिएको २० हजार २ सय २० रुपैयाँ सोमबार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले जानकारी दिनुभयो। भोटेकोसीमा आएको बाढीबाट ठूलो क्षति भएपछि विपद्मा परेका नागरिकलाई सहयोग गर्न विद्यालय परिवारले पनि आफ्नो तर्फबाट योगदान गर्ने…
Read More
प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

२९ भदौ - खोटाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महेशकुमार गुरुङलाई खोटाङ गुरुङ समाजले सांस्कृतिक पहिचानसहित स्वागत तथा सम्मान गरेको छ। सोमबार आज जिल्ला प्रशासन कार्यालयमै पुगेर समाजका प्रतिनिधिहरूले गुरुङ समुदायको मौलिक संस्कृतिअनुसार प्रजिअ गुरुङलाई सम्मान तथा स्वागत गरेका हुन् । । सम्मानका क्रममा प्रजिअ गुरुङलाई भाङ्ग्रा तथा भेडाको ऊनबाट तयार पारिएको लुकुनी ओढाउनुका साथै गुरुङ समुदायको विशेष पहिरनका रूपमा प्रयोग हुने फेटा (पगरी) लगाएर स्वागत गरिएको थियो। खोटाङ जिल्लामा गुरुङ समुदायबाट पहिलोपटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा व्यक्ति आएको अवसरलाई समुदायले विशेष रूपमा लिएको खोटाङ गुरुङ समाजले जनाएको छ। समाजका प्रतिनिधिहरूले जिल्लामा कानूनको प्रभावकारी कार्यान्वयनसँगै नागरिकमैत्री प्रशासन सञ्चालन गर्न प्रजिअ गुरुङलाई…
Read More
भोटेकोसी बाढीपीडितको आवास निर्माणमा खोटाङको साथ, दिक्तेल रुपाकोट मझुवागढीले दुई हजार थान चित्रा पठाउने

भोटेकोसी बाढीपीडितको आवास निर्माणमा खोटाङको साथ, दिक्तेल रुपाकोट मझुवागढीले दुई हजार थान चित्रा पठाउने

२८ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीका कारण विस्थापित भएका परिवारका लागि अस्थायी आवास निर्माण गर्न करिब दुई हजार थान बाँसका चित्रा पठाउने तयारी गरेको छ। गत भदौ १० गते आएको भोटेकोसी बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै थुप्रै परिवार विस्थापित भएका थिए। बाढीका कारण घर तथा आवास गुमाएका परिवारका लागि तत्काल अस्थायी टहरा निर्माण गर्न आवश्यक सामग्री सहयोग गर्ने उद्देश्यले नगरपालिकाले चित्रा बुन्ने र पठाउने तयारी अघि बढाएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणका लागि सुरुमा बाँस उपलब्ध गराउने योजना बनाइएको भए पनि प्रभावित क्षेत्रमा बाँसको…
Read More
विकासमा जनसहभागिता- श्रमदानबाट खिदिमाको २ किलोमिटर गोरेटो बाटो मर्मत

विकासमा जनसहभागिता- श्रमदानबाट खिदिमाको २ किलोमिटर गोरेटो बाटो मर्मत

२७ भदौ, खोटाङको साकेला गाउँपालिका-३ खिदिमा स्थित किवा पुङमा टोलमा स्थानीयवासीको सक्रिय सहभागितामा श्रमदानमार्फत करिब दुई किलोमिटर गोरेटो बाटो मर्मत तथा सुधार गरिएको छ। किवा टोल सुधार समितिको आयोजनामा गरिएको श्रमदानमा स्थानीयवासीसहित विभिन्न स्थानका करिब ७६ जनाको सहभागिता रहेको थियो। समितिका अध्यक्ष जितेन्द्र राईको नेतृत्वमा भएको श्रमदानबाट किवाको देवीथानदेखि बाखोर भञ्ज्याङसम्मको करिब दुई किलोमिटर गोरेटो बाटो मर्मत तथा सुधार गरिएको हो।लामो समयदेखि नियमित मर्मतसम्भारको अभावमा बाटो जीर्ण बन्दै गएपछि स्थानीयवासीले सामूहिक रूपमा श्रमदान गरेर बाटो सुधार गर्ने अभियान सञ्चालन गरेका हुन्। श्रमदानका क्रममा बाटोमा उम्रिएका झाडी तथा झारपात हटाउने, भत्किएका तथा बिग्रिएका स्थानहरू मिलाउने र पैदल यात्राका लागि सहज बनाउनेलगायतका…
Read More
विपद्को कारण केपिलासगढीमा  तीज विशेष कार्यक्रम नहुने

विपद्को कारण केपिलासगढीमा तीज विशेष कार्यक्रम नहुने

२७ भदौ, खोटाङको केपिलासगढी गाउँपालिकाले यस वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुने विशेष कार्यक्रम नगर्ने निर्णय गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै देशमा पछिल्लो समय उत्पन्न भएको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम आयोजना नगर्ने जनाएको हो। गाउँपालिकाका अनुसार भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट अप्रत्याशित रूपमा आएको उच्च गतिको बाढी नेपालतर्फ प्रवेश गरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा अन्य प्राकृतिक विपद्का कारण सयौँ नागरिकको ज्यान गएको, हजारौँ मानिस बेपत्ता भएको तथा देशका विभिन्न स्थानमा भौतिक संरचनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा अहिले…
Read More
भोटेकोसी बाढीपीडितलाई दिक्तेल इङ्लिस स्कुलको २ लाख ३१ हजार सहयोग

भोटेकोसी बाढीपीडितलाई दिक्तेल इङ्लिस स्कुलको २ लाख ३१ हजार सहयोग

२६ भदौ,  भोटेकोसी बाढीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी–पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल परिवारले २ लाख ३१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकहरू कठिन परिस्थितिमा रहेका बेला राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले विद्यालयले शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरी सहयोग गरेको विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताउनुभएको छ। विद्यालयका अनुसार शिक्षक तथा कर्मचारीबाट ८० हजार ८ सय ४० रुपैयाँ, विद्यार्थीबाट ८३ हजार १ सय ४० रुपैयाँ तथा ‘पीडासँगै हिँडेका पाइलाहरू’ कार्यक्रममा उपस्थित अभिभावकहरूबाट ६७ हजार १ सय २० रुपैयाँ सङ्कलन…
Read More
‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर्दै दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल खोटाङले ‘पीडासँगै हिँडेका पाइलाहरू’ नामक विशेष कार्यक्रम गरेको छ। विद्यालयले आज बिहीबार आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक, भावनात्मक तथा देशभक्तिमूलक प्रस्तुति प्रस्तुत गर्दै विपद्का कारण पीडामा परेका नागरिकप्रति सहानुभूति व्यक्त गरेका हुन् । कार्यक्रमलाई भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति मात्र सीमित नराखी देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकप्रति समेत ऐक्यबद्धता जनाउने अवसरका रूपमा लिइएको विद्यालयले जनाएको छ।बाढी तथा प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र आफन्त गुमाएर कठिन परिस्थितिको…
Read More
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाभित्रका विभिन्न वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर हाल गाउँपालिका क्षेत्रभन्दा बाहिर अस्थायी रूपमा बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले काठमाडौं, सुनसरी र उदयपुरमा शिविर सञ्चालन गर्न लागेको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने लाभग्राहीलाई आफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने शिविरमा उपस्थित भएर नवीकरण गराउन अनुरोध गरेको छ।गाउँपालिकाको सूचनाअनुसार वडा कार्यालयसम्म पुगेर नवीकरण गर्न असहज हुने तथा रोजगारी, अध्ययन, पारिवारिक वा अन्य कारणले गाउँपालिका बाहिर अस्थायी…
Read More