Skip to main content

Khotang Khabar

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिहान ७ बजेदेखि १० बजेसम्म कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका अनुसार आज सम्पन्न भएको कार्यक्रममा २०० जनाभन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो । सहभागी बालबालिकालाइ स्वर्णविन्दु प्राशन गराइएको केन्द्रले जनाएको छ ।  बालबालिकाको प्रारम्भिक उमेर उनीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि महत्वपूर्ण हुने भएकाले सोही अवस्थादेखि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने केन्द्रले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका कार्यालय प्रमुख डा. सरविन्द्र प्रसाद यादवले स्वर्णविन्दु प्राशनले बालबालिकाको स्मरणशक्ति तथा बौद्धिक क्षमताको विकासमा सहयोग पु¥याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्यलाई प्रारम्भिक अवस्थादेखि नै प्राथमिकता दिन सके उनीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । बालबालिकालाई स्वस्थ राख्न पोषणयुक्त खानपान, सरसफाइ, स्वच्छ वातावरण र नियमित स्वास्थ्य परीक्षणसँगै आयुर्वेदिक स्वास्थ्य सेवाको समेत उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुखले नगरपालिकाभित्रका सबै लक्षित उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रममा सहभागी गराउन अभिभावकलाई अनुरोध गर्नुभएको छ । नगर प्रमुखले बालबालिकाको स्वास्थ्य परिवार र समाजको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले बालस्वास्थ्यलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नगरपालिकाभित्रका कुनै पनि लक्षित बालबालिका स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमबाट वञ्चित हुन नहुने बताउँदै अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउन आग्रह गर्नुभययस्तै, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बालबालिकाको स्वास्थ्य संरक्षण तथा प्रवद्र्धनका लागि सञ्चालन गरिएका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बालबालिकालाई स्वस्थ राख्न उपचारमा मात्र नभई पोषण, सरसफाइ, स्वस्थ वातावरण र स्वास्थ्यसम्बन्धी जनचेतनामा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म बालस्वास्थ्यसम्बन्धी कार्यक्रमको पहुँच विस्तार गर्नुपर्ने बताउँदै अभिभावकलाई यस्ता कार्यक्रमबारे जानकारी लिएर आफ्ना बालबालिकालाई सहभागी गराउन आग्रह गर्नुभयो । त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि सञ्चालन भइरहेका स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमले अभिभावकमा समेत स्वास्थ्यसम्बन्धी सचेतना बढाउन सहयोग पुग्ने बताउनुभएको छ । पौडेलले बालबालिकाको स्वास्थ्य अवस्था उनीहरूको सिकाइ, शारीरिक सक्रियता, मानसिक विकास तथा समग्र व्यक्तित्व विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । त्यसैले बालबालिकाको स्वास्थ्यमा प्रारम्भिक अवस्थादेखि नै विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।केन्द्रले आगामी महिनामा समेत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । आगामी स्वर्णविन्दु प्राशन कार्यक्रम असोज १९ गते बिहान ७ बजेदेखि १० बजेसम्म जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङमा सञ्चालन हुने भएको छ । केन्द्रले एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई निर्धारित समयमा केन्द्रमा उपस्थित गराई कार्यक्रममा सहभागी गराउन अभिभावकलाई आग्रह गरेको छ । बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकास, स्मरणशक्ति तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक, स्वास्थ्यकर्मी, स्थानीय तह तथा सम्बन्धित सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्द...
रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...