Skip to main content

Khotang Khabar

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले यही भदौ १८ गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको हो। सरुवा सूचीअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै, सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअ बनाएर पठाइएको छ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको जिम्मेवारी दिइएको छ भने बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। यसैगरी गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठ गृह मन्त्रालयमा सरुवा हुनुभएको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखा सरुवा गरिएको छ भने दोलखाका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको गृह मन्त्रालयमा सरुवा भएको छ। रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वत र पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत वेदराज फुयाँललाई डडेलधुराको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई भने बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङ पठाइएको छ। त्यस्तै, उपसचिव बन्दना केसीलाई सल्यान र गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोटको प्रजिअका रूपमा सरुवा गरिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ। यस्तै, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...