Skip to main content

Khotang Khabar

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२४ भदौ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा अन्तरपालिका वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘न्यू स्टार युवा क्लब’ साकेला ४, मात्तिमको आयोजनामा आगामी असोज २० गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य आर्थिक विकास तथा परिवर्तनका लागि युवा एकता, समाजका लागि खेलकुद तथा खेलकुदस्तरको उन्नति गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता साकेला गाउँपालिका ४ नम्बर वडा कार्यालयको प्राङ्गण, मात्तिममा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितासँगै विजयादशमी तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत आयोजना गरिनेछ ।
प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टोलीले रु. ७० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु. ४० हजार तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने दुवै टोलीलाई रु. १५÷१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

खुला महिलातर्फ प्रथम हुने टोलीले रु. २५ हजार ५ सय ५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीलाई रु. १७ हजार ५ सय ५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ सेमिफाइनलमा पुग्ने दुवै टोलीले रु. ८÷८ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र सर्वोत्कृष्ट खेलाडीलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। खेल नकआउट प्रणालीमा सञ्चालन हुनेछ । पुरुषतर्फ सहभागिताका लागि रु. ५ हजार ५ सय ५५ र महिलातर्फ रु. २ हजार ५ सय २५ प्रवेश शुल्क तोकिएको छ । क्वार्टरफाइनल चरणदेखि खेल ‘बेस्ट अफ फाइभ’ प्रणालीमा खेलाइनेछ ।

प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडाको सिफारिससहित खेलाडीको नामावली अनिवार्य बुझाउनुपर्ने आयोजकले जनाएको छ। आवश्यक कागजात पूरा नभएका खेलाडीलाई प्रतियोगितामा सहभागी नगराइने तथा बसाइँसराइ, जन्मदर्तालगायत वडाबाट हुने अन्य कुनै पनि सिफारिस मान्य नहुने नियम राखिएको छ। आयोजकले सार्वजनिक गरेको नियमअनुसार अन्य वडाका खेलाडी सहभागी भएको जानकारी पाएमा विपक्षी टोलीले खेल सुरु हुनुअघि रु.५ हजार ५ सय ५५ प्रोटेस्ट शुल्कसहित निवेदन दिनुपर्नेछ । प्रोटेस्ट गरिएको विषय पुष्टि नभएमा उक्त शुल्क फिर्ता नहुने जनाइएको छ ।खेलाडीले अनिवार्य रूपमा खेल पोशाक लगाउनुपर्नेछ । प्रत्येक टोलीमा एक जना कोच र एक जना कोच म्यानेजरसहित ११ जना अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। खेलका क्रममा खेलाडीलाई चोटपटक लागेमा त्यसको जिम्मेवारी आयोजकले नलिने तथा खेलसम्बन्धी विवादमा रेफ्री वा आयोजकको निर्णय अन्तिम हुने नियममा उल्लेख छ । आयोजक तथा रेफ्रीको निर्णय उल्लंघन गर्ने टोलीलाई प्रतियोगिताबाट खारेज गरिने जनाइएको छ। प्रतियोगिताले स्थानीय तथा अन्तरपालिकास्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाबीचको एकता र खेलकुदको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ ।थप जानकारीका लागि अध्यक्ष मणिकुमार राई (९८४९६११५८३(सचिव सन्देश कटवाल ९८६२६८६७१२(कोषाध्यक्ष हरि प्रसाद घिमाल(९८६७५७६९३९

विकल राई(९७४१६५४३११ (मोहन ढकाल (९८६४५९४१६७ र मनकुमार खड्का ९७४६२१२५४२ मा सम्पर्क गर्न सकिनेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२४ भदौ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा अन्तरपालिका वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘न्...
खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्द...
रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...