Skip to main content

Khotang Khabar

मझुवा सेवा समाजको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

६ असोज खोटाङ। नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मझुवा सेवा समाजको आयोजनामा यही असोज १९ र २० गते प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। दशैंको अवसरलाई खेलकुदसँग जोड्दै स्थानीयस्तरमा फुटबल खेलको विकास, युवाको प्रतिभा पहिचान तथा खेलाडीबीच आपसी भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ। प्रतियोगिता ७ ए साइड अर्थात् एक टोलीमा ७ जना खेलाडी रहने गरी सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी प्रत्येक टिममा ७ जना खेलाडी, ३ जना वैकल्पिक खेलाडी र १ जना व्यवस्थापक अनिवार्य हुनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिता खेल नकआउट प्रणालीमा सञ्चालन गरिनेछ।

आयोजकका अनुसार खेलका क्रममा कुनै विवाद वा समस्या उत्पन्न भएमा रेफ्री तथा आयोजकको निर्णय नै अन्तिम हुनेछ। प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीले जर्सी र फुटबल जुत्ता अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। खेलका क्रममा चोटपटक लगायतका घटनामा खेलाडी स्वयं जिम्मेवार हुनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले यहि असोज १८ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। आयोजकले टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकेको छ। दशैंको अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा स्थानीय तथा आसपासका क्षेत्रका खेलाडी र फुटबलप्रेमीहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुने टिमले नगद रु २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै द्वितीय हुने टिमले नगद रु १२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने तृतीय हुने टिमले नगद रु ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। मझुवा सेवा समाजले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण खेलाडी तथा टिमलाई समयमै दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ। साथै दशैंको अवसरमा आयोजना हुने खेलकुद कार्यक्रमलाई सफल बनाउन स्थानीयवासी, खेलप्रेमी तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ। “दशैंको उत्सवसँगै खेलकुदको उमंग, युवाको सहभागितासँगै स्थानीय प्रतिभाको पहिचान” भन्ने भावनाका साथ आयोजना हुन लागेको प्रतियोगिताले लफ्याङमा दशैंको माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। खेल लफ्याङको काफ्लेगाउँ खेलमैदानमा,सञ्चालन हुने फवन कटवालले बताउनु भयो

—————————————————————————————————————————————–

प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि आयोजकले भेषराज कटवाल ९७१४३००८१० र पवन कटवाल ९७४१८१६६०७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मझुवा सेवा समाजको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

मझुवा सेवा समाजको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

६ असोज खोटाङ। नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा वडा स्तरीय पुरुष ...
हलेसी तुवाचुङमै भूमि प्रशासन सेवा सुरु, जग्गा कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो

हलेसी तुवाचुङमै भूमि प्रशासन सेवा सुरु, जग्गा कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो

६ असोज, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरबाटै भूमि तथा मालपोतसम्बन्धी सेवा उपलब्ध गराउन थालेको छ। नगरपालिकाले यही असो...
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

५ असोज खोटाङ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज-९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म गण...
एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

 ३ असोज  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक...