Skip to main content

Khotang Khabar

भोटेकोसी बाढीपीडितलाई दिक्तेल इङ्लिस स्कुलको २ लाख ३१ हजार सहयोग

२६ भदौ,  भोटेकोसी बाढीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी–पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल परिवारले २ लाख ३१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकहरू कठिन परिस्थितिमा रहेका बेला राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले विद्यालयले शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरी सहयोग गरेको विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताउनुभएको छ। विद्यालयका अनुसार शिक्षक तथा कर्मचारीबाट ८० हजार ८ सय ४० रुपैयाँ, विद्यार्थीबाट ८३ हजार १ सय ४० रुपैयाँ तथा ‘पीडासँगै हिँडेका पाइलाहरू’ कार्यक्रममा उपस्थित अभिभावकहरूबाट ६७ हजार १ सय २० रुपैयाँ सङ्कलन भएको थियो। तीनै पक्षबाट सङ्कलित रकम गरी कुल २ लाख ३१ हजार १ सय रुपैयाँ पुगेको थियो ।सङ्कलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले जनाएको छ । प्रिन्सिपल श्रेष्ठका अनुसार विद्यालयले शुक्रबार २६ गते उक्त रकम कोषमा जम्मा गरेको हो। रकम जम्मा गरिएको बैङ्क भौचर तथा प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्र नवनियुक्त प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायमा हस्तान्तरण गरी पठाइएको श्रेष्ठले बताउनुभएको छ।प्राकृतिक विपत्तिका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै विभिन्न सङ्घसंस्था, शैक्षिक संस्था तथा सर्वसाधारणबाट सहयोग जुटिरहेको छ । सोही अभियानमा ऐक्यबद्धता जनाउँदै दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको विद्यालय परिवारले बताएको छ ।प्रिन्सिपल श्रेष्ठले विपत्तिको समयमा पीडित नागरिकहरूको दुःखमा साथ दिनु सबैको मानवीय तथा सामाजिक दायित्व भएको बताउनुभएको छ। शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको स्वेच्छिक सहभागिताबाट सहयोग रकम जुटाउन सफल भएको भन्दै उहाँले योगदान गर्नुहुने सबैप्रति धन्यवादसमेत व्यक्त गर्नुभएको छ। विद्यालयले आफ्नो तर्फबाट गरिएको सहयोगले प्राकृतिक विपद्बबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विपत्तिको समयमा समाजका सबै वर्ग, समुदाय र संस्थाबीच सहकार्य तथा मानवीय सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोसी बाढीपीडितलाई दिक्तेल इङ्लिस स्कुलको २ लाख ३१ हजार सहयोग

भोटेकोसी बाढीपीडितलाई दिक्तेल इङ्लिस स्कुलको २ लाख ३१ हजार सहयोग

२६ भदौ,  भोटेकोसी बाढीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी–पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पु...
‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...