Skip to main content

Khotang Khabar

डेंगू संक्रमणबाट झापामा एक बालकको मृत्यु

 

बिर्तामोड ।। डेंगू रोगको संक्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । न्यूटन एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत विद्यार्थी आलोकजंघ बस्नेतको मृत्यु भएको हो ।

नोवेल शिक्षण अस्पताल बिराटनगरमा उपचाररत बिद्यार्थीको उपचारकै क्रममा निधन भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिए । उनको आठ वर्षको उमेरमै निधन भएको हो।

विद्यार्थीको निधनसंगै आइतवार विद्यालय बन्द रहने भएको छ । विद्यलयकी संस्थापक अध्यक्ष धर्मा पराजुली प्रसाई र प्रिन्सिपल हुमागाईले विद्यार्थीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवार स्तव्ध र मर्माहत बनेको बताएका छन् ।
समवेदना पत्रमा पीडाको क्षणमा रहने हाम्रा अभिभावक नेत्र प्रसाद– लक्ष्मी वस्नेत, दिदी अल्का बस्नेत सहित समस्त वस्नेत परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरिएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...