६ असोज खोटाङ। नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मझुवा सेवा समाजको आयोजनामा यही असोज १९ र २० गते प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। दशैंको अवसरलाई खेलकुदसँग जोड्दै स्थानीयस्तरमा फुटबल खेलको विकास, युवाको प्रतिभा पहिचान तथा खेलाडीबीच आपसी भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ। प्रतियोगिता ७ ए साइड अर्थात् एक टोलीमा ७ जना खेलाडी रहने गरी सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी प्रत्येक टिममा ७ जना खेलाडी, ३ जना वैकल्पिक खेलाडी र १ जना व्यवस्थापक अनिवार्य हुनुपर्ने आयोजकले…
६ असोज, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरबाटै भूमि तथा मालपोतसम्बन्धी सेवा उपलब्ध गराउन थालेको छ। नगरपालिकाले यही असोज-५ गतेदेखि भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएसँगै जग्गा तथा मालपोतसँग सम्बन्धित सामान्य कामका लागि जिल्ला सदरमुकाम दिक्तेल आउनुपर्ने स्थानीय नागरिकको बाध्यता हटेको छ। नगरपालिकाले भूमि प्रशासन तथा नापी कार्यालयबाट उपलब्ध हुँदै आएका विभिन्न सेवामध्ये बायोमेट्रिक प्रक्रियाबाहेकका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाएको नगरप्रमुख बिमला राईले जानकारी दिनुभएको छ। यससँगै हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका सेवाग्राहीले आफ्नो स्थानीय तहबाटै भूमि तथा मालपोतसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सक्ने भएका छन्। नगरप्रमुख राईका अनुसार यसअघि सामान्य प्रकृतिका जग्गा तथा मालपोतसम्बन्धी कामका लागि समेत सेवाग्राही जिल्ला…
५ असोज खोटाङ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज-९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भार देखि धेरै भारीसम्म वर्षा हुने तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। विभागले देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।यसको प्रभावले बुधबारबाट नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने जनाइएको छ । तसर्थ,…
३ असोज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले ‘हरियाली प्रवद्र्धन, सुरक्षित जीवन-एनएमबि लघुवित्तको अभियान’ भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड हलेसी शाखाका प्रमुख चन्द्रकुमार रम्तेलले जानकारी दिनु भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक-शिक्षिका, विद्यार्थी, संस्थाका सदस्य, स्थानीयवासी तथा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड दिक्तेल र हलेसी शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको रम्तेलले बताउनु भयो। सहभागीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको…
खोटाङ ३ असोज । आज संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। दिवसको अवसर पारेर जिल्लामा खेलकुद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा प्रभातफेरीलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो। संविधान जारी भएको दिनको सम्झनामा आयोजित कार्यक्रमअन्तर्गत असोज २ गते ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो भने संविधान दिवसको मुख्य दिन आज दिक्तेल बजारमा प्रभातफेरी निकालिएको छ। प्रभातफेरीपछि जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगितामा दिनेश तामाङ र रेनुका राईको जोडीले उपाधि जितेको छ। प्रतियोगितामा प्रथम भएको…
२ असोज, खोटाङमा जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिङ्गमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङको सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता आगामी असोज २२ गतेदेखि २५ गतेसम्म दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। विभिन्न स्थानका फुटबल टोलीलाई सहभागी गराई खेलाडीको प्रतिभा प्रस्फुटन, खेलकुदको विकास तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक डिके-दिनेशले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २० गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ताका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता ९ ‘ए’ साइडमा खेलाइनेछ। प्रत्येक…
२ असोज खोटाङ, आज देशका विभिन्न ३२ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ र दार्चुलामा बाढीको सम्भावना रहेको हो। महाशाखाले ती जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने जनाएको छ। कतिपय स्थानमा एक्कासि बाढी आउने सम्भावना रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। यसैबीच, मौसम…
१ आश्विन, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका २१ वर्षीय हिरोन माझीले थप उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। बुवा उमेश कुमार माझी र आमा रेखा माझीका छोरा हिरोन करिब १० महिनाअघि गाइघाटबाट नेपालटार जाने क्रममा चुवाडे भन्ने स्थानमा मोटरसाइकल र टिपर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। दुर्घटनामा हिरोनको हात र खुट्टा भाँचिनुका साथै टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। दुर्घटनापछि लामो समयदेखि उपचार गराउँदै आएका हिरोनको हाल विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको परिवारले जनाएको छ।दुर्घटनामा टाउकोमा समेत गम्भीर चोट लागेकाले अझै थप उपचार तथा टाउकोको अप्रेसन गर्नुपर्ने अवस्था रहेको हिरोनले बताएका छन्। उपचारका क्रममा…
१ आश्विन खोटाङ, दिक्तेल बजारमा लगातार तेस्रो दिन बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ उद्योग वाणिज्य संघ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत सम्बन्धित निकायका प्रतिनिधिको सहभागितामा बिहीबार (आश्विन १ गते) आज पनि बजार अनुगमन गरिएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हाटडाँडादेखि हस्पिटल चोकसम्मका करिब १८ वटा किराना पसलमा गरिएको निरीक्षणका क्रममा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त अखाद्य वस्तु फेला पारी नष्ट गरिएको छ। अनुगमन टोलीले पसलमा रहेका खाद्य तथा उपभोग्य सामग्रीको उत्पादन मिति, उपभोग्य मिति, मूल्य, प्याकेजिङ, लेबल र गुणस्तरलगायतका विषयमा जाँच गरेको थियो। त्यस क्रममा म्याद…
३१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को कृषि तथा पशु विकास शाखा अन्तर्गत स्वीकृत कार्यक्रममार्फत ३५ जना कृषकलाई कम्बाइन्ड राइस मिल वितरण गरेको छ। गाउँपालिकाले वडा नम्बर १ देखि ७ सम्मका कृषकलाई कुल लागतको ८० प्रतिशत अनुदान र बाँकी २० प्रतिशत लागत साझेदारीमा कृषि उपकरण वितरण गरिएको हो। कृषि क्षेत्रमा यान्त्रीकरण तथा आधुनिक प्रविधिको प्रयोग बढाउँदै कृषकको श्रम, समय र उत्पादन लागत घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कम्बाइन्ड राइस मिलको प्रयोगबाट धान कुट्ने, पिस्ने तथा अन्य प्रशोधनका काममा सहज हुने अपेक्षा गरिएको छ।गाउँपालिकाका उपाध्यक्ष अरुणा थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषकहरूलाई उपकरण हस्तान्तरण गरिएको…