Skip to main content

Khotang Khabar

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका समस्या पहिचान गर्दै चालु आर्थिक वर्ष २०८३÷०८४ का विकास कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा समेत समीक्षा भइरहेको छ ।
जिल्ला समन्वय समिति खोटाङको आयोजनामा आज बुधबारदेखि सुरु भएको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक विकास कार्यक्रम प्रस्तुतीकरणमा सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालित आयोजना तथा कार्यक्रमको अवस्थामा समीक्षा भइरहेको बताइएको छ ।

कार्यक्रममा जिल्लास्थित सङ्घ तथा प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय र जिल्लाका सबै स्थानीय तहले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिरहेका छन् । प्रस्तुतीकरणका क्रममा योजना कार्यान्वयनको अवस्था, हासिल भएका उपलब्धि, सम्पन्न हुन बाँकी काम तथा कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी गराइएको छ। गत वर्ष सञ्चालन भएका योजनाको समीक्षा गरी आगामी वर्षका कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्रोतले बताएको छ । त्यस्तै, आर्थिक वर्ष २०८३÷०८४ मा सञ्चालन गर्ने गरी सम्बन्धित कार्यालय तथा स्थानीय तहले तय गरेका वार्षिक विकास कार्यक्रम र योजनासमेत कार्यक्रममा प्रस्तुत भइरहेका छन् । आगामी वर्षका योजनालाई जिल्लाको आवश्यकता, स्थानीय प्राथमिकता र उपलब्ध स्रोतसाधनका आधारमा कार्यान्वयन गर्ने विषयमा सहभागीबीच छलफल भइरहेको छ । समीक्षा कार्यक्रममा विकास आयोजना सञ्चालन गर्दा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय बढाउने विषयलाई समेत प्राथमिकता दिइएको छ । एउटै प्रकृतिका योजना विभिन्न निकायबाट सञ्चालन हुँदा हुन सक्ने दोहोरोपन हटाउने, उपलब्ध बजेट तथा स्रोतसाधनको सदुपयोग गर्ने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको हो ।त्यसैगरी, विकास आयोजना तोकिएको समयभित्र सम्पन्न गर्ने, योजनाको गुणस्तर कायम गर्ने तथा बजेट खर्चसँगै त्यसबाट प्राप्त उपलब्धिको समेत मूल्याङ्कन गर्ने विषयमा सहभागीहरूले जोड दिएका छन्।  वार्षिक समीक्षा कार्यक्रमले गत आर्थिक वर्षका योजना तथा कार्यक्रमको वास्तविक अवस्था पहिचान गर्नुका साथै चालु आर्थिक वर्षका लागि तय भएका योजनालाई थप प्रभावकारी बनाउने आधार तयार गर्ने जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राइले बताउनु भयो ।आज बुधबार सुरु भएको समीक्षा तथा विकास कार्यक्रम प्रस्तुती करण, भोलि बिहान ८ बजेबाट पुनः सुरु हुने गरी स्थगित गरिएको छ । बाँकी सरकारी कार्यालय तथा स्थानीय तहका योजना र कार्यक्रमको प्रस्तुतीकरण तथा समीक्षा भोलिको बैठकमा गरिने जिल्ला समन्वय समिति खोटाङले जनाएको छ । भोलिको छलफलबाट गत आर्थिक वर्षमा देखिएका समस्या र कमजोरीलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षका विकास कार्यक्रम समयमै सम्पन्न गर्ने तथा अपेक्षित परिणाम हासिल गर्ने विषयमा थप निष्कर्ष निकालिने बताइएको छ ।कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा तथा संविधानसभा सदस्य एवं पूर्वमन्त्री उषाकला राईको प्रमुख आतिथ्यमा  भएको थियो। कार्यक्रममा स्थानीय तहका प्रमुख–उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...