Skip to main content

Khotang Khabar

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्चबाट रकम सङ्कलन गरी आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ७ सम्मका करिब ३०० विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम बचत गरी रु १३ हजार ७३५ रुपैयाँ सङ्कलन गरेका हुन् । विद्यार्थीहरूले सङ्कलन गरेको उक्त रकम बुधबार आज जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको विद्यालयले जनाएको छ।भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो क्षमताअनुसार सहयोग रकम जुटाएका हुन् । सानै उमेरका विद्यार्थीहरूले समेत आफ्नो दैनिक खाजा खर्चबाट रकम छुट्याएर विपद्मा परेका नागरिकलाई सहयोग गर्ने इच्छा देखाएपछि विद्यालयको समन्वयमा रकम सङ्कलन गरिएको विद्यालयकी प्रिन्सिपल सिर्जना बस्नेत कट्वालले बताउनुभयो।प्रिन्सिपल बस्नेत कट्वालका अनुसार विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खर्चबाट रकम बचत गरेर सहयोग गर्नु रकमको हिसाबले भन्दा पनि मानवीय भावनाका दृष्टिले महत्वपूर्ण छ । विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै समाज र समुदायप्रति उत्तरदायी बन्न सिकाउनुपर्ने भएकाले यस्तो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।“विद्यार्थीहरू आफैंले आफ्नो खाजा खर्चबाट रकम बचत गरेर विपद्मा परेका नागरिकलाई सहयोग गर्नुपर्छ भनेर इच्छा देखाएपछि हामीले त्यसलाई सकारात्मक रूपमा लिएका हौँ,” प्रिन्सिपल बस्नेत कट्वालले बताउनुभयो, “सहयोग रकम ठूलो वा सानो भन्ने कुरा भन्दा पनि सानै उमेरदेखि अरूको दुःख बुझ्ने र आवश्यक पर्दा सहयोग गर्ने संस्कारको विकास हुनु महत्वपूर्ण हो।” उहाँले विपद्का बेला समाजका हरेक व्यक्ति र संस्थाले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। उक्त राहत रकम जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख प्रशासकीय अधिकृत शम्शेर बहादुर राईमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको   बताउनुभयो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द शैजुले पनि विद्यार्थीहरूको यो पहल प्रशंसनीय रहेको बताउनुभयो। पढाइसँगै सामाजिक जिम्मेवारी र मानवीय सेवाको भावना विकास गर्नु विद्यालय शिक्षाको महत्वपूर्ण पक्ष भएको उहाँको भनाइ छ। समता स्कुलले विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत सहभागी गराउँदै आएको जनाएको छ।प्रिन्सिपल बस्नेत कट्वालले आगामी दिनमा पनि विद्यार्थीलाई समाज र समुदायसँग जोड्ने तथा विपद् र अप्ठ्यारो अवस्थामा सहयोग गर्न प्रेरित गर्ने खालका गतिविधिलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले बालबालिकाले सानैदेखि सामाजिक जिम्मेवारी बुझेमा भविष्यमा जिम्मेवार र संवेदनशील नागरिक बन्न सहयोग पुग्ने बताउनुभयो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...
साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२४ भदौ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा अन्तरपालिका वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘न्...
खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्द...