Skip to main content

Khotang Khabar

‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले सहयोग गरौं’ ! मुख्यमन्त्री कार्की

 

विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्। 

२१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपरने बताए ।  सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए।

 मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा अप्रत्क्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए।

निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे। उनले सन्देशमा र कर्मचारीहरू उच्च नैतिक आचरण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए  ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...