Skip to main content

Khotang Khabar

Breaking News 1

दशैँ-तिहारमा निर्मलीडाँडा-लामाखुमा खेलकुदको रौनक, फुटबल, रस्साकस्सी र म्युजिकल चेयरसहित विविध प्रतियोगिता हुने

दशैँ-तिहारमा निर्मलीडाँडा-लामाखुमा खेलकुदको रौनक, फुटबल, रस्साकस्सी र म्युजिकल चेयरसहित विविध प्रतियोगिता हुने

  ८ कर्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा-लामाखुमा नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदानसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ।नेपाली काँग्रेस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९ वडा कार्य समिति निर्मलीडाँडा, लामाखुको आयोजनामा  यहि कार्तिक १७ गतेदेखि फुटबलसहित रस्साकस्सी डोरी तान्ने , भाले जुधाउने र महिलाका लागि म्युजिकल चेयर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउने, स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने तथा युवाहरूको सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा स्थानीय युवादेखि महिलासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ। विभिन्न विधाका…
Read More
आज कोजाग्रत पूर्णिमा, बडादशैँको अन्तिम दिन

आज कोजाग्रत पूर्णिमा, बडादशैँको अन्तिम दिन

  ८ कार्तिक खोटाङ। नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा…
Read More
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

  ६ कार्तिक खोटाङ । दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ। खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार अस्ति विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ  कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५…
Read More
खोटाङमा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान’को दोस्रो दिन उत्साहजनक सहभागिता, तिहारमा पनि सेवा दिने 

खोटाङमा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान’को दोस्रो दिन उत्साहजनक सहभागिता, तिहारमा पनि सेवा दिने 

 ४ कार्तिक खोटाङ। दशैँ भन्नासाथ परिवारसँगको भेटघाट, माइतीघरको आत्मीयता र आफन्तसँग खुसी साटासाट गर्ने क्षण सम्झना आउँछ। तर, आर्थिक अभाव र यातायातको असहजताका कारण चाहना हुँदाहुँदै पनि माइतीघर पुग्न नसक्ने चेलीहरूका लागि खोटाङमा सञ्चालन गरिएको ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सहयोगी बनेको छ। अभियानको दोस्रो दिन आज विजयादशमीको अवसरमा २४ वटा मोटरसाइकल परिचालन गरी ११० जनालाई निःशुल्क यातायात सेवा प्रदान गरिएको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने र ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सहज नहुने अवस्थालाई मध्यनजर गर्दै युवाहरूले सञ्चालन गरेको अभियानले चेलीहरूलाई माइतीघर तथा आफन्तको घरसम्म पुग्न सहज बनाएको हो। विजयादशमीका दिन २४ जना राइडर स्वयंसेवकका रूपमा खटिएर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन…
Read More
खोटाङमा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान’ सुरु, पहिलो दिनमै ५० भन्दा बढीलाई निःशुल्क यातायात सेवा

खोटाङमा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान’ सुरु, पहिलो दिनमै ५० भन्दा बढीलाई निःशुल्क यातायात सेवा

  ३ कार्तिक खोटाङ। दशैँमा माइतीघर पुगेर परिवारसँग खुसी साटासाट गर्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभाव र यातायातको असुविधाका कारण समस्यामा परेका चेलीहरूलाई लक्षित गर्दै खोटाङ जिल्लामा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सुरु गरिएको छ। खोटाङ जिल्लामा क्रियाशील युवाहरूको समूहले सञ्चालन गरेको उक्त अभियानअन्तर्गत आज कात्तिक ३ गतेदेखि चेलीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्न थालिएको हो। अभियान सुरु भएको पहिलो दिनमै ५० जनाभन्दा बढीले निःशुल्क यातायात सेवाबाट लाभ लिएका छन्। दशैँ मनाउन माइतीघर जाने तथा दशैँपछि पुनः आफ्नो कर्मघर फर्किने चेलीहरूलाई सहज यात्रा गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको अभियानको सचिवालय प्रमुख निराजन ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार आज दिप्रुङचुइचुम्मा गाउँपालिका,…
Read More
नवरात्रको अन्तिम दिन आज महानवमी

नवरात्रको अन्तिम दिन आज महानवमी

  ३ कार्तिक खोटाङ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आइतबार र सोमबार दुई दिन महाअष्टमी परेकोले आज महानवमी मनाइन लागिएको हो। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबली नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा…
Read More
दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने

दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने

  २ कात्तिक,खोटाङ  । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागिएको विभागले जनाएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन…
Read More
शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

  १ कात्तिक, खोटाङ । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्। स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्। प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई…
Read More
नवरात्रको आठौँ दिन  महागौरी देवीको पूजा आराधना

नवरात्रको आठौँ दिन  महागौरी देवीको पूजा आराधना

  १ कात्तिक, खोटाङ । बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी…
Read More
आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै कालरात्रि देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै कालरात्रि देवीको पूजा आराधना गरिँदै

  ३१ असोज खोटाङ । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज नवरात्रको सातौँ दिन देशभर श्रद्धा, भक्तिभाव र धार्मिक विधिपूर्वक फूलपाती भित्र्याउने तथा नौ दुर्गामध्येकी सातौँ देवी कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने यस पर्वमा दसैँ घर तथा पूजा कोठामा कालरात्रि देवीको विधिपूर्वक पूजा गरी सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गरिन्छ। दसैँको सातौँ दिनलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ लिने गरिन्छ। आजका दिन घरघरमा जमरा राखिएको स्थानमा दुर्गा भवानीको पूजा आराधना गर्नुका साथै विभिन्न धार्मिक विधि पूरा गरी फूलपाती भित्र्याउने चलन छ। फूलपाती भित्र्याउने परम्पराले दसैँको उल्लासलाई थप बढाउने र घरपरिवारमा…
Read More