Skip to main content

Khotang Khabar

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

३० भाद्र खोटाङको दिक्तेल बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न किराना पसल बाट म्याद नाघेका, उपभोगका लागि अनुपयुक्त तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ।
उपभोक्ताको दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएका खाद्यवस्तुको गुणस्तर, म्याद, मूल्य, लेबल तथा भण्डारण अवस्थाको अनुगमन गर्ने उद्देश्यले आज भदौ ३० गते बजार अनुगमन गरिएको हो। अनुगमनका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित रत्नपार्कदेखि सिँचाइचोकसम्मका करिब २४ वटा किराना पसल तथा खाद्यवस्तु बिक्री केन्द्रको निरीक्षण गरिएको जनाइएको छ।अनुगमनका क्रममा पसल तथा बिक्री केन्द्रमा राखिएका खाद्यवस्तुको उत्पादन मिति, उपभोग्य मिति, लेबल, मूल्य, गुणस्तर र भण्डारण अवस्थालगायतका विषयमा निरीक्षण गरिएको थियो। सो क्रममा म्याद गुज्रिएका तथा उपभोग गर्न नमिल्ने अवस्थामा रहेका विभिन्न खाद्य सामग्री, चिसो पेय पदार्थ र दैनिक उपभोग्य वस्तुहरू फेला परेका हुन्।
बरामद गरिएका सामग्रीमा पोटेटो चिप्स, चिजबल, बिस्कुट, चकलेट, चाउचाउ, जुस, खुर्सानीको धुलो, बेसार, बिरेनुन, पापड, आटा, बेसन पिठो, चिया, ललीपप, टमाटर सस, पानीपुरी, चाइनिज रोल, थुक्पा लगायतका खाद्य सामग्री रहेका छन्। त्यस्तै डिउ, स्प्राइट, सेभेन अप, विभिन्न प्रकारका जुस तथा अन्य पेय पदार्थसमेत बरामद गरिएको विवरणमा उल्लेख छ।
                         

अनुगमनका क्रममा पोटेटो चिप्स ४७ प्याकेट, बेसन पिठो २२ पोका, बिस्कुट २५ झोला, पानीपुरी १३ पिस, चाइनिज रोल १८ पिस, चिजबल १० थान, करेन्ट खुर्सानी पाउडर ९ प्याकेट, खुर्सानी धुलो ९ प्याकेट, बिरेनुन ११ प्याकेट, करेन्ट पोटेटो १२ प्याकेट, टमाटर सस ५ बोतल तथा चिया ६ प्याकेट लगायतका सामग्री बरामद गरिएको जनाइएको छ। त्यसैगरी सलाइस ८ थान, मिक्स जुस १ पिस, हजमुला चकलेट १ बट्टा, डिउ जम्बु ३ थान, पापड ६ प्याकेट, सानो डिउ १ पिस, मेङ्गो जुस १ पिस, स्प्राइट १ पिस, रिङ ३ प्याकेट, ललीपप ५ प्याकेट, क्याप्पा डिउ १ कार्टुन, सेभेन अप डिउ १ कार्टुन, चोकोपन ३ बट्टा तथा मिक्स चकलेट १ बट्टा लगायतका सामग्रीसमेत फेला परेका थिए। अनुगमनबाट बरामद गरिएका सामग्रीको कुल मूल्य २५ हजार ९८३ रुपैयाँ बराबर रहेको जनाइएको छ। बरामद गरिएका सामग्रीको विवरण तयार गरी सम्बन्धित व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा ती सामग्री नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।म्याद नाघेका तथा उपभोग गर्न नमिल्ने खाद्य सामग्रीको सेवनबाट उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सदरमुकाम दिक्तेल बजारमा नियमित र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य सामग्री खरिद तथा बिक्री गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य, लेबल, गुणस्तर र भण्डारण अवस्था अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। उपभोक्तालाई पनि बजारबाट खाद्यवस्तु खरिद गर्दा प्याकेटमा उल्लेख भएको उत्पादन तथा उपभोग्य मिति, मूल्य र लेबल हेरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ।बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी प्रभात ढकाल, घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख भेषराज खत्री, जिल्ला प्रशासन कार्यालय खोटाङका नायब सुब्बा दिलबहादुर विक, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकृत नारायणप्रसाद खवास, खोटाङ उद्योग वाणिज्य संघका सचिव विनोद खड्का तथा प्रहरी हवल्दार खल विक्रम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। संयुक्त बजार अनुगमन टोलीले खोटाङको सदरमुकाम दिक्तेल बजारसहित जिल्लाका अन्य बजार क्षेत्रमा समेत अनुगमनलाई निरन्तरता दिने जनाएको छ। विशेषगरी म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने, मूल्यसूची नराख्ने, गुणस्तरहीन वस्तु बिक्री गर्ने तथा खाद्य सामग्रीको उचित भण्डारण नगर्ने व्यवसायीमाथि निगरानी बढाइने बताइएको छ।

—————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

३० भाद्र खोटाङको दिक्तेल बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा वि...
मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आगामी कात्तिकमा

मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आगामी कात्तिकमा

३० भाद्र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा व्याकुल माइला गोल्डकपको १०औँ संस्करण आयोजना हुने भएको छ। “वातावरण सफा राखौँ, पर्या...
भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

२९भदौ खोटाङको ऐंसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा पीडित न...
प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

२९ भदौ - खोटाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महेशकुमार गुरुङलाई खोटाङ गुरुङ समाजले सांस्कृतिक पहिचानसहित स्वागत तथा सम्मान गरेक...