Skip to main content

Khotang Khabar

विपद्को कारण केपिलासगढीमा तीज विशेष कार्यक्रम नहुने

२७ भदौ, खोटाङको केपिलासगढी गाउँपालिकाले यस वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुने विशेष कार्यक्रम नगर्ने निर्णय गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै देशमा पछिल्लो समय उत्पन्न भएको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम आयोजना नगर्ने जनाएको हो। गाउँपालिकाका अनुसार भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट अप्रत्याशित रूपमा आएको उच्च गतिको बाढी नेपालतर्फ प्रवेश गरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा अन्य प्राकृतिक विपद्का कारण सयौँ नागरिकको ज्यान गएको, हजारौँ मानिस बेपत्ता भएको तथा देशका विभिन्न स्थानमा भौतिक संरचनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा अहिले पनि खोजी, उद्धार, राहत तथा पुनःस्थापनाको काम भइरहेको अवस्थामा उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रमभन्दा विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु आवश्यक रहेको गाउँपालिकाको भनाइ छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै गाउँ कार्यपालिकाको निर्णयअनुसार यसअघि स्वीकृत कार्यक्रमबमोजिम आयोजना हुने भनिएको हरितालिका तीज विशेष कार्यक्रम स्थगित गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले जारी गरेको सूचनामा सम्बन्धित सबै सरोकारवाला, जनप्रतिनिधि, कर्मचारी, स्थानीय संघ–संस्था तथा समुदायलाई निर्णयबारे जानकारी गराइएको छ।गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका नागरिकहरूप्रति चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ। साथै, विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षले आ-आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। तीज नेपाली महिलाहरूले विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउने पर्व भए पनि यस वर्ष देशका विभिन्न भागमा भएको प्राकृतिक विपद्का कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै गाउँपालिकाले विशेष कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो। गाउँपालिकाले आफ्नो निर्णयले सम्बन्धित सरोकारवाला तथा समुदायमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ। साथै, गाउँपालिकाको निर्णयलाई सबैले आत्मसात् गरी विपद् प्रभावित नागरिकको सहयोग र पुनःस्थापनाका कार्यमा एकजुट हुन आग्रह गरिएको छ।

—————————————————————————————————————————————-

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपद्को कारण केपिलासगढीमा  तीज विशेष कार्यक्रम नहुने

विपद्को कारण केपिलासगढीमा तीज विशेष कार्यक्रम नहुने

२७ भदौ, खोटाङको केपिलासगढी गाउँपालिकाले यस वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुने विशेष कार्यक्रम नगर्ने निर्णय गरेको छ। गाउँपालि...
भोटेकोसी बाढीपीडितलाई दिक्तेल इङ्लिस स्कुलको २ लाख ३१ हजार सहयोग

भोटेकोसी बाढीपीडितलाई दिक्तेल इङ्लिस स्कुलको २ लाख ३१ हजार सहयोग

२६ भदौ,  भोटेकोसी बाढीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी–पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पु...
‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...