Skip to main content

Khotang Khabar

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्चबाट रकम सङ्कलन गरी आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ७ सम्मका करिब ३०० विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम बचत गरी रु १३ हजार ७३५ रुपैयाँ सङ्कलन गरेका हुन् । विद्यार्थीहरूले सङ्कलन गरेको उक्त रकम बुधबार आज जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको विद्यालयले जनाएको छ।भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो क्षमताअनुसार सहयोग रकम जुटाएका हुन् । सानै उमेरका विद्यार्थीहरूले समेत आफ्नो दैनिक खाजा खर्चबाट रकम छुट्याएर विपद्मा…
Read More
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका समस्या पहिचान गर्दै चालु आर्थिक वर्ष २०८३÷०८४ का विकास कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा समेत समीक्षा भइरहेको छ । जिल्ला समन्वय समिति खोटाङको आयोजनामा आज बुधबारदेखि सुरु भएको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक विकास कार्यक्रम प्रस्तुतीकरणमा सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालित आयोजना तथा कार्यक्रमको अवस्थामा समीक्षा भइरहेको बताइएको छ । कार्यक्रममा जिल्लास्थित सङ्घ तथा प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय र जिल्लाका सबै…
Read More
साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२४ भदौ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा अन्तरपालिका वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘न्यू स्टार युवा क्लब’ साकेला ४, मात्तिमको आयोजनामा आगामी असोज २० गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य आर्थिक विकास तथा परिवर्तनका लागि युवा एकता, समाजका लागि खेलकुद तथा खेलकुदस्तरको उन्नति गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिता साकेला गाउँपालिका ४ नम्बर वडा कार्यालयको प्राङ्गण, मात्तिममा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितासँगै विजयादशमी तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत आयोजना गरिनेछ । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टोलीले रु.…
Read More
खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिहान ७ बजेदेखि १० बजेसम्म कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका अनुसार आज सम्पन्न भएको कार्यक्रममा २०० जनाभन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो । सहभागी बालबालिकालाइ स्वर्णविन्दु प्राशन गराइएको केन्द्रले जनाएको छ ।  बालबालिकाको प्रारम्भिक उमेर उनीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि महत्वपूर्ण हुने भएकाले सोही अवस्थादेखि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने केन्द्रले जनाएको छ । जिल्ला आयुर्वेद…
Read More
रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गर्दै काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठका अनुसार नागरिकलाई स्थानीय तहबाट प्राप्त हुने सेवा लिनकै लागि गाउँपालिकासम्म आउनुपर्ने बाध्यतालाई कम गर्दै उनीहरू रहेकै स्थानबाट सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको बताउनु भयो। गाउँपालिकाले जारी गरेको सूचना अनुसार काठमाडौं, भक्तपुर, ललितपुर तथा आसपासका क्षेत्रहरूका साथै पूर्वी तराईका झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा बसोबास गर्दै आएका रावा बेसी गाउँपालिकाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ। काठमाडौंमा यहि भदौ २५ र…
Read More
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह हुँदै आएका सार्वजनिक सेवाहरूलाई थप सहज, व्यवस्थित, प्रभावकारी, गुणस्तरीय तथा प्रविधिमैत्री बनाउने उद्देश्यले निर्माण गरिएको सुविधासम्पन्न प्रशासकीय भवनको आज उद्घाटन गरिएको गाउँपालिकाका उपाध्यक्ष अरुणा थापा मगरले जानकारी दिनुभएको छ। नवनिर्मित भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको प्रशासनिक कामकाज तथा नागरिकलाई उपलब्ध गराइने विभिन्न सार्वजनिक सेवाहरू एउटै व्यवस्थित संरचनाबाट प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। आधुनिक तथा सुविधासम्पन्न भवनमा कार्यालयका विभिन्न शाखा तथा सेवा केन्द्रहरू व्यवस्थित रूपमा सञ्चालन हुँदा सेवाग्राही नागरिकलाई सेवा लिन सहज हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको नयाँ प्रशासकीय भवनको शिलान्यास २०७७…
Read More
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाइएको हो। कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यमको प्रयोगमार्फत समेत हुने क्रम बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना र निगरानी आवश्यक रहेकोमा जोड दिइएको छ।जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिहरूले पनि आफ्नो गतिविधिको स्वरूप परिवर्तन गरिरहेको बताउनुभयो। सामाजिक…
Read More
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले यही भदौ १८ गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको हो। सरुवा सूचीअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै, सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअ बनाएर पठाइएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको जिम्मेवारी दिइएको छ भने बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। यसैगरी गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठ गृह मन्त्रालयमा सरुवा हुनुभएको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखा…
Read More
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिसँग सम्बन्धित एउटा महत्वपूर्ण विषयमा विशेष जानकारी लिँदैछौँ। बालबालिकाको स्वस्थ र सन्तुलित विकासका लागि उनीहरूको खानपान, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण तथा उचित हेरचाहसँगै आयुर्वेदिक स्वास्थ्य पद्धतिमा उल्लेख गरिएका विभिन्न उपचार तथा स्वास्थ्य प्रवर्द्धनका विधिहरूको पनि आफ्नै महत्व रहेको पाइन्छ। यही सन्दर्भमा पछिल्लो समय बालबालिकाको स्वास्थ्यसँग जोडिएर चर्चा हुने गरेको ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमका बारेमा धेरै अभिभावकहरूमा पनि चासो र जिज्ञासा बढिरहेको छ। स्वर्णविन्दु प्राशन के हो ? यसमा के–कस्ता औषधीय सामग्रीको प्रयोग गरिन्छ ? बालबालिकालाई यसको सेवन गराउँदा के-कस्ता स्वास्थ्य लाभ…
Read More
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको  भदौ १८ गते बसेको बैठकले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीका कारण घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी बसोवासको व्यवस्था मिलाउन बाँसका संरचना निर्माण तथा आवश्यक सामग्री व्यवस्थापनका लागि ६२ लाख ९ हजार रुपैयाँ…
Read More