Skip to main content

Khotang Khabar

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गर्दै काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठका अनुसार नागरिकलाई स्थानीय तहबाट प्राप्त हुने सेवा लिनकै लागि गाउँपालिकासम्म आउनुपर्ने बाध्यतालाई कम गर्दै उनीहरू रहेकै स्थानबाट सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको बताउनु भयो। गाउँपालिकाले जारी गरेको सूचना अनुसार काठमाडौं, भक्तपुर, ललितपुर तथा आसपासका क्षेत्रहरूका साथै पूर्वी तराईका झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा बसोबास गर्दै आएका रावा बेसी गाउँपालिकाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ।

काठमाडौंमा यहि भदौ २५ र २६ गते दुई दिन शिविर सञ्चालन हुनेछ। चाबहिलस्थित क्याफे एन्ड हलेसी गेस्ट हाउस, हेल्पिङ हेन्ड्स हस्पिटलको अपोजिटमा बिहान १० बजेदेखि बेलुका  ५ बजेसम्म सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ।

त्यस्तै, इटहरीमा २०८३ साल असोज ८, ९ र १० गते तीन दिन शिविर सञ्चालन हुनेछ। इटहरी उपमहानगरपालिका ५ नम्बर वडा कार्यालय, काब्यवाटिका, सुनसरीमा बिहान १० बजेदेखि बेलुका  ५ बजेसम्म सेवा उपलब्ध गराइने जनाइएको छ।

शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण तथा दर्ता, राष्ट्रिय परिचयपत्र वितरण, मालपोत तथा भूमि कर संकलनलगायत स्थानीय तहसँग सम्बन्धित विभिन्न सेवा उपलब्ध गराइनेछ।

रोजगारी,अध्ययन,व्यवसाय तथा अन्य कारणले लामो समयदेखि गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका नागरिकलाई गाउँपालिकासम्म पुगेर सेवा लिन लाग्ने समय, खर्च र झन्झट कम गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष श्रेष्ठले गाउँपालिकाका नागरिक जुनसुकै स्थानमा रहे पनि स्थानीय सरकारबाट प्रदान गरिने सेवा सहज, सरल र नागरिकमैत्री ढंगले उपलब्ध गराउनु गाउँपालिकाको दायित्व भएको बताउनुभएको छ। उहाँले काठमाडौं, भक्तपुर, ललितपुर तथा आसपासका क्षेत्र र पूर्वी तराईका विभिन्न जिल्लामा बसोबास गरिरहेका रावा बेसी गाउँपालिकाका नागरिकलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गर्नुभएको छ।

गाउँपालिकाले शिविरमा सेवा लिन आउने नागरिकलाई सम्बन्धित सेवाका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात साथमा लिएर तोकिएको स्थान र समयमा उपस्थित हुन आग्रह गरेको छ। आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई शिविरबाटै सम्बन्धित सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।

शिविरसम्बन्धी थप जानकारीका लागि ९८५२८४९२६८ र ९७६१३६८११४ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...