Skip to main content

Khotang Khabar

प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

२९ भदौ – खोटाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महेशकुमार गुरुङलाई गुरुङ सेवा समाज खोटाङले सांस्कृतिक पहिचानसहित स्वागत तथा सम्मान गरेको छ। सोमबार आज जिल्ला प्रशासन कार्यालयमै पुगेर समाजका प्रतिनिधिहरूले गुरुङ समुदायको मौलिक संस्कृतिअनुसार प्रजिअ गुरुङलाई सम्मान तथा स्वागत गरेका छन् । सम्मानका क्रममा प्रजिअ गुरुङलाई भाङ्ग्रा तथा भेडाको ऊनबाट तयार पारिएको लुकुनी ओढाउनुका साथै गुरुङ समुदायको विशेष पहिरनका रूपमा प्रयोग हुने फेटा (पगरी) लगाएर स्वागत गरिएको थियो। खोटाङ जिल्लामा गुरुङ समुदायबाट पहिलोपटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा व्यक्ति आएको अवसरलाई समुदायले विशेष रूपमा लिएको गुरुङ सेवा समाजले जनाएको छ।

समाजका प्रतिनिधिहरूले जिल्लामा कानूनको प्रभावकारी कार्यान्वयनसँगै नागरिकमैत्री प्रशासन सञ्चालन गर्न प्रजिअ गुरुङलाई आग्रह गरेका छन्। शान्ति-सुरक्षा, सुशासन, सेवा प्रवाह तथा विकास निर्माणका क्षेत्रमा प्रशासनले निष्पक्ष र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। साथै, प्रशासन र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै सबै जाति, समुदाय, वर्ग र क्षेत्रका नागरिकलाई समान व्यवहार हुने वातावरण निर्माण गर्न आग्रह गरिएको छ। जवाफमा प्रमुख जिल्ला अधिकारी गुरुङले आफू कुनै एक जाति, धर्म वा समुदायको मात्र नभई सम्पूर्ण जिल्लावासीको साझा प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जात, धर्म, समुदाय वा अन्य कुनै आधारमा विभेद नगरी कानूनले दिएको जिम्मेवारी र अधिकारको निष्पक्ष प्रयोग गर्दै नागरिकको हितमा काम गर्ने उहाँले बताउनुभएको छ।यसैबीच, खोटाङमा हालै जिम्मेवारी सम्हाल्नुभएका प्रमुख जिल्ला अधिकारी गुरुङलाई जिल्लामा सञ्चालित यातायात प्रालि तथा यातायात व्यवसायीहरूले समेत स्वागत गरेका छन्। स्वागत कार्यक्रममा जिल्लाको समग्र यातायात सञ्चालन व्यवस्था, सडकको अवस्था, यातायात व्यवसायीले भोगिरहेका समस्या तथा सडक सुधारका सम्भावनाबारे छलफल गरिएको थियो।
कार्यक्रममा खोटाङ यातायात प्रालिका महासचिव तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ खोटाङका अध्यक्ष रामकुमार हिङमाङ, खोटाङ यातायात प्रालिका प्रमुख सल्लाहकार बुद्धि विनोद लुइटेललगायत विभिन्न यातायात प्रालिका व्यवसायी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।बाँके जिल्ला प्रशासन कार्यालयबाट सरुवा भएर खोटाङ आउनुभएका उपसचिव गुरुङले यही भदौ २५ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको हो। उहाँको आगमनसँगै जिल्लाको शान्ति–सुरक्षा, सुशासन, नागरिक सेवा प्रवाह तथा यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत तथा सम्मान गर्न रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङ, दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण गुरुङ, सामाजिक अभियन्ता मोहन गुरुङलगायत गुरुङ समुदायका विभिन्न अगुवा तथा प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

—————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

भोटेकोसी बाढीपीडितको पीडामा ऐंसेलुखर्कका विद्यार्थीको साथ, जुटाए २० हजार २ सय २० रुपैयाँ

२९ भदौ-खोटाङको ऐंसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा पीडित ...
प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

प्रजिअ गुरुङलाई सांस्कृतिक पहिचानसहित स्वागत, यातायात व्यवस्थाबारे व्यवसायीसँग छलफल

२९ भदौ - खोटाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महेशकुमार गुरुङलाई गुरुङ सेवा समाज खोटाङले सांस्कृतिक पहिचानसहित स्वागत तथा सम्मान...
भोटेकोसी बाढीपीडितको आवास निर्माणमा खोटाङको साथ, दिक्तेल रुपाकोट मझुवागढीले दुई हजार थान चित्रा पठाउने

भोटेकोसी बाढीपीडितको आवास निर्माणमा खोटाङको साथ, दिक्तेल रुपाकोट मझुवागढीले दुई हजार थान चित्रा पठाउने

२८ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीका कारण विस्थापित भएका परिवारका लागि अस्थायी आ...
विकासमा जनसहभागिता- श्रमदानबाट खिदिमाको २ किलोमिटर गोरेटो बाटो मर्मत

विकासमा जनसहभागिता- श्रमदानबाट खिदिमाको २ किलोमिटर गोरेटो बाटो मर्मत

२७ भदौ, खोटाङको साकेला गाउँपालिका-३ खिदिमा स्थित किवा पुङमा टोलमा स्थानीयवासीको सक्रिय सहभागितामा श्रमदानमार्फत करिब दुई किलोमिटर ...