Skip to main content

Khotang Khabar

दिप्रुङ चुइचुम्माका ३५ कृषकलाई ८० प्रतिशत अनुदानमा कम्बाइन्ड राइस मिल वितरण

३१ भदौ,  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को कृषि तथा पशु विकास शाखा अन्तर्गत स्वीकृत कार्यक्रममार्फत ३५ जना कृषकलाई कम्बाइन्ड राइस मिल वितरण गरेको छ। गाउँपालिकाले वडा नम्बर १ देखि ७ सम्मका कृषकलाई कुल लागतको ८० प्रतिशत अनुदान र बाँकी २० प्रतिशत लागत साझेदारीमा कृषि उपकरण वितरण गरिएको हो। कृषि क्षेत्रमा यान्त्रीकरण तथा आधुनिक प्रविधिको प्रयोग बढाउँदै कृषकको श्रम, समय र उत्पादन लागत घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कम्बाइन्ड राइस मिलको प्रयोगबाट धान कुट्ने, पिस्ने तथा अन्य प्रशोधनका काममा सहज हुने अपेक्षा गरिएको छ।गाउँपालिकाका उपाध्यक्ष अरुणा थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषकहरूलाई उपकरण हस्तान्तरण गरिएको हो। उपकरण वितरणका लागि गाउँपालिकाले यस अघि सूचना प्रकाशित गरी वडा नम्बर १ देखि ७ सम्मका इच्छुक कृषकबाट आवेदन माग गरेको थियो। प्राप्त आवेदन तथा कृषकको आवश्यकता मूल्याङ्कन गरी गाउँ कार्यपालिकाले ३५ जना कृषकलाई छनोट गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका कृषि विकास शाखा प्रमुख एल्बी मगरका अनुसार बजारमा करिब रु ४३ हजार रुपैयाँ पर्ने कम्बाइन्ड राइस मिल कृषकलाई ८० प्रतिशत अनुदानमा उपलब्ध गराइएको बताउनु भयो ।उहाँका अनुसार कृषि कार्यमा आधुनिक उपकरणको प्रयोग बढाउँदा धान तथा अन्य कृषि उपज प्रशोधनमा लाग्ने समय र श्रम कम गर्न सहयोग पुग्नेछ। यसबाट कृषकको उत्पादन लागत घट्नुका साथै घरमै कृषि उपज प्रशोधन गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि र उपकरणमा सहयोग गर्दै जाने बताउनुभयो। आधुनिक प्रविधिको प्रयोगले कृषि कार्यलाई सहज बनाउनुका साथै युवासहित थप व्यक्तिलाई कृषि पेसातर्फ आकर्षित गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। अध्यक्ष राईले आवश्यकता र औचित्यका आधारमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष अरुणा थापा मगरले कृषकको दैनिक कामलाई सहज बनाउन गाउँपालिकाले विभिन्न कृषि प्रविधि तथा उपकरण सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले प्राप्त उपकरणको उचित प्रयोग गरी उत्पादन वृद्धि गर्न कृषकलाई आग्रह गर्नुभयो। कृषि क्षेत्रमा प्रविधि र यान्त्रीकरणको पहुँच विस्तार हुँदै गएमा परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा रहेको छ।—————————————————————————————————————————————–

 

 

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिप्रुङ चुइचुम्माका ३५ कृषकलाई ८० प्रतिशत अनुदानमा कम्बाइन्ड राइस मिल वितरण

दिप्रुङ चुइचुम्माका ३५ कृषकलाई ८० प्रतिशत अनुदानमा कम्बाइन्ड राइस मिल वितरण

३१ भदौ,  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को कृषि तथा पशु विकास शाखा अन्तर्गत स्वीकृत कार्यक्रममार्फत ३५...
दिक्तेल बजारमा लगातार दोस्रो दिन बजार अनुगमन

दिक्तेल बजारमा लगातार दोस्रो दिन बजार अनुगमन

३१ भदौ, खोटाङको दिक्तेल बजारमा लगातार दोस्रो दिन पनि बजार अनुगमन गरिएको छ। बजारमा बिक्री वितरण भइरहेका अखाद्य तथा पेय पदार्थको गुण...
सडकमा असहाय जीवन बिताइरहेका खोटाङका श्रेष्ठको उद्धार, आश्रममा संरक्षण

सडकमा असहाय जीवन बिताइरहेका खोटाङका श्रेष्ठको उद्धार, आश्रममा संरक्षण

३१ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२,सोल्माका ५१ वर्षीय व्यानबहादुर श्रेष्ठलाई सडक जीवनबाट उद्धार गरी आश्रममा पठाइ...
दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

३० भाद्र खोटाङको दिक्तेल बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा वि...