Skip to main content

Khotang Khabar

मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आगामी कात्तिकमा

३० भाद्र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आयोजना हुने भएको छ। “वातावरण सफा राखौँ, पर्यावरणको संरक्षण गरौँ” तथा “खेलकुदको माध्यमबाट दिगो विकास अभियान” भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिता २०८३ साल कात्तिक ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको हो। मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानीस्थित सोक्मटार दूधकोशी किनारमा रहेको साविक गोल्डकप मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक व्याकुल माइला गोल्डकप मूल समारोह समिति-नयाँ नेपाल सरोकार समाजले जनाएको छ।
यस वर्षको प्रतियोगितामा पुरुषतर्फको खुला फुटबलसँगै ‘रूपा स्मृति महिला फुटबल प्रतियोगिता’ समेत समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता ९ ए–साइड खुला फुटबलका रूपमा सञ्चालन हुनेछ भने खेलहरू अन्तर्राष्ट्रिय नियमअनुसार आधिकारिक निर्णायकमार्फत खेलाइनेछन्।प्रतियोगितामा सहभागी हुन इच्छुक पुरुष तथा महिला फुटबल टिमले असोज १५ गतेदेखि कात्तिक ३ गतेसम्म टिम दर्ता गराउन सक्नेछन्। टिम दर्ता शुल्क १२ हजार ५ सय रुपैयाँ तोकिएको छ भने ५ हजार रुपैयाँ धरौटी रकमसमेत जम्मा गर्नुपर्नेछ।प्रतियोगिताको विजेताले रु ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै, उपविजेताले रु १ लाख ५० हजार रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने दुई टिमले प्रत्येक रु ४०/४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रत्येक टिमबाट मैदानमा ९ जना खेलाडीले खेल्नेछन्। त्यसबाहेक ६ जना अतिरिक्त खेलाडी, १ जना कोच र १ जना म्यानेजर गरी एक टिममा जम्मा १७ जना रहने व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य गरिएको छ। क्लब, संस्था वा समूह आधिकारिक हुनुपर्ने तथा खेलाडीले अनिवार्य रूपमा खेल पोशाक लगाउनुपर्नेछ। यस्तै, खेलाडीले प्रयोग गर्ने मोजा सबैको एउटै रङको हुनुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।यसैबीच, मानेभञ्ज्याङ गाउँपालिकाका ९ वटै वडाबाट एक–एक वटा क्लब वा संस्थालाई विशेष टिम दर्ताअन्तर्गत निःशुल्क सहभागी गराइने भएको छ। निःशुल्क दर्ताका लागि सम्बन्धित क्लब वा संस्थामा सहभागी सबै खेलाडी आफ्नै वडाका हुनुपर्नेछ। निःशुल्क दर्ताका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। साथै खेलाडीको नागरिकता, जन्मदर्ता वा परिचय खुल्ने अन्य आधिकारिक कागजातसमेत पेश गर्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका क्रममा नियम उल्लङ्घन गर्ने क्लब वा संस्थामाथि आवश्यक कारबाही गरिनेछ। खेलाडीबीच कुनै प्रकारको विवाद वा झगडा उत्पन्न भएमा आयोजक तथा आधिकारिक निर्णायकको निर्णय नै अन्तिम हुने आयोजकले स्पष्ट पारेको छ। कार्डसम्बन्धी व्यवस्थाअनुसार रातो कार्डका लागि २ हजार रुपैयाँ तथा पहेँलो कार्डका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ।यस्तै, प्रतियोगिताको चिठ्ठा तान्ने तथा उठाउने कार्यक्रम कात्तिक ६ गते दिउँसो ३ बजे हुने भएको छ। उक्त कार्यक्रम नयाँ नेपाल सरोकार समाजको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको खानपान तथा बसोबासको व्यवस्था सम्बन्धित खेलाडी वा क्लब आफैँले गर्नुपर्नेछ। खेलका क्रममा खेलाडी घाइते भएमा सम्बन्धित क्लबबाट सामान्य प्राथमिक उपचारको व्यवस्था गरिनेछ भने त्यसपछिको उपचार तथा अन्य आवश्यक जिम्मेवारी सम्बन्धित क्लब वा संस्थाले नै व्यहोर्नुपर्नेछ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले खेलकुदका माध्यमबाट स्थानीय विकास, सामाजिक एकता, वातावरण संरक्षण तथा खेलाडीको प्रतिभा विकासमा योगदान पु¥याउने आयोजकको अपेक्षा छ। पुरुष तथा महिला दुवै विधालाई समेटिएको प्रतियोगिताले मानेभञ्ज्याङसहित ओखलढुङ्गा तथा आसपासका क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण पुरुष तथा महिला फुटबल टिमलाई तोकिएको समयभित्र टिम दर्ता गरी प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नआग्रह गरेको छ।

—————————————————————————————————————————————–व्याकुल माइला गोल्डकप मूल समारोह समिति -नयाँ नेपाल सरोकार समाज
सम्पर्क मोबाइल नम्बरहरू ९७६८७१६८२८ ९८५१२१९४४८ ९८६७७३६३६९ ९८६३८०८१०७

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आगामी कात्तिकमा

मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आगामी कात्तिकमा

३० भाद्र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आयोजना हुने भएको छ। “वातावरण सफा राखौँ, पर्या...
भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

२९भदौ खोटाङको ऐंसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा पीडित न...
प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

२९ भदौ - खोटाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महेशकुमार गुरुङलाई खोटाङ गुरुङ समाजले सांस्कृतिक पहिचानसहित स्वागत तथा सम्मान गरेक...
भोटेकोसी बाढीपीडितको आवास निर्माणमा खोटाङको साथ, दिक्तेल रुपाकोट मझुवागढीले दुई हजार थान चित्रा पठाउने

भोटेकोसी बाढीपीडितको आवास निर्माणमा खोटाङको साथ, दिक्तेल रुपाकोट मझुवागढीले दुई हजार थान चित्रा पठाउने

२८ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीका कारण विस्थापित भएका परिवारका लागि अस्थायी आ...