Skip to main content

Khotang Khabar

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

 ३ असोज  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले ‘हरियाली प्रवद्र्धन, सुरक्षित जीवन-एनएमबि लघुवित्तको अभियान’ भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड हलेसी शाखाका प्रमुख चन्द्रकुमार रम्तेलले जानकारी दिनु भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक-शिक्षिका, विद्यार्थी, संस्थाका सदस्य, स्थानीयवासी तथा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड दिक्तेल र हलेसी शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको रम्तेलले बताउनु भयो। सहभागीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको…
Read More
आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

आज संविधान दिवस, खोटाङमा विविध कार्यक्रमसहित मनाइयो

खोटाङ ३ असोज । आज संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। दिवसको अवसर पारेर जिल्लामा खेलकुद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा प्रभातफेरीलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो। संविधान जारी भएको दिनको सम्झनामा आयोजित कार्यक्रमअन्तर्गत असोज २ गते ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो भने संविधान दिवसको मुख्य दिन आज दिक्तेल बजारमा प्रभातफेरी निकालिएको छ। प्रभातफेरीपछि जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगितामा दिनेश तामाङ र रेनुका राईको जोडीले उपाधि जितेको छ। प्रतियोगितामा प्रथम भएको…
Read More
हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

हिङ्गमाङ एकता समाजको आयोजनामा खोटाङमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

 २ असोज, खोटाङमा जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिङ्गमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङको सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता आगामी असोज २२ गतेदेखि २५ गतेसम्म दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। विभिन्न स्थानका फुटबल टोलीलाई सहभागी गराई खेलाडीको प्रतिभा प्रस्फुटन, खेलकुदको विकास तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक डिके-दिनेशले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २० गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ताका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता ९ ‘ए’ साइडमा खेलाइनेछ। प्रत्येक…
Read More
३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

२ असोज खोटाङ, आज देशका विभिन्न ३२ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ र दार्चुलामा बाढीको सम्भावना रहेको हो। महाशाखाले ती जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने जनाएको छ। कतिपय स्थानमा एक्कासि बाढी आउने सम्भावना रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। यसैबीच, मौसम…
Read More
दुर्घटनामा घाइते माझीको उपचारमा आर्थिक अभाव,सहयोगका लागि परिवारको अपिल

दुर्घटनामा घाइते माझीको उपचारमा आर्थिक अभाव,सहयोगका लागि परिवारको अपिल

१ आश्विन, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका २१ वर्षीय हिरोन माझीले थप उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। बुवा उमेश कुमार माझी र आमा रेखा माझीका छोरा हिरोन करिब १० महिनाअघि गाइघाटबाट नेपालटार जाने क्रममा चुवाडे भन्ने स्थानमा मोटरसाइकल र टिपर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। दुर्घटनामा हिरोनको हात र खुट्टा भाँचिनुका साथै टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। दुर्घटनापछि लामो समयदेखि उपचार गराउँदै आएका हिरोनको हाल विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको परिवारले जनाएको छ।दुर्घटनामा टाउकोमा समेत गम्भीर चोट लागेकाले अझै थप उपचार तथा टाउकोको अप्रेसन गर्नुपर्ने अवस्था रहेको हिरोनले बताएका छन्। उपचारका क्रममा…
Read More
दिक्तेल बजारमा अनुगमन तीव्र, तेस्रो दिन ९ हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट

दिक्तेल बजारमा अनुगमन तीव्र, तेस्रो दिन ९ हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट

१ आश्विन खोटाङ, दिक्तेल बजारमा लगातार तेस्रो दिन बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ उद्योग वाणिज्य संघ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत सम्बन्धित निकायका प्रतिनिधिको सहभागितामा बिहीबार (आश्विन १ गते) आज पनि बजार अनुगमन गरिएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हाटडाँडादेखि हस्पिटल चोकसम्मका करिब १८ वटा किराना पसलमा गरिएको निरीक्षणका क्रममा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त अखाद्य वस्तु फेला पारी नष्ट गरिएको छ। अनुगमन टोलीले पसलमा रहेका खाद्य तथा उपभोग्य सामग्रीको उत्पादन मिति, उपभोग्य मिति, मूल्य, प्याकेजिङ, लेबल र गुणस्तरलगायतका विषयमा जाँच गरेको थियो। त्यस क्रममा म्याद…
Read More
दिप्रुङ चुइचुम्माका ३५ कृषकलाई ८० प्रतिशत अनुदानमा कम्बाइन्ड राइस मिल वितरण

दिप्रुङ चुइचुम्माका ३५ कृषकलाई ८० प्रतिशत अनुदानमा कम्बाइन्ड राइस मिल वितरण

३१ भदौ,  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को कृषि तथा पशु विकास शाखा अन्तर्गत स्वीकृत कार्यक्रममार्फत ३५ जना कृषकलाई कम्बाइन्ड राइस मिल वितरण गरेको छ। गाउँपालिकाले वडा नम्बर १ देखि ७ सम्मका कृषकलाई कुल लागतको ८० प्रतिशत अनुदान र बाँकी २० प्रतिशत लागत साझेदारीमा कृषि उपकरण वितरण गरिएको हो। कृषि क्षेत्रमा यान्त्रीकरण तथा आधुनिक प्रविधिको प्रयोग बढाउँदै कृषकको श्रम, समय र उत्पादन लागत घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कम्बाइन्ड राइस मिलको प्रयोगबाट धान कुट्ने, पिस्ने तथा अन्य प्रशोधनका काममा सहज हुने अपेक्षा गरिएको छ।गाउँपालिकाका उपाध्यक्ष अरुणा थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषकहरूलाई उपकरण हस्तान्तरण गरिएको…
Read More
दिक्तेल बजारमा लगातार दोस्रो दिन बजार अनुगमन

दिक्तेल बजारमा लगातार दोस्रो दिन बजार अनुगमन

३१ भदौ, खोटाङको दिक्तेल बजारमा लगातार दोस्रो दिन पनि बजार अनुगमन गरिएको छ। बजारमा बिक्री वितरण भइरहेका अखाद्य तथा पेय पदार्थको गुणस्तर, म्याद र लेबलको अवस्थाबारे निगरानी गर्ने उद्देश्यले सम्बन्धित निकायको संयुक्त टोलीले बुधबार भदौ ३१ गते आज पनि बजार अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय खोटाङ,घरेलु तथा साना उद्योग कार्यालय खोटाङ, खोटाङ उद्योग वाणिज्य संघ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहितका सम्बन्धित निकायको संयुक्त टोलीले दिक्तेल बजारका विभिन्न पसल तथा अखाद्य सामग्री बिक्री हुने स्थानमा पुगेर अनुगमन गरेको जनाएको छ। हिजो भदौ ३० गतेदेखि सुरु गरिएको बजार अनुगमनलाई निरन्तरता दिँदै आज पनि बजारका विभिन्न पसलमा बिक्रीका लागि राखिएका खाद्य तथा…
Read More
सडकमा असहाय जीवन बिताइरहेका खोटाङका श्रेष्ठको उद्धार, आश्रममा संरक्षण

सडकमा असहाय जीवन बिताइरहेका खोटाङका श्रेष्ठको उद्धार, आश्रममा संरक्षण

३१ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२,सोल्माका ५१ वर्षीय व्यानबहादुर श्रेष्ठलाई सडक जीवनबाट उद्धार गरी आश्रममा पठाइएको छ। लामो समयदेखि असहाय अवस्थामा सडकमा जीवन बिताउँदै आउनुभएका श्रेष्ठलाई माया घर नेपाल, इटहरीको समन्वयमा भदौ ३१ गते आज उद्धार गरिएको हो। उद्धारपछि उहाँलाई झापाको बिर्तामोडस्थित आफ्नो घरआश्रममा पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो। सडकमा असहाय अवस्थामा रहनुभएका श्रेष्ठको अवस्थाबारे जानकारी पाएपछि उहाँलाई सुरक्षित र व्यवस्थित वातावरणमा राख्ने उद्देश्यले उद्धार गरिएको ढकालले बताउनुभयो। उहाँका अनुसार श्रेष्ठ लामो समयदेखि सडकमा असहाय अवस्थामा रहँदै आउनुभएको थियो। उद्धारपछि आश्रममा उहाँको खानपान, बसोबास, स्वास्थ्य तथा आवश्यक संरक्षणको व्यवस्था गरिने जनाइएको छ। सडकमा असहाय…
Read More
दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

दिक्तेल बजारमा संयुक्त अनुगमन, गुणस्तरहीन खाद्यवस्तु नष्ट

३० भाद्र खोटाङको दिक्तेल बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न किराना पसल बाट म्याद नाघेका, उपभोगका लागि अनुपयुक्त तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ। उपभोक्ताको दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएका खाद्यवस्तुको गुणस्तर, म्याद, मूल्य, लेबल तथा भण्डारण अवस्थाको अनुगमन गर्ने उद्देश्यले आज भदौ ३० गते बजार अनुगमन गरिएको हो। अनुगमनका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित रत्नपार्कदेखि सिँचाइचोकसम्मका करिब २४ वटा किराना पसल तथा खाद्यवस्तु बिक्री केन्द्रको निरीक्षण गरिएको जनाइएको छ।अनुगमनका क्रममा पसल तथा बिक्री केन्द्रमा राखिएका खाद्यवस्तुको उत्पादन मिति, उपभोग्य मिति, लेबल, मूल्य,…
Read More